झिलझिलेमा बृहत सांगीतिक महोत्सव

हाम्रो दमक

झिलझिले,१३ कार्तिक/ झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा मंगलवारदेखि १० औं झिलझिले दशैं–तिहार सांगीतिक महोत्सव महोत्सव शुरु भएको छ । स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको प्राङगणमा शुरु भएको सांगीतिक महोत्सवको झापा क्षेत्र नं ४ का संघीय संसद सदस्य एलपी साँवाले उद्घाटन गरे ।


महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि साँवाले सांगीतिक तथा साँस्कृतिक क्षेत्रका माध्यमबाट मुलुकको आर्थिक तथा औद्योगिक विकास गर्न सहयोग पुग्ने जोड दिए । उनले आन्तरिक पर्यटन ,प्रवद्र्धनका विकास गर्न यस्ता महोत्सवलाई सफल बनाउनु पर्ने औल्याए ।
कार्यक्रममा प्रदेश नं १ का सांसद झलकसिंह दर्लामीले महोत्सवले युवाहरुलाई कुलत र विकृति विसंगतिबाट मुक्त गर्न उपयोगी हुने धारणा राखे । त्यस्तै, उद्घाटनमा स्थानीय पशुपति बोर्डिङ स्कूलका प्रिन्सीपल चन्द्र खनाल लगायतले महोत्सवको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
एक सातासम्म सञ्चालन हुने सो सांगीतिक महोत्सवमा चर्चित व्याण्डहरुसहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक सुरज रिङगालुङले जानकारी दिए । महोत्सव आयोजक संस्था शिवसताक्षी युथ क्लबका अध्यक्ष रितेश रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन भद्र दुमी राईले गरेका थिए ।
त्यस अवसरमा क्लवले सहभागि प्रमुख अतिथि,अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो । त्यसैगरि महोत्सवको पहिलो दिन चर्चित व्याण्ड माउण्ट ८८४८ कलाकारहरुले आफनो सांगीतिक प्रस्तुति दिनुका साथैं स्थानीय कलाकारहरुले समेत आफनो प्रस्तुति दिएका थिए ।
महोत्सव भरि दैनिक सांगीतिक कार्यक्रम हुने क्लवले जनाएको छ । क्लवले आफनै ठाँउमा व्यवस्थित क्रिकेट एकाडमी निर्माण गर्न सहयोगार्थ सो महोत्सवमा खाना,खाजाका परिकार, खेलतमासा सहित डेढ दर्जन बढी विभिन्न व्यवसायिक स्टलहरु छन् । क्लवले बुधबारदेखि महोत्सवलाई थप आर्कषण बनाउन हाउजी विङो तम्बोला खेल समेत सञ्चालन गरिने कार्यक्रम संयोजक रिङालुङले बताएका छन् ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

करदाताका लागि राजस्व कार्यालयमै वैक

दमक,१ असार । करदाताहरुको राजस्व लगायतका सुविधाका लागि झापाको दमकस्थित आन्तरिक राजस्व कार्यालयमा प्रभु बैकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कार्यालयमा आज एक कार्यक्रम गरि काउण्टर सञ्चालनमा ल्याइएको बैकका प्रदेश नम्बर १ का...

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने गरे ५ वर्ष जेल १५ लाख जरिवाना

प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने...

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

रक्तदाता दिवसमा प्रभातफेरि सहित रक्तदान

दमक,३१ जेठ । १६ औं विश्व रक्तदाता दिवसका अवसर पारेर झापाको दमकमा शुक्रवार विहान प्रभातफेरि सहित रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वमसेवी रक्तदाता समाज जिल्ला समिति झापाको आयोजना तथा घरवहाल उपभोक्ता हकहित संघ,...