बन्द हुनेभो चर्चित भारतिय टिभी शो ‘सिआईडी’

हाम्रो दमक

काठमाडौँ । भारतीय टेलिभिजन इतिहाँसमै सबैभन्दा लामो समय चलेको चर्चित टिभी शो सिआईडी बन्द हुने भएको छ । बिगत २१ वर्षदेखि निरन्तर रुपमा चल्दै आएको चर्चित कार्यक्रम यसैसाताबाट बन्द हुने सिरियलका एक सदस्य इन्सपेक्टरको अभिनय गर्दै आएक दयानन्द सेट्टीले बताएका छन् ।

सन् १९९७ जनवरी २१ तारिखका दिन शुरु भई अनवरत रुपमा चल्दै आएको पपुलर शो को अन्तिम एपिसोड आगामी २७ अक्टोबरका दिन आउने भएको छ ।

अहिलेसम्मकै पपुलर शो सिआईडी बन्द हुनुमा निर्देशक र टेलिभिजन च्यानलबीच सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान गरिएको छ । च्यानलमा केही समस्या आएकै कारण सिआईडी ग्रुपले यो गम्भीर निर्णय लिएको हुन सक्ने अनुमान भारतीय मिडियाले गरेका छन् ।

२० वर्ष पूरानो टिभी शो अहिलेसम्म १५४६ एपिसोड प्रशारण भईसकेको छ । सञ्चार माध्यममा आएको खबरसँगै सिआईडीका फ्यानहरुले सामाजिक सञ्जालमा कार्यक्रम नियमित देखाउन माग पनि गरेका छन् ।

चर्चित कार्यक्रम बन्द गर्ने विषयमा सोनी टेलिभिजनले एक वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ, यो २० वर्ष पूरानो शो २८ अक्टोबर बाट केही समयका लागि मात्रै बन्द हुने हो, सिआईडी पून नयाँ स्वरुपमा आउनेछ हामी अझै रहस्यमय कहानी बनाएर अडियन्समाझ आउने छौँ । एजेन्सी

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

बलिउडकी चर्चित गायिका नेहा कक्कर भोलि पहिलो पटक सांगीतिक प्रस्तुतिका लागी नेपाल आउदै

काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँदै छिन् । जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा...

झापाका २ स्थानमा डिजे वेट्फेस्ट सिजन–२ हुने

झापा, २१ जेठ । बिर्तामोड र दमकमा आयोजना गरिएको डिजे वेट्फेस्ट २०१९ सिजन–२ को तयारी तीव्र बनाईएको छ । येक्तेन मुभी प्रालिले आयोजनामा हुने उक्त कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान,अर्पना त्यस्तै...

गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढीमा दिलिप र केकीको गज्जब रोमान्स

बिर्तामोड । वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा...

क्रिष्टिनालाई मिस एसईईको उपाधि

विर्तामोड,२० जेठ । इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधि झापा,मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो भन्ने प्रश्नमा आफ्नो सर्टिक भनाई राख्दै...

ढिलो आयो कडा आयो ! ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो...

ओलीको गीत ए माया… भाइरल, ४८ घण्टा नबित्तै युटुब #TRENDING मा

इजरायल | नव गीतकार दिपक प्रसाद ओलीको रचनामा बजारमा भर्खरै बजारमा आएको गीत ए माया…. युटुब #TRENDING मा पर्न सफल भएको छ । मे २६ मा युटुब मार्फत रिलिज गरिएको गीतले यो समाचार तयार गर्दा सम्म झन्डै...

पाँचजना इकोम मिस एसर्ईईको सेमिफाइनलिष्टमा

विर्तामोड,१४ जेठ । इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् । ड्म्सि वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् । प्रतियोगिनम्बर १ अनुमा...

मिस्टर एण्ड मिस पुर्वको पहिलो अडिसन सम्पन्न

झापा | अनुसन्धान मिडिया प्रा लि ले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस पुर्वको पहिलो चरणको अडिसन शनिबार इटहरीको होटल रोजम्यारीमा सम्पन्न भएको छ। उल्लेखिय मात्रामा सहभागिता जनाएका प्रतियोगीहरु मध्ये ९ जना सो अडिसन...

ओली गीत सङ्गीतमा लाग्दै ! उनको पहिलो रचनामा बन्यो यस्तो गीत- भिडियो सहित

इजरायल | बैदेशिक राेजगारिका लागी १२ बर्ष पहिले इजरायल प्रवेश गरेका झापाली दिपक प्रसाद ओलीको रचना र हिमाल सागरको स्वरमा रहेको ए माया बाेलकाे बजारमा आएको छ । युटुव मार्फत सार्वजनिक गरिएकाे उक्त गीतको म्युजिक...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...