पेट्रोलियम पदार्थको मूल्य नबढाउन निगमलाई मन्त्री यादवको कडा निर्देशन

चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन

हाम्रो दमक

काठमाडौँ, १३ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका प्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन् ।

उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि तिहार र छठसम्म उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएको हो ।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ५० पैसा, डिजेलमा नौ रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको निगमले बताएको छ ।

निगमले पेट्रोल प्रतिलिटर ११४, डिजेल १०१ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार ४०० तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले मूल्य समायोजन नगर्दा मासिक रु दुई अर्ब आठ करोड घाटा हुने निगमले जनाएको छ ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

नेप्से भन्छ -‘कारोबार रकम तलमाथि परेको भन्ने हल्ला मात्रै हो’

काठमाडौं, २६ कार्तिक । नेपाल स्टक एक्सचेञ्जले कारोबार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोबार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालकोमा देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको...

पेट्रोल पम्पमा अाँखाले नदेखिने र सिस्टमले पत्तो नपाउने सफ्टवेयरबाट हुन्छन अत्याधुनिक ठगि !

काठमाडौं । पेट्रोल पम्पहरुले अत्याधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने अत्याधुनिक सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा प्रतिलिटर ३\४ प्रतिशत सम्म...

विद्युत प्राधिकरण भन्छ -‘नयाँ उद्योगलार्इ विजुली दिन सक्दैनौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ आउने र क्षमता विस्तार भएका उद्योगलार्इ विजुली दिन नसक्ने जानकारी दिएको छ। अव वारा-पर्सा, विराटनगर, भैरहवा लगायतका औद्योगिक करिडरमा स्थापना हुने उद्योगलार्इ तत्कालै विजुली पाउने छैनन्। प्राधिकरणले विद्युत नदिएका...

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

गौरीगञ्जमा भन्सार कार्यालय स्थापना हुने

गौरीगञ्ज ,२६ कार्तिक । झापाको गौरीगञ्जस्थित आठ्मौजा छोटी भन्सार कार्यालय स्तरन्नति हुने भएको छ ।  गौरीगञ्ज गाँउपालिका वडा नँ ५ स्थित फत्तेपुर नाकामा भन्सार कार्यालय स्थापना हुने भएको हो । सो कार्यालय स्थापनाका लागि...

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौं  । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख...

आखिर के हुँदैछ नेकपाको बाँकी एकता ?

काठमाडौंँ। दुई पार्टी एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रियालाई टुंगो लगाउन कार्यदल गठन गरिसकिएको छ। गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम...

काराेबार खुलेको पहिलो दिन नै नेप्सेमा उच्च गिरावट !

काठमाडौं। तिहारपछिकाे काराेबार खुलेको पहिलो दिन नै नेप्से परिसूचक र कुल कारोबारमा उच्च गिरावट आएको छ।आईतबार नेप्से परिसूचक आज १७.३१ अंकले घटेर १२ सय ५.२२ कायम भएको छ। कूल कारोबार तर्फ भने ९ करोड ९४...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...

थाइल्यान्ड उपचार गर्न हिंडेका मुख्यमन्त्री कसरि सुटुक्क पसे अमेरिका ?

काठमाडौं । थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेको सार्बजनिक भएको छ । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ। कात्तिक १६ गते बैंकक...