समृद्ध नेपालका सुखी नेपाली :गरीब परिवारलाई वार्षिक २४०० भत्ता

हाम्रो दमक

काठमाडौं । भूमि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गरीब घरपरिवारको पहिचान भएका विभिन्न छ जिल्लाका ७२ हजार ७५४ अति गरीब घरपरिवारलाई वार्षिक रु दुई हजार ४०० सामाजिक सुरक्षा भत्ता प्रदान गर्नका लागि प्रस्ताव गरेको छ । मन्त्रालयले सिराहा, रौतहट, बागलुङ, मुगु, बाजुरा र कैलालीका अति गरीब घरपरिवारलाई परिचयपत्रका आधारमा भत्ता उपलब्ध गराउन आन्तरिक रुपमा छलफल तथा त्यसको व्यवस्थापनका लागि गृहकार्य शुरु गरिसकेको छ ।

गरीब घरपरिवारको पहिचानका लागि जनसङ्ख्या, घर, सुविधा, सम्पत्ति, जातजाति, भौगोलिक क्षेत्रलगायतलाई आधार मानेर विभिन्न २६ जिल्लामा करीब दुई वर्षअगाडि गरिएको सर्भेक्षणबाट ती छ जिल्लामा पाइएका अति गरीब घरपरिवारलाई भत्ता दिन छनौट गरिएको हो ।

प्रस्तावित गरिएका वार्षिक रकम तोकिएका गरीबलाई वितरण गर्दा सरकारको दायित्व वार्षिक दायित्व रु १७ करोड ४६ लाख नौ हजार ६०० हुन आउँछ । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अर्थ मन्त्रालयको राय लिने र सरोकार पक्षलाई विश्वस्त पार्न सकेमा चालू आवभित्र भत्ता उपलब्ध गराउन सकिने जानकारी दिनुभयो ।

सरकारले गरीब पहिचान गरेका जिल्लामा खोटाङ, भोजपुर, सिरहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली थिए ।

उल्लिखित सबै जिल्लामा १२ लाख २४ हजार ४१७ घरपरिवारको सर्भेक्षण भएकामा तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरीबका रुपमा पहिचान गरिएको थियो । त्यसमध्ये एक लाख ८८ हजार २३२ अति गरीब घरपरिवार पहिचान भएको थियो । ती सबै गरीब घरपरिवारलाई वार्षिक रु दुई हजार ४०० का दरले भत्ता वितरण गर्दा रु ४५ करोड १७ लाख ५६ हजार ८०० आवश्यक पर्ने देखिन्छ । हिमाल, पहाड र तराईका भूगोललाई मिलाएर पहिलो चरणमा छ जिल्ला छनौट गरिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताउनुभयो ।

सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गर्ने गरीबी निवारणका विभिन्न परियोजनामा परिचयपत्रका आधारमा अति गरीब वर्गलाई समावेश गरिने मन्त्रालयले जनाएको छ । सरकारले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य लिएसँगै व्यावसायिक परियोजना सञ्चालन गरी सामाजिक सशक्तीकरण गर्न सकिन्छ । समग्र मुलुकभर बढ्दै गएका गरीब समुदायको जीवनस्तरमा सुधार ल्याउन सकेमा परिचय वितरणको कार्यक्रम सार्थक हुने देखिन्छ ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ वजारमा

दमक ,३० फागुन । दमक ८ स्थित झापा टे«ड कन्सर्नले सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ नयाँ मोवाईल भित्रयाँएको छ । विश्व वजारमा हालै मात्र सार्वजनिक भएको उक्त ‘एस टेन’ नयाँ मोवाईलको आज एक कार्यक्रमका बीच कन्सर्नले...

कामना सेवा बिकास बैकको बिर्तामोडमा ७० औँ शाखा विस्तार

बिर्तामोड । कामना सेवा बिकास बैकले झापाको बिर्तामोडमा ७० औँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । बुटबलको सेवा र पोखराको कामना बिकास बैंक मर्ज भएर कामना सेवा बैंक निर्माण भएको बैंकले मङ्गलबार...

झापा गोल्डकपको उपाधि आर्मीलाई, उपाधि उचाल्ने झापाको सपना अधुरै

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकपको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा घरेलु टोली झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधि जितेसँगै...

डोले आवास एक कार्यक्रमका बिच डोले राजवंशीलाई हस्तान्तरण

बिर्तामोड । किरण राजवंशीले जग्गा उपलब्ध गराएपछि स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको डोले आवास आइतबार एक कार्यक्रमकाबीच डोले राजवंशीलाई हस्तान्तरण गरिएको छ । गत २५ पुषदेखि निर्माण शुरु गरिएको तीन कोठे घर तयार भएपछि आइतबार...

घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

झापा, १८ फागुन । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण...

झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ र सहारा भिड्दै

बिर्तामोड । भोलिदेखि सुरु हुने झापा गौल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ र पोखराको सहारा क्लब भिड्ने भएका छन् । १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक र पोखराको साहारा क्लब प्रतिस्पर्धा गर्ने...

बहुला कुकुरले टोकेर दुहुना गाई मरे

भद्रपुर, १२ फागुन । झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् ।  गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा अधिकारी

दमक,११ फागुन । निर्माण व्यवसायी महासंघ प्रदेश नं १ को छैठौं अधिवेशन अन्तर्गत हालै भएको चुनावी कार्यक्रमबाट दमकका निर्माण व्यवसायी मोहन अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिकारी महासंघको पूर्वाञ्चल क्षेत्रीय समितिमा यस...