आफैले उत्पादन गरेको आलुको बिउ सुरक्षित गर्ने सहज बातावरण नहुदा दैनिक लाखौ रुपैया बाहिरियो

अहिले कृषकहरुलाई मंसिरे धान काटेर खालिभएको जमिनमा आलु लगायतको हिउदे बाली लगाउने चटारो छ

हाम्रो दमक

दमक | चाँड पर्व संगै मंसिरे धान पाकेपछि गाँउ घरतिर कृषकहरुलाई यति बेला आलु लगायत हिउदे बाली लगाउने चटारो शुरु भएको छ । स्वदेशमा आलुको बिउँको प्रयाप्त भण्डारन नहुदा कृषकहरु महङगो मुल्यमा भारत बाट आयत गरिएको आलुको बिउ महंगो मुल्य तिरेर किन्न बध्य भएका छन ।

किसान आफैले उत्पादन गरेको आलुको विउ सुरक्षित गर्ने सहज बातावरण नहुदा आलुको विउ खरिद दैनिक लाखौ रुपैया विदेशि रहेको छ । अहिले कृषकहरुलाई मंसिरे धान काटेर खालिभएको जमिनमा आलु लगायतको हिउदे बाली लगाउने चटारो छ । आलुको बिउमा पनि मुलुक आन्तनिर्भर नहुदा अहिले पनि किसानहरु बजारकै विउको भरमा छन । जसले गर्दा अघिल्ला अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष तिन गुणा सम्म बढि मुल्य तिरेर आलुको विउ खरिद गर्न बाध्य भएका छन । हरेक घरमा तरकारीका लागि आलु आवश्य पर्ने भएकाले धेर थोर जति भएपनि आलु आफैले रोप्ने चलन रहेको छ । आफैले आलुको विउ भण्डारण गर्न नसक्दा बजारमा ब्यापारीले जती मूल्य तोकेपनि विउ खरिद गर्नु बाध्यता रहेको दमक १० का किसान गोविन्द न्यौपानेले बताए ।

अघिल्लो बर्ष बजारमा यो समयमा १ सय रुपैया देखि १ सय बिस रुपैया प्रति पल्ला अर्थात ५ किलो आलुको बिउ बिक्रि भएको ब्यपारी हरुको भनाई छ । तर अहिले अघिल्ला बर्षहरुको तुलनामा यो वर्ष दोब्बर सम्मको मुल्यमा आलु बिउ बिक्री भैरहेको छ । अहिले मुख्य ३ जातको बिउ बजारमा उपल्बध रहेको छ । १ सय ५० रुपैया देखि २ सय २० रुपैया सम्ममा प्रति पल्लामा अहिले आलुको बिउ बिक्री गरिरहेको ब्यापारीहरु बताउछन ।

बितेको २० दिनमा दमक बजारबाट व्यपारी सन्तोष भगत एक्लैले ७ सय बोरा आलु विक्रि गरेको बताए । यसरी आलु विक्रि गर्ने व्यापारीको संख्या यो बजार झण्डै एक दजर्नको हाराहारीमा रहेको छ । स्थानीय सरकारले पनि अहिले सम्मपनि आलुको पकेट क्षेत्र भनेर कुनै पनि ठाँउलाई निर्धारण गरेको पाईदैन ।

अघिल्लो बर्षको तथ्याङक अनुसार दमकमा मात्र ३५ हेक्टर क्षेत्रफलमा आलु खेती गरेको नगरपालीकाको कृषि शाखाले अनुमान गरेको छ । आलुमा आत्म निर्भर बन्नको लागी नगरपालीकाले पनि बिभिन्न कार्यक्रम अघि सारेको दमक नगरपालिकाका बाली बिकास अधिकृत गोबिन्द आचार्यले बताए ।

नेपालमा उत्पादित आलुले आन्तरिक मागलाई तिन महिना मात्र धान्ने गरेको छ । बाँकी ९ महिना मुलुक आलुका लागि पूर्ण रुपमा परनिर्भर हुनुपर्ने अवस्था छ । आलु आयातलाई प्रर्तिस्थापन गरी आलु बाली बिकासका लागि सरकारी स्तरबाट विभिन्न कार्यक्रम अघि सार्न आवश्यक देखिएको छ ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

उदयपुरका कृषक व्यावसायिक सिस्नो खेतीमा आकषित

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१५ का कृषकले व्यावसायिक सिस्नो खेती गर्दै आएका छन् । सिस्नो खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले व्यावसायिक रुपमै सिस्नो खेती गर्नथालेका हुन् । साउनेका कृष्णमाया मगरले सिस्नो बिक्रीको समय शुरु...

एउटै मञ्चमा एउटै मालामुनि कांग्रेसका तीन कोईराला !

विराटनगर । नेपाली कांग्रेस भित्र कोइराला परिवाको नेतृत्व संकट आएको र बेमेल बडेको भन्ने चर्चा चलिरहेकाबेला तीनै जना नेता सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु एक भएर अगाडि बढ्ने बताएका छन ।...

आर्थिक कार्यविधि ऐन’ ल्याएर यसरी वित्तीय जवाफदेहिता सुनिश्चित गर्दैछ ओली सरकार

काठमाडौँ, २ मंसिर । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन...

थपिँदै चिप्स र परिवर्तन हुँदै सर्वसाधारणले बोक्ने पासपोर्टको रंग ! यस्तो छ कारण

काठमाडौँ। सर्वसाधारणका लागि जारि हुने गरेको रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र नै ई–पासपोर्टमा गइसक्ने नीति लिएको...

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन जोड

बिर्तामोड, २ मंसीर । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आइतबार भएको कोच आदिवासी महिलाको...

नेपालले शरणार्थी मामिला सम्बन्धमा १६ वर्षपछि भुटानसँग वार्ता गर्ने तयारी गर्दै

करिब तिन दशक अघिदेखि झापा र मोरङका विभिन्न शिविरमा शरणागत करिब ९५ प्रतिशत भुटानी शरणार्थी तेस्रो देश पुनर्वासमा गइसकेपछि नेपालले भुटानसँग वार्ता पुनः शरणार्थी मामिलामा बार्ताशुरु गर्ने तयारीमा लागेको छ । यस अघि भएका...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

ट्याक्टर पल्टिदा दुईको मृत्यु

दमक,३० कार्तिक । पाँचथरको रविबाट अदुवा बोकेर झापाको दमक तर्फ आउँदै गरेको ट्याक्टर पल्टिदा दुई जनाको ज्यान गएको छ । दमक–रवि सडक अन्तर्गत इलामको माङ्गसेवुङ्ग गाँउपालिका वडा नम्बर –३ स्थित भञ्याङ्ग खण्डमा भएको ट्याक्टर...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...