नेपाल र भारत सेमिफाइनलमा प्रवेश

हाम्रो दमक

काठमांडौ । नेपाल र भारत साफ अण्डर १५ च्याम्पियन्सीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल बगंलादेशसँग २–१ गोल अन्तरले पराजित भएपनि समूह उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो । जितसँगै बगंलादेश समूह ए को विजेता बनेको हो ।

यसअघि सोही मैदानमा भएको खेलमा भारत समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो । भारतले भुटानलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । भारतको जितमा पोउल शुभोले २ तथा सुब्बा खुसाङ र छल्छो अमनले १ गोल गरे ।

समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्दै पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाईसकेको छ । भोलि हुने सेमिफाईनलमा समूह ए को विजेता बगंलादेश र समूह बी को उपविजेता भारत तथा समूह बी को विजेता पाकिस्तान र समूह ए को उपविजेता नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

झापा फाल्गुनन्द गोल्डकपको च्याम्पियन

फिदीम,३० पुस । झापा ११ एफसी फिदिम आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । यो जीतसँगै झापाले यो सिजनको पहिलो उपाधि चुमेको हो । सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा...

‘रेलिगेशन’ बिनाको लिगले घटाएको नेपाली फुटबलको रौनक

काठमाडौँ, २७ पुस | गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभएको थियो, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग...

गोरखा कम्व्याटले आर्मीका लागि तालिम सञ्चालन गर्नेे

दमक,१७ पुस । महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ । दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम...

नेपाल र युएईबिचको एकदिबसीय खेल माघ ११ गतेबाट

काठमाण्डौ । युएईसंगको एक दिबसीय र ट्वान्टी २० सिरिजका लागी २० सदस्सिय प्रारम्भीक नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषणा गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल, अबिनाश बोहोरा, बसन्त रेग्मी, बिक्रम शोब, बिनोद भण्डारी...

बुद्धिचाल छनौट प्रतियोगिता दमकमा सम्पन्न

दमक | आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नंबर प्रदेश बुद्धिचाल छनौट प्रतियोगिताको लागि झापा जिल्ला फिडे रेटिंग बुद्धिचाल छनौट प्रतियोगिता आइतबार सम्पन्न भएको भएको छ। दमक स्थित सप्तश्री एकाडेमी को हलमा भएको प्रतियोगिता पौष...

खेलकुद मन्त्रालयका सचिवद्धारा रङ्गशाला र कभर्ड हल निर्माण गरिने जग्गाको निरीक्षण

मेचीनगर । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माण गरिने दमकस्थित जग्गाको आइतबार निरीक्षण गरेका छन् । सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धि...

झापासहित देशभरि हुने गोल्डकपको मिति तय

दमक,२८ मंसिर । अखिल नेपाल फूटवल संघले (एन्फा ) देशभरि मोफसलमा सञ्चालन हुने गोल्डकप फूटवल प्रतियगितालाई व्यवस्थित सम्पन्न गर्न खेल मिति तोकेको छ । राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक एवं एन्फाका उपाध्यक्ष कृष्ण थापा नेतृत्वको...

माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता

मेचीनगर । माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता मेचीनगरमा हुने भएको छ । आयोजक लोकतान्त्रिक खेलकुद संघ मेचीनगर समितिले काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता गर्न लागेको बुधबार जानकारी दिएको छ । संघका अध्यक्ष...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...