कांग्रेसमा नेविसंघ विवाद: मौन ब्रत देखि अनसन सम्मको तयारीमा नेता !

कांग्रेसलाई भातृ संगठन नेविसंघको विवाद मिलाउन हम्मेहम्मे परेको छ। मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोप गर्न थालेका छन् ।

हाम्रो दमक

काठमाडौँ । कांग्रेसलाई भातृ संगठन नेविसंघको विवाद मिलाउन हम्मेहम्मे परेको छ। मिलाउन नसकेपछि काँग्रेसका शीर्ष नेता नै आरोप प्रत्यारोप गर्न थालेका छन् । नेतृत्वले निर्णय गर्न नसकेपछि नेविसंघको आगामी कार्तिक १६ गतेबाट सुरु हुने भनेको अधिवेसन सर्ने पक्का पक्कि भएको छ भने यहि विवादका कारण मंसिरमा हुने भनिएको महासमिति बैठक पनि अनिश्चित बन्दै गएको छ ।

नेविसंघमा ३२ वर्षे हदम्यादसहितको विधान काँग्रेस केन्द्रीय समितिमा बहुमतले पारित भएपछि नेताहरुमा बढेको असमझदारीले गर्दा पार्टी बैठक नै अनिश्चित भएको छ । २१ असोजमा बसेको केन्द्रीय समिति बैठकले नेविसंघको विधान पारित गरेको थियो । तर, त्यसमा बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुले नोटअफ डिसेन्ट नै लेखेका थिए ।

त्यसयता दर्जनौँ निर्णयहरुलाई कार्यान्वयन गर्न लगातार काँग्रेस बैठक बस्नुपर्ने भएपनि काँग्रेस नेताहरु संवादविहीन भएर बसेका छन् । असोज २१ गते मध्यरातमा सभापति शेरबहादुर देउवा समूहले बहुमतको बलमा नेविसंघमा उमेरहद लगाउँदै विधान पारित गरेपछि देउवा इतरका नेताहरू असन्तुष्ट बनेका थिए ।

त्यसलगत्तै २५ असोजमा बोलाइएको बैठक पौडेल लगायतका असन्तुष्ट नेताहरुले बहिष्कार गर्ने तयारी गरेपछि सभापति देउवाले बैठक नै स्थगित गर्न पुगेका थिए । अहिले काँग्रेस नेताहरू कोही दशैँ मनाउन आ–आफ्नो जिल्लामा पुगेका छन् भने रामचन्द्र पौडेल लगाएतका कोही तिर्थाटनमा व्यस्त छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेविसंघको अधिवेसन कार्तिक १६ बाट हुनुपर्ने हो । तर, त्यो समय आउन अव लगभग एकसाता मात्रै समय छ । यो बीचमा विभिन्न क्याम्पसहरुमा अधिवेसन गर्नुपर्ने हुन्छ । जबकी ति क्याम्पसहरु दशैतिहार र छठपछि मात्रै खुल्छन् । यस्तो अवस्थामा कार्तिक १६ को अधिवेशन कुनै हालतमा हुने सम्भावना देखिदैन ।

यता, पौडेल पक्ष र सिटौलापक्षका नेविसंघका नेताहरुले भने नेविसंघ अध्यक्ष नैनसिंह महरको कार्यकाल लम्ब्याउन योजनाबद्ध ढंगले नेविसंघको अधिवेसन रोक्न लागेको नेविसंघलाई असफल बनाउन यो षड्यन्त्र विरुद्ध अनसन थाल्ने चेतावनी दिएका छन्।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

पूर्व जनमुक्ति सेनाको प्रदेश भेला

दमक,५ माघ ।पूर्व जनमुक्ति सेना नेपाल प्रदेश नं १ को प्रदेश कमिटी गठन भएको छ । माओवादी सशस्त्र युद्ध लडेका लडाकूहरुको साझा संगठन भनिएको सो संगठनले केन्द्रीय भेला आयोजक समिति गठन गरे लगत्तै प्रदेशस्तरमापनि...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

‘अनसनरत डा.केसीका माग पूरा गर’

 विर्तामोड ,२ माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चिकित्सा शिक्षा विधेयकको विषय लिएर अनसनमा बसेका डा. गोविन्द केसीका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन झापा शाखाले बुधबार यहाँ आयोजना...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...