एक प्रदेश सरकार कम्तीमा एउटा केवलकार !

हाम्रो दमक

चितवन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले देशका सात वटै प्रदेशमा कम्तीमा एउटा केवलकार चलाइने बताएका छन् ।

मन्त्री अधिकारीले मनकामना केवलकारको थप ३ गन्डोला सञ्चालनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कुल अम्दानीको २५ प्रतिशत पर्यटनबाट हासिल गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

मन्त्री अधिकारीले भने, ‘भूकम्पपछि क्षति पुगेको मन्दिरलाई जनसहभागितामार्फत निर्माण सम्पन्न भएको भन्दै सबैले मन्दिरको पुनर्निर्माणबाट पाठ सिक्नुपर्छ ।’

मन्त्री अधिकारीका अनुसार मनकामनाले केवलकार मात्र संचालन नगरी देशको धार्मिक पर्यटनमा समेत ठूलो टेवा पुर्याइरहहेको छ ।

मन्त्री अधिकारीले नेपाल सरकार मनकामना मन्दिरको विकासका लागि सधै प्रतिबद्ध रहेको बताएका छन् । आजैदेखि सुरु भएको गोन्डलामा चढेर पर्यटनमन्त्री रविन्द्र अधिकारीले मनकामना मन्दिरको दर्शन गरेका छन् ।

यसअघि ३१ वटा गन्डोला सञ्चालन हुँदै आइरहेको केवलकारमा ३ वटा थप गरि अब दैनिक १ हजार मानिसलाई गन्डोलाले सेवा प्रदान गर्ने भएको छ ।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

दमक भित्रियो सुजुकीको वागनआर

दमक, बैशाख ८ | सुजुकी फोर ह्वीलरको झापा दमकका लागि आधिकारिक बिक्रेता बि. आर एन ब्रोदर्सले तेस्रो पुस्ताको वागनआर बजारमा ल्याएको छ । ब्रोदर्सले आइतबार दमकमा एक कार्यक्रम गरी गाडीको दमकबाट बिक्रि सुरुगरेको जानकारी दिएको...

शुभारम्भको आठौ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

दमक,२९ चैत । दमक ६ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न कार्यक्रम हरुको आयोजना गरेर आफनौ आठौ बार्षिकोत्सव मनाएको छ । संस्थाको प्राङगणमा रक्तदान, भित्ते पात्रो बिमोचन गर्नुका साथै ज्येष्ठ नागरिक सम्मान...

नेविसंघले हावा हुरी पिडीतलाई राहत सामाग्री बाँढयो

बिर्तामोड । नेवि संघ झापाले बारामा हावाहरी पिडीतलाई शनिवार राहत सामाग्री वितरण गरेको छ । विगत एक साता अगाडी आएको विनाशकारी हावा हुरीबाटपिडीत परिवारलाई करिव दुईलाख बराबरको त्रिपाल, शैक्षिक सामागी, जुत्ताचप्पल बितरण गरिको बताइएको...

डिजीटल वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

दमक,१८ चैत । दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि डिजीटल वित्तीय साक्षरता सम्बन्धी आज एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एनएमवी वैकको सहकार्यमा भएको सो अभिमुखीकरण कार्यक्रममा तीन दर्जन बढी व्यवसायीहरुको सहभागिता रहेको...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार...