Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

रक्तदान नै जिवन दान हो, म यो मौका गुमाउन चाहन्न

हाम्रो दमक

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति नै मुल्य तिरेर पनि नत पाउन नै सकिन्छ नत आधुनिक विज्ञानले यसको आविस्कार नै गर्न सकेको छन । हालको उपचार पद्धतीमा आवश्यक रगतको उपलब्धताको एक मात्र विकल्प हो रक्त दान । स्वयंम एक व्यक्तीले गरेको रक्तदानले अर्को व्यक्तीको जोखिममा परेको जिवनलाई बचाउने एकमात्र विपकल्प पनि यहि नै । यहि कुरालाई मनन गरि झापा दमकमा एक व्यक्ती अहिले करिब २७ वर्ष अघिदेखि नियमित रक्तदान गर्दै आइरहनु भएको छ । रक्तदानलाई नै आफनो जिवनको ठुलो सार्थकता ठान्ने ति व्यक्तिहुन झापा दमकका राजकुमार श्रेष्ठ ।

२०२३ साल माघ ४ गते मेची अंचल पाँचथर जिल्लाको यासोकमा बुबा गणेशवहादुर श्रेष्ठ र आमा पदमकुमारी श्रेष्ठको कोखबाट साइलो सन्तानका रुपमा जन्मनु भएका राजकुमार श्रेष्ठको नाम पूर्वाञ्चलमा नसुन्ने मानिस सायद कमै मात्र होलान । हाल झापाको दमक नगरपालिका बडा नम्बर ६ मा स्थाई बसोवास गर्दै आउनु भएका श्रेष्ठ रेडिमेड कपडा व्यवसायि पनि हुनुहुन्छ । श्रेष्ठका लागि यो परिचय केहि पनि होइन । निस्वार्थ मानविय सेवाको भाबले जिवनकालागि अपरिहार्य रक्तदान जस्तो कार्यमा निरन्तर लाग्दै आउनु भएका श्रेष्ठले हालसम्ममा १०४ पटक रक्तदान गरिसक्नु भएको छ । २०४९/५० साल तिर दमक नगरपालिकाको प्राङणमा प्रारायु संघ दमक नगर कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्नुभएका तत्काली नगर कमिटिका अध्यक्ष समेत रहुन भएको श्रेष्ठले त्यो दिन शुरु गरेको रक्तदानले अहिले पनि निरन्तता पाई रहेको छ ।

श्रेष्ठले पछिल्लो पटक २०७५ साल को भदौ ३१ गते रक्तदान गरेर १०४ पिन्ट रगत दान गरिसक्नु भएको छ । ए पोजेटिभ रक्त समुह रहेका श्रेष्ठले हरेक तिन महिनामा अनिवार्य रक्तदान गर्दै आइरहुन भएको छ । अस्पतालहरुमा तत्काल ताजा रगतको आवश्यक पर्दा समेत श्रेष्ठ अस्पतालमानै पुगेर रक्तदान गरि जोखिममा परेका धेरै विरामीहरुको निस्वार्थभाबले सहयोग गरि रहनुभएको छ । श्रेष्ठ पूर्वाञ्चलमा सवै भन्दो धेरे रक्तदानगर्ने मानिस भित्रका पहिलो व्यक्तीहो भन्दा पनि अतियुक्ति नहोला ।

यसरी शुरु भयो राजकुमरा श्रेष्ठको दमक आगमन

बसाई सराई गर्ने क्रममा श्रेष्ठ आफना आमा बुबा संगै ७ वर्षको उमेर २०३० सालमा झापाको तत्कालीन दमक गाँउ पंचायतको हाल दमक २ स्थित खरखरेमा आईपुग्नु भयो । पाँचथरको यासोकबाट झापाको दमक झरेपछि श्रेष्ठ कक्षा १ देखी ३ सम्म पृथ्विप्राबीमा अध्यायन गरि सकेपछि दमककै ढुकुरपानी माद्यामिक विद्यालयबाट ७ कक्षा सम्म अध्यायन गर्नुभयो । त्यसपछि उहाँले घर नजिकैको हिमाल माद्यामिक विद्यालयबाट कक्षा दश सम्मको अध्ययन पुरा गर्नुभयो । त्यसपछिका दिनमा सामाजिक सेवा सगै हाल श्रीमती कमला श्रेष्ठका साथ पेशाले रेडिमेड कपडा व्यवसाय गर्दैआइ रहनु भएको छ ।

विभिन्न संघसंस्थामाहरुमा पनि श्रेष्ठको भूमी उत्तिकै ।

पेशाले कपडा व्यावसायि भएपनि विभिन्न संघसंस्थाहरुमा पनि श्रेष्ठको भूमीका उत्तिकै महत्वपूर्ण रहदै आएको छ । हाल नेपाल राष्ट्रिय उद्योग बाणिज्य संघ केन्द्रीय कमिटिको सचिवालय सदस्य रहेका छन । यसैगरि दमक उद्योग बाणिज्य संघ अन्र्तगतको बस्तुगत संघ दमक रेडिमेड कपडा व्यावसायि संघको नगर अध्यक्ष, ऊ सतासी सासकोसको सल्लाहकार सदस्य, झिगु समाज दमक नगर कमिटिको सदस्य, नेवा देय दवू नगर समितिको सदस्य समेत रहनु भएको छ । धेरै संघसंस्थाहरुमा सम्मानित भइसक्नु भएका श्रेष्ठले अझैपनि आफनो रक्तदान गर्ने इच्छालाई यथावत नै राखेका छन ।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन ।...

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...

Face of The Week [सुर्य नेम्बाङ] नेपाल प्रहरी देखी गोर्खाभर्ती सम्म !

८० किलोको भारी बोकेर तीन दिनको बाटो खाली खुट्टा हिडेको त्यो नरमाईलो क्षण आहिले आएर आफ्नै कारमा ३ घण्टामा गन्तव्य पुग्न सकिने बर्तमान यथार्थ सम्झदै भावुक बन्छन सुर्य नेम्बाङ । पाँचथर जिल्लाको पवित्र स्थल...

लिम्बू मुन्धुमका सांगीतिक फुल फुलाउने सपनाहरू सजाउदै गितकार सुबर्ण नेम्वाङ

खुसी हुदा मादलको तालमा नाच्ने बिरहमा बासुरीको सुसाइमा पीडा पोख्ने र सारंगीको धुनमा रुने नेपाली सांगीतिक समाजमा आफ्नो छुट्टै मौलिक याक्थुङ मुन्धुमी संगीत क्षेत्रमा आफ्ना जिवनका तिता मिठा भोगाइहरुलाई सुर अनि ताल भर्दै पृथक...

Face of The Week: कराँते मेरो जीवन हो: पुष्प न्यौपाने, दमकेली युवा परदेशमा परिचय बनाउदै

“जीवन सधै कहाँ उसैतै हुदो रहेछ । उमेर सँगै समय बित्दै जाँदा कुनै कुनै पल खुशी मिल्दो रैछ । यसैले कराँते मेरो जीवन हो । हजुरहरू सँग सधै बिजयको आशिर्वाद माग्दछु । फेसबूकको वालमा यो...