अब नेपालीले मलेसिया जान एक पैसा तिर्नु नपर्ने, सम्झौतापत्रमा हस्ताक्षर

नेपालबाट रोजगारीका लागि मलेसिया जान थालेको दुई दशकपछि सरकारी तहमा पहिलोपटक यो ऐतिहासिक सम्झौता भएको हो ।

हाम्रो दमक

काठमाडौं  । वैदेशिक रोजगारीको लागि मलेसिया जान नेपाली कामदारले अब कुनै शुल्क तिर्नु नपर्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच आज भएको सम्झौतापत्रमा नेपाली कामदारले रोजगारीका लागि मलेसिया जाँदा कुनै शुल्क तिर्नु नपर्ने उल्लेख गरिएको छ ।

राजधानीमा सोमबार आयोजित एक विशेष समारोहकाबीच नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसिया सरकारको तर्फबाट मानव संशाधन मन्त्री एम कुला सेगरनले ‘कामदार भर्ना, रोगजार र फिर्ता’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपालबाट रोजगारीका लागि मलेसिया जान थालेको दुई दशकपछि सरकारी तहमा पहिलोपटक यो ऐतिहासिक सम्झौता भएको हो । सम्झौताअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकक, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्पूर्ण सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ ।

यस्तै अब मलेसिया सरकारले लगाउँदै आएको लेभी पनि नलाग्ने भएको छ। यसअघि मलेसियन सरकारले कामदारबाट लेभी उठाउँदै आएको थियो । यसअघि मलेसिया जाने कामदारको करार अवघि ३ वर्ष रहेकोमा समझदारी पश्चान २ वर्ष कायम गरिएको छ । यस्तै रोजगारदाताले तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ ।

मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब भत्ता, एवमु् सुविधा पाउने व्यवस्था पनि सम्झौतापत्रमार्फत गरिएको छ ।

समझदारीअनुसार नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्तब्य स्थलमा लगिनुपर्ने, महिला कामदारको हकमा विशेष ख्याल गर्नुपर्ने, परिवारको निकट सदस्यको मुत्यु भएमा १५ दिनको छुट्टी दिइने पनि उल्लेख गरिएको छ ।

यसैबीच सम्झौतापत्रको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउन दुबै देशका सरकारी पदाधिकारी संलग्न संयुक्त कार्य समूहको गठन गरिएको श्रम तथा रोजगारमन्त्रप गोकर्ष विष्टले जानकारी दिए ।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

मुसहर बस्तीको विकास ‘पहिलो प्राथमिकतामा’

बिर्तामोड, ५ फागुन। बिर्तामोड नगरपालिका वडा नं ३ र १० मा रहेको मुसहर बस्तीको विकासलाई पहिलो प्राथमिकतामा राख्ने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सरकारी तथा सार्वजनिक सेवाप्रदायक निकायसम्म पहुँच नभएका ७६ जना जनसंख्या रहेको...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

झिलझिलेमा इन्जिनियरिङ कलेज बन्ने

झिलझिले,  ४ फागुन। झापाको शिवसताक्षी नगरपालिका ११ स्थित झिलझिलेमा इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ कलेज स्थापना गर्न लागेको हो । शिलान्यास गर्दे...

दमकमा पर्यटन महोत्सव शुरु

दमक ,१ फागुन । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि संस्थागत संरचना विकासलाई प्राथमिकता दिईने बताएका छन् । दमकमा बुधबारदेखि आयोजना भएको पाँचौ फूडफेष्टिबल तथा सांस्कृतिक पर्यटन...

झापाको माइपश्चिममा नै रंगशाला बनाउन माग

दमक, २८ माघ । झापाको दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका खेलकुदसंग सम्बद्ध संस्था तथा खेलाडी हरुले कमल गाँउपालिकाको लखनपुरमा नै सुविधासम्पन्न रंगशाला वनाउन माग गरेका छन् । प्रस्तावित रंगशालालाई अन्यत्र सार्न लागिएको चर्चा...

गौरीगञ्जको कुन्जीवारीमा बम फेला,गाँउले त्रसित

गौरीगञ्ज ,२३ माघ । झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीलाई लक्षित गर्दै अज्ञात समूहले बम राखेको सूचना दिएपछि अहिले त्यस क्षेत्रको जनजीवन आतकिंत बनेको छ । बाँस झ्याङमा बम जस्तो देखिने शकांस्पद बस्तु विद्यालयको उत्तर...

माघ २६ गते दमकमा मिनी म्याराथन

दमक,२३ माघ ।     झापाको दमकमा यहि माघ २६ गते मिनी म्याराथन प्रतियोगिता हुनेभएको छ । दमक रन समूहले आफनो तेश्रो बार्षिकोत्सवका अवसर पारेर मिनी म्याराथनको आयोजना गर्ने भएको हो । स्वास्थ्यका लागि दौडसहित...

प्रदेशस्तरिय वृहत बाल महोत्सव समापन

दमक,२१ माघ । झापाको दमकमा गत माघ १७ गते देखि शुरु भएको प्रदेशस्तरिय पाँच दिने वृहत बाल महोत्सव सोमबार समापन भएको छ ।वालमैत्री स्थानीय सरकार, हामी सवैको साझा सरोकार भन्ने नारासहित दमक नगरपालिकाको आयोजनामा सञ्चालित...

बिर्तामोड महोत्सव : व्यवस्थित र उत्कृष्ट

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढा–टाढादेखिका...

प्रदेशको तेश्रो हिउदे अधिबेशन शुरु,सडकमा धर्ना

विराटनगर,२० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठक प्रारभ्म भएको हो । प्रदेश सभाको...