१ सय ८९ यात्रुसहितको विमान समुद्रमा खस्यो

उडेकाे १३ मिनेटपछि साे विमानको विमानस्थल कन्ट्राेल कक्षसँग सम्पर्क बिच्छेद भएकाे थियाे।

हाम्रो दमक

एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्ताबाट सुमात्रा द्विपको पिनाङका लागि उडेको लायन एयरको एउटा बोइङ विमान दुर्घटनाग्रस्त भएर समुद्रमा खसेको छ।

२१० जना यात्रु क्षमता भएको सो विमानमा दुई बालबालिकासहित १८९ जना सवार छन्। उडेकाे १३ मिनेटपछि साे विमानको विमानस्थल कन्ट्राेल कक्षसँग सम्पर्क बिच्छेद भएकाे थियाे।

फ्लाइट जेटी ६१० रहेको विमान जाभा क्षेत्रको समुन्द्रमा खसेर दुर्घटनाग्रसत भएको हो। लायन एयर इन्डोनेसियाको सस्तोमा सेवा प्रदान गर्ने भगिनी कम्पनी हो।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफका अनुसार जाभा क्षेत्रमा दुर्घटना भएको विमानका यात्रुका सामग्रीहरु भेटिएका छन्। तर अझै सो विमान भेटिएको छैन। खोजी जारी छ।

ङ प्रिओकस्थित बन्दरगाहका अधिकारीले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावेशष देखेको जनाएका छन्।

सन् २०१३ मा लायन एयरकै एउटा विमान अवतरणका क्रममा समुद्रमा खस्दा त्यसमा सवार सबै १०८ आठजना बाँच्न सफल भएका थिए। सन् २००४ मा उसकै एउटा विमान सोलो शहरमा दुर्घटनामा पर्दा २५ जनाको ज्यान गएको थियो।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अन्तर्राष्ट्रिय खबर बाट अन्य

श्रीमतीले यौनसम्पर्क गर्न नदिएको झोँकमा चक्कुले काटे आफ्नै लिङ्ग काटेपछि..

एजेन्सी | भारतको उत्तर प्रदेशका एक व्यक्तिले आफ्नो लिङ्ग काटेका छन् । उनले आफ्नी श्रीमतीको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमतीले सम्भोग गर्न नदिएपछि घाँसी राम नाम गरेका ब्यक्तिले रिसको...

मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एकको मृत्यु

फ्रान्स । इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै तीन लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच...

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट...

संसदबाट प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित !

कोलम्बो । श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्ष विरुद्ध परेको अविश्वासको प्रस्ताव पारित गरेको छ। मंगलबार श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई पुनःस्थापना गर्ने आदेश दिएलगत्तै संसदले सिरिसेना नियुक्त राजापाक्षलाई अश्विकार...

एमनेस्टीले फिर्ता लियो सुकीलाई दिएको सर्बोच्च सम्मान !

काठमाडौं । मानवअधिकार सम्बन्धी अन्तरराष्ट्रिय सँस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ। सुकीको मानवअधिकार प्रतिको प्रतिवद्धता र व्यवहारप्रति विश्वव्यापी रुपमा प्रश्न उठेपछि उक्त सम्मान फिर्ता लिइएको हो। सन्...

पाईलटले नै मापसे गरेर प्लेन उडाउन लागेपछि…

भारत। भारतको राष्ट्रिय ध्वजावाहक बिमान कम्पनि एयर इन्डियाका एक सिनियर क्याप्टेनले मापसे गरेर प्लेनउदाएको पाईएपछि तीन वर्षको लागि कमर्सियल जेट उडाउन नसक्नेगरि ग्राउण्डेड हुने भएका छन् ।सिनियर पाईलट अरभिन्द कठपालीया मापसे चेकिङका क्रममा यस्तो...

गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु !

अफगानिस्तान। अफगानिस्तानमा शुक्रबार भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । घटना अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस...

राष्ट्रपतिद्वारा एक्कासी संसद भंग,नयाँ चुनावको घोषणा !

एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन् ।संसद भंग गरेर उनले जनवरी ५ मा देशमा आमचुनाव गर्ने घोषणा गरेका छन्  । प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसँग संसदमा पर्याप्त समर्थन थिएन । २६ अक्टोबरको नाटकीय...

दंगा नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी १३ भन्दा बढी कैदीको मृत्यु !

ताजिकस्तान। एक जेल भित्र भएको दंगा नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी कम्तिमा १३ जना कैदीको ज्यान गएको छ। घटना ताजिकस्तानको खुजाद भएको हो। घटनामा परी १३ जनाले ज्यान गुमाएको सुरक्षा अधिकारीले बताएपनि अन्य...

अमेरिकाको प्रतिनिधिसभा चुनावमा विजयी भए नेपाली मुलका ह्यारी भण्डारी

अमेरिका । अमेरिकाको मध्यावधि प्रतिनिधिसभाको चुनावमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । नेपाली समुदायको इतिहासमा...