बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा र एक छोरी छन् ।

हाम्रो दमक

चन्द्रौटा, कपिलवस्तु  । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा र एक छोरी छन् ।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

खुट्टो काट्नुपरेका बालकलाई अमेरिकाबाट एकलाख

दमक,४ फागुन । अमेरिकाको ओहयो एक्रोनबाट पुनर्वास भएका भुटानी शरणार्थीहरुले भाँच्चिएर खुट्टो काट्नु परेका झापा, दमकका एकजना बालकको उपचारको लागि १ लाख ७ हजार सहयोग गरेका छन् । ओहायोबाट नेपाल आएका उत्तम रसाइली, रनमाया गजमेर,...

घर निर्माणमा जापानीज विद्यार्थीहरुद्धारा श्रमदान

गौरीगञ्ज ,३ फागुन ।   झापाको गौरीगञ्ज गाउँपालिकाका वार्ड नं ६ दमाई डाँडाका दलबहादुर नेपालीको घर निर्माणमा जापानीज विद्यार्थी हरूले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविटेड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित...

दमकमा नगर प्रहरीलाई तालिम शुरु

दमक ,२ फागुन । दमक नगर प्रहरीलाई क्षमताशील वनाउन उद्देश्यले बुधबारदेखि यहाँ एक महिने तालिम शुरु गरिएको छ । नगर प्रहरीको दैनिक कार्यसम्पादनमा सघाँउ पुरयाँउन नगरपालिकासहित इलाका प्रहरी कार्यालय दमकले तालिम सञ्चालन गरेको हो...

कमलमा बृहत साहित्यिक कार्यक्रम हुने

कमल , १ फागुन । कमल गाउँपालिकाको आयोजनामा बृहत साहित्यिक कार्यक्रम हुने भएको छ ।   आगामी फागुन ७ गते कमल गाउँ पालिका ३ स्थित वाल्मिकी आश्रम तथा सिमसारक्षेत्रमा कार्यक्रम हुने भएको कमल गाउँपालिकाले जनाएको...