प्रधानमन्त्री ओली अस्पताल भर्ना ! मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा उपचार हुँदै

हाम्रो दमक

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ छ। शनिबारदेखि नै रुघाखोकीले ग्रस्त प्रधानमन्त्री ओली थप समस्या देखिएपछि आइतबार राति महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना भएका हुन्  ।

अस्पतालका अनुसार प्रधानमन्त्रीको श्वासप्रश्वास गम्भीर समस्या देखिएको छ । स्वास्थ्यमा आएको समस्याकै कारण शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत आोली सहभागी हुनुभएन । संक्रमण बढ्ने सम्भावना भएपछि निजी चिकित्सकको सुझावमा उहाँ प्रधानमन्त्री निवासमै आराम गर्नुभएको थियो ।

सामान्य रुघाखोकी र भाइरल ज्वरोको समस्यामा रहनु भएका प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमै समस्या आएपछि आइसियूमा भर्ना गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खोकी नियन्त्रणसहित थप परीक्षणका लागि अस्पताल भनाई भएको जानकारी दिनुभयो । अधिकारीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको जानकारी पनि दिनुभयो ।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

हितकोष मार्फत व्यवसायीलाई रु १ लाख राहत

दमक ,३ मंसीर ।  दमक उद्योग वाणिज्य संघले स्थानीय एक व्यवसायीका परिवारलाई रु १ लाखको व्यवसायिक राहत रकम प्रदान गरेको छ । गत कार्तिक २५ गते मृत्यु भएका संघका सदस्य दमक ६ की चन्द्रकला...

शरणार्थीहरुलाई सहयोग कटौती नगर्न माग

दमक ,३ मंसीर । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिले शरणार्थी समस्याको पूर्ण समाधान नभएसम्म शरणार्थीहरुलाई दिईदै आएको सहयोग कटौती नगर्न दातृ निकायसंग माग गरेको छ । समितिले मानिसलाई जीवनयापनका लागि चाहिने न्यूनतम गाँस,वासमा निरन्तरता...

मन र धनको अभावमा अलपत्र ७ बर्षे स्वदेस थिं भन्छन्- ‘मन नै ठूलो !’

एका बिहान काठमाडौंको बढ्दो चिसो सङ्गै आज बिहान कोटेश्वरको तिनकुनेमा एउटा जंकाभेट भयो संचारकर्मी साथिहरु लक्ष्मी धिमाल र उमेश खडकासङ्ग जहाँ एउटा सानो किराना पसल छ त्यही कफि र चिया पनि पाइन्छ । मङ्सिर भित्रीदै...

गौतम मिष्टर ,शुष्मा मिस राजवंशी घोषित

झापा,२ मंसीर । विर्तामोड – ४ की सुष्मा राजवंशीले यसवर्षको मिस राजवंशीको उपाधि जितेकी छन् । शनिवार विर्तामोडमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतियोगिलाई पछि पार्दै उनले उपाधि सहित २५ हजार रूपैया, ट्रफि जितेकी...

एउटै मञ्चमा एउटै मालामुनि कांग्रेसका तीन कोईराला !

विराटनगर । नेपाली कांग्रेस भित्र कोइराला परिवाको नेतृत्व संकट आएको र बेमेल बडेको भन्ने चर्चा चलिरहेकाबेला तीनै जना नेता सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु एक भएर अगाडि बढ्ने बताएका छन ।...

आर्थिक कार्यविधि ऐन’ ल्याएर यसरी वित्तीय जवाफदेहिता सुनिश्चित गर्दैछ ओली सरकार

काठमाडौँ, २ मंसिर । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन...

फेरिए सशस्त्र प्रहरीका प्रवक्ता, को हुन नयाँ प्रवक्ता श्रेष्ठ ?

काठमाडौै, २ मंसिर । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिएका छन् ।संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न...

थपिँदै चिप्स र परिवर्तन हुँदै सर्वसाधारणले बोक्ने पासपोर्टको रंग ! यस्तो छ कारण

काठमाडौँ। सर्वसाधारणका लागि जारि हुने गरेको रहादानीको बाहिरी रंंग परिवर्तन हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागेको हो । सरकारले दुई वर्षभित्र नै ई–पासपोर्टमा गइसक्ने नीति लिएको...

राजवंशी प्रेस सल्लाहकारमा नियुक्त

गौंरीगञ्ज ,२ मंसीर । गौरीगञ्ज गाँउपालिकामा स्थानीय पत्रकार आत्माराम राजवंशी प्रेस सल्लाहकारका रुपमा नियुक्ति भएका छन् । गाँउपालिका आईतबार सम्पन्न बोर्ड बैठकले पत्रकार राजवंशीलाई प्रेस सल्लाहकारमा नियुक्त निर्णय गरेको हो । राजवंशी डेढ दशकदेखि झापाली...

बाल गायक मनिषलाई १ लाख ३७ हजार बढी सहयोग

दमक,२ मंसीर । पाँचथर, मिक्लाजुङ्ग ५ का ९ बर्षिय बाल गायक मनिष लिम्बुको सहयोगार्थ दमकमा हालै आयोजित सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । दमकमा गत कार्तिक २९ गते सांगीतिक कार्यक्रम गरिएको थियो । पत्रकार...