दमक बहुमुखी क्याम्पसमा बिविएको पढाई हुने

हाम्रो दमक

दमक | झापाको दमक बहुमुखी क्याम्पसमा बिबिए अध्ययनका लागि अनुमति दिने तयारी भइरहेको छ ।

त्रिभुवन बिश्व बिद्यालयको व्यवस्थापन संकायको बिषेश टोलीले आज क्याम्पसको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । बिश्व बिद्यालय व्यवस्थापन संकायका प्रमुख डिन प्रोफेसर डांक्टर डिल्लीराज शर्माको नेतृत्वमा आएको टोलीले दमक क्याम्पसमा बिबिए बिषय सञ्चालनका लागी योग्य रहेको ठहर गरेको छ । क्याम्पसको अनुमगन तथा निरिक्षणपछि आयोजित अन्तक्रियामा डिन प्रोफेसर डां शर्माले लामो समयको प्रयासपछि दमक क्याम्पसले बिबिए संकाय अध्यापनका लागि अनुमाति पाउने संकेत गरे । उनले दमक क्याम्पसलाई सबै क्षेत्रको साथ र सहयोग रहेकाले क्याम्पसले माग गरेका अन्य बिषयका कार्यक्रम पनि त्रिभुवन बिस्व बिद्यालय अनुमति दिने स्पष्ट पारे ।

सो अवसरमा उनले प्राध्यापकहरुलाई आफुले पढाउने बिषयमा नयाँपन दिएर अध्यापन गराउन समेत आग्रह गरेका छन् । नयाँ बिषयको माग गर्ने मात्र हैन अहिले चलिरहेको बिषयलाई पनि गुणस्तरिय बनाउन प्राध्यापक, क्याम्पस प्रशासन, अभिभावक, नागरिक समाज सबैलाई डां शर्माले आग्रह गरे ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष देवी दाहाल, क्याम्पस प्रमुख उत्तम भट्टराई, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमकका बिभिन्न सघं सस्थाका प्रमुख तथा बिद्यार्थी सगठनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

आइत, कार्तिक ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

कालिस्थानमा आयुर्वेद सम्बन्धी स्वास्थ्य शिविर

  विर्तामोड ७ माघ। अर्जुनधारा नगरपालिका–९ स्थित कालिस्थानमा आयुर्वेद सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको आयोजना, कालिकापीठ कालिस्थानको सहआयोजना तथा रविन आयुर्वेदिक औषधालयको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा एकसय ५० बढीको...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

मृगौला पीडित १५ बर्षीया बालिकाको उपचारमा आर्थिक समस्या

शान्तिनगर । आर्थिक अभाव भएपछि झापाको बुद्धशान्ति गाउँपालिककी एक बालिका उपचारबाट बञ्चित भएकी छिन् । दुबै मृगौला खराव भएपछि प्रत्यारोपण गर्ने रकम समेत जुटाउन नसक्दा बुद्धशान्ति गाउँपालिका—४ जुनेली बस्तिकी १५ बर्षीया बालिका नूमा लिम्बू...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...