स्थानियको चर्को विरोधपछि त्यसै फर्किए अस्पतालको शिलान्यास गर्न आएका भारतीय मन्त्री

हाम्रो दमक

जनकपुर । जनकपुरमा निर्माण हुन लागेको एक अस्पतालको शिलान्यास गर्न आउनुभएका भारत सरकारका स्वास्थ्य राज्यमन्त्री जग्गा विवाद भएपछि शिलान्यास नै नगरि फर्कनु भएको छ ।

जनकपुरको बेला कुटिको जग्गामा विश्व भारती फाउण्डेसनले करिब २ सय शैयाको अस्पताल निर्माणको लागि शिलान्यास गर्न आउनु भएका भारतीय स्वास्थ्य राज्य मन्त्री अश्वनी चौवे र नेपालका स्वाथ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवे शिलान्यास नै नगरि फर्कनु भएको हो ।

गुठिको जग्गा फाउण्डेसनले लिएर आज अस्पताल निर्माण लागि शिलान्यास गर्ने कार्यक्रम राखेको थियो । शिलान्यास कार्यक्रममा मन्त्रीहरु आउने भएपछि स्थानियवासीहरु विरोधमा उत्रिएका थिए ।

उनिहरुले यस अघि पनि सो संस्थाले विद्यालय र वृद्धाश्रमको शािन्यास गरेपछि अहिले सम्म निर्माण हुन सकेको छैन । सोहि संस्थाले पुन अस्पताल बनाउने भन्दै भनेपछि आशंका पैदा भएको स्थानीयवासीहरुले बताएका छन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकी राम साह र वडा नमबर २३ का वडा अध्यक्ष शत्रुधन पाण्डे सहित स्थानिवासीहरुले विरोध गर्न थालेपछि कार्यक्रम स्थागित भएको हो । स्थानियबासीको चर्को विरोध भएपछि भाररीय मन्त्री चौवे जानकी मन्दिरमा पुजापाठ गरेर फर्किएका छन ।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई...

धरानमा बढे डेंगु रोगी

सुनसरी। धरानमा तिहारपछिमात्र आठ जना डेंगुरोगी भेटिएका छन् । अव्यवस्थित बंगुरपालन र जथाभावी पानी जमेका कारण लामखुट्टेको संख्या बढेपछि डेंगु संक्रमण भएको हो । स्थानीय विजयपुर अस्पतालमा बिरामीको उपचार भइरहेको निर्देशक प्रभाव खतिवडाले जानकारी दिनुभयो...

चिया होईन ‘विष’ हो दूध चिया !

कालो चियामा प्रशस्त एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, जसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ साथै कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा...

के हो सुगर रोग ? थाहा पाउनुहोस् कसरी लाग्छ,लक्षण र बच्ने उपाए

मधुमेह भनेको सामान्य भाषामा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई मधुमेह भनिन्छ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ । अहिले व्यस्तताका कारण...

कलेजोमा रोग लागेको कसरी थाहा पाउने ?

अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ। कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो। तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था...

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको अस्ट्रेलिया अफिस उद्घाटन

अस्ट्रेलिया । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले अस्ट्रेलियाको सिड्नीस्थित योर्क स्ट्रिटमा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । कार्यालयको मणि सिलवाल र प्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सिलवाल चितवन समाज अस्ट्रेलियाका कार्यकारी...

नेपालमै दुई वर्षभित्र माग अनुसारको सिटामोल उत्पादन हुने

काठमाडौ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ। सिटामोलको माग बढिरहेका बेला नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने...

अंग्रेजीमा सोधिएको प्रश्न नबुझेर नेपालीमा प्रश्न सोध्न माग गर्दै डिग्रीका बिद्यार्थी !

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न पर्ने माग बढेको छ । नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको हो । यस्ता गुनासो...

संरक्षणको अभावमा जिर्ण बन्दै ब्रह्मचारी षडानन्दले स्थापना गरेको संस्कृत पाठशाला

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा वाल षडानन्द अधिकारीले स्थापना गरेको संस्कृत पाठशाला संरक्षणको अभावमा जिर्ण वनेको छ । २०७२ सालको भूकम्पले पाठशालाको भवनमा क्षति पुगेको भएपनि यसको संरक्षणमा कसैको ध्यान पुग्न सकेको देखिदैन । जनस्तरबाट...

तिहारमा सर्वत्र प्रयोग हुने सयपत्री फूलको उपयोगले स्वास्थ्यमा यस्ता फाईदै फाईदै

फूलैफूलको चाड तिहार र यस पर्वमा सर्वत्र प्रयोग हुने फूल हो सयपत्री।तिहारको समयमा मात्र सयपत्री आजकाल बाह्रै महिना हाईब्रिड गरेर समेत फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन...