दमक-२ की ८ वर्षीया अंशुको आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो ।

हाम्रो दमक

भद्रपुर  । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ ।

दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग रहरले घाँस काट्न जाँदा चिप्लिएर लड्दा यही कात्तिक ५ गते उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो ।

डेढ घण्टाभित्रै अस्पताल ल्याइएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डा धिरज गिरीले बताउनुभयो ।

“अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्थ्यो”, डा गिरीले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो नेतृत्वको चिकित्सक टोलीले अस्पतालमा भएका अत्याधुनिक उपकरणको प्रयोग गरेर अत्यन्तै कुशलतापूर्वक उनको उपचार गर्न सफल भयौँ।”

अस्पतालले उपचार पूरा भएपछि शुक्रबार नै उनलाई घर पठाएको छ । अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रे आँखासमेत भेट्ने गरी फसेको थियो ।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

स्थापना दिवसमा दमकमा दीपप्रज्वलन

दमक,६ वैशाख । नेपाल विद्यार्थी संघको ४९ औ स्थापना दिवसको अवसर पारेर आज साँझ दमकमा दीपप्रज्वलन गरिएको छ । संघको दमक बहुमुखी क्याम्पस इकाइ समितिले स्थानीय गणतन्त्र चौकमा दीपप्रज्वलन गरि स्थापना दिवस मनाएको हो...

नयाँ वर्षको दमकमा शुभकामना आदानप्रदान

दमक,१ बैशाख । नयाँ वर्ष २०७६ सालको अवसर पारेर दमकमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । सड्क  दुर्घटना न्यूनीकरण सम्बन्धी सामाजिक क्षेत्रमा कृयाशील संस्था जीवन चक्र समाज नेपालले दमकको वसपार्क क्षेत्रमा आज एक...

ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माणमा छलफल

दमक, ३० चैत । झापाको दमक नगरपालिकाले यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माणका लागि सरोकार वालाहरुसंग आन्तरिक छलफल शुरु गरेको छ । दमक यातायात तथा ट्राफिक व्यवस्थापन समितिले सो बिषयमा ट्राफिक प्रहरी, यातायात...

दमक मोवाइल व्यवसायी संघको नेतृत्व चयन

दमक,२९ चैत । यहाँस्थित दमक मोवाइल व्यवसायी संघको अध्यक्षमा भेनस श्रेष्ठ चुनिएका छन् । दमक उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न दोश्रो साधारणसभाको वन्द सत्रले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नौ सदस्यीय...

दमकबाट ‘निष्कर्ष ’साप्ताहिक

दमक,२६ चैत । झापा,दमकबाट एक नयाँ साप्ताहिक प्रकाशन भएको छ । युवा पत्रकार विष्णु पौडेल कार्यकारी सम्पादक रहेको  ‘निष्कर्ष’ साप्ताहिक प्रकाशन शुरुवात भएको हो । गौरादहमा पत्रिका पढ्दै सर्वसाधारणहरु पत्रिकाको नमुना अंक पाठकहरुमाझ ल्याई सकिएको कार्यकारी...

हलुका सवारी चालक दमकको नयाँ नेतृत्व

दमक,२५ चैत । यहाँस्थित नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिको अध्यक्षमा प्रेम कुमार श्रेष्ठ चुनिएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा संघको आज सम्पन्न छैठौ अधिबेशनबाट हलुका सवारीका अग्रज श्रेष्ठको अध्यक्षतामा...

पार्टी सभापति देउवासहितका नेताहरु दमक आउने

दमक,२३ चैत । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दमक आउने भएका छन् । यहि बैशाख ९ गते हुन लागेको भवन उद्घाटन गर्न...