किन कतारबाट गर्दैछिन् राष्ट्रपति भण्डारीले विदेश भ्रमण ?

उनी सोमबार सरकारी टोली र व्यापारीसहित कतार भ्रमणमा जाँदै छिन्।

हाम्रो दमक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने विदेश भ्रमण तय भएको छ। दोस्रो पटक राष्ट्रपति भएपछि उनले विदेश भ्रमण कतारबाट गर्न लागेकी हुन्। उनी सोमबार सरकारी टोली र व्यापारीसहित कतार भ्रमणमा जाँदै छिन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।

स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचनपछि पुनः राष्ट्रपति बनेकी उनले विदेश भ्रमण छिमेक छाडेर खाडी मुलुकबाट गर्नुलाई अर्थपूर्ण भनिएको छ। उनी पहिलो कार्यकालमै कतार भ्रमण गर्ने तयारीमा थिइन्। तर, त्यहाँ साउदी अरबसहित केही मुलुकले नाकाबन्दी गरेपछि भ्रमण विवादमा पर्न सक्ने भन्दै रोकिएको थियो।

कतारमा नाकाबन्दी १७ महिनासम्म पनि जारी छ। उनले अघिल्लो पटक नै युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमण गरेकी थिइन्। साउदीले लगाएको नाकाबन्दीमा साथ दिएको यूएईको भ्रमणका कारण कतार झस्किएकाले अहिले हतार–हतार त्यसतर्फ जान लागेको जानकारी अधिकारीले दिएका छन्।

कतारले आफूलाई थप सशक्त र उँचो बनाउन नाकाबन्दी सहयोगी भएको बताउँदै आएको छ। यद्यपि, उसले नातेदारहरू एकअर्का मुलुकमा रहेकाले भेटघाटमा परेको समस्याबारे संयुक्त राष्ट्रसंघमा मानवताको विषय उठाइसकेको छ।

आगामी विश्वकप आफूले खेलाउने र त्यसका लागि सुरक्षाकर्मी चाहिने विषयमा कतारले नेपालसँग पहल गर्दै आएको छ। आफूलाई गरिएको नाकाबन्दीका विषयमा पनि नेपालजस्ता मुलुकको साथ खोज्दै आएको अवस्थामा राष्ट्रपति भण्डारीको कतार भ्रमण हुन लागेको हो।

राष्ट्रपतिको भ्रमण किन कतारबाट भन्ने जिज्ञासामा राष्ट्रपति कार्यालयले पहिले नै हुने भनिएको तर विविध कारणले हुन नसकेको जानकारी दिएको छ। राष्ट्रपतिको इच्छा र निमन्त्रणा मिलेर कतार भ्रमण हुन लागेको जनाइएको छ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भ्रमणबारे अहिले नबोल्ने प्रतिक्रिया दिएका छन्। ‘कतार भ्रमण हुने सत्य हो’, उनले भने, ‘द्विपक्षीय सम्बन्ध विस्तार र मजबुत बनाउन नै राष्ट्रप्रमुखको भ्रमणको ध्येय हुन्छ।’

राष्ट्रपतिले अघिल्लो कार्यकालमा भारत, यूएई, श्रीलंका, थाइल्यान्ड र स्विटजरल्यान्डको भ्रमण गरेकी थिइन्।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

नालीमा डुवेर बालिकाको मृत्यु

दमक,२६ कार्तिक । पानीको नालीमा डुवेर झापाको दमकमा एक बालिकाको मृत्यु गएको छ । दमक ५ मा डेरा गरि बस्ने शनि शाहको ४ बर्षिया छोरी शञ्चला शाहको सोमबार दिउँसो दिउँसो स्थानीय कामक्षा होटल मार्गको सडक...

आगलागी पीडित जोगीलाई रेडक्रसको राहत

पाडाजुंगी , २६ कार्तिक । झापाको कमल गाँउपालिका वडा नम्बर ५ चाँजुका आगलागी पीडित तिलक बहादुर जोगीलाई रेडक्रसले राहत सामाग्री दिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले कम्बल,त्रिपाल,...

विष्णुकठ्ठा युवा परिवारको देउँसीभैली समापन

गेउरिया,२६ कार्तिक। कमल गाँउपालिका ७ स्थित मेमेङ्ग टोलमा रहेको विष्णुकठ्ठा युवा परिवारले देउँसीभैलीको आयव्यय सार्वजनिक गरेको छ । कलाकार टोलीलाई प्रंशसा पत्र प्रदान गरिदै आयोजक संस्थाले देउँसीभैलीबाट संकलित रकम सार्वजनिक गर्नुका साथै कलाकार टोलीलाई प्रंशसापत्र प्रदान...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...

यसरी पेट्रोल पम्पमा ठगिनु त भएको छैन ?

काठमाडौं ।  काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले...

पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…

बैतडी । बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ । स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७०...

भाँडियो राप्रपा एकताः राजसंस्था, गाई र हलोमा कुरा मिलेन

काठमाडौं । संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच कुरा मिल्न नसकेपछि राप्रपा एकताको घोषणा भाँडिएको छ। सोमबार राष्ट्रिय सभा गृहमा एकीकृत राप्रपा राष्ट्रवादीसहित तीन राप्रपाबीचको एकता घोषणा गर्ने कार्यक्रम तय थियो। तर,...

नवजात शिशुको संरक्षण प्रदान

बिर्तामोड । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको...

तेस्रो खुल्ला फुटबलको उपाधि बिहारटोला भारतलाई

बिर्तामोड । कुर्माली सेवा समाजद्वारा आयोजित तेस्रो खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिहारटोला भारतले जितेको छ । बिर्तामोड ३ स्थित धौंला पुल नजिकको मैदानमा भएको प्रतियोगितामा महेशपुर झापालाई टाईबे्रकरमा ८—७ गोलको अन्तरले हराउँदै बिहारटोला भारतले उपाधिसंगै...

अब कमाईको १० प्रतिशत अनिवार्य आमाबाको खातामा

काठमाडौं । तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छ? अनि बाआमाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन? अब भने कानुनले नै तपाईंलाई जिम्मेबार बनाउँदैछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाका लागि छुट्याउनुपर्ने...