नेपाल ल्याइएको विश्वकप क्रिकेटको ट्रफी कहाँ-कहाँ प्रदर्शन गरिँदैछ ?

विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।

हाम्रो दमक

काठमाडौं । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी अपराह्न नेपाल ल्याइएको छ।

आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइ पुगेको हो। ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको छ। सो ट्रफी नेपालमा सोमबारसम्म रहनेछ। नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पुर्‍याउने कार्यक्रम छ।

घिमिरेका अनुसार, शुक्रबार अपराह्न ट्रफी नेपाल ल्याइए लगत्तै स्वयम्भू लगिएको छ। स्वयम्भूमा केही घण्टा प्रदर्शनीमा राख्ने र शनिबार बिहानै पोखरा क्रिकेट रङ्गशाला लगिनेछ। पोखरा प्रिमियर लिग (पिपिएल) का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो।

‘ट्रफी टुरको मुख्य उद्देश्य क्रिकेटको क्रेज बढाउनु र पर्यटन प्रवर्धन गर्नु हो’ घिमिरेले भनिन्, ‘पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पुर्‍याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनासतालसम्म ट्रफी लगिनेछ।’

सो ट्रफी शनिबार बेलुकी पोखराबाट पुनःकाठमाडौँ ल्याइनेछ। त्यस्तै २८ कार्तिकमा ट्रफीलाई काठमाडौँको ऐतिहासिक स्थान चन्द्रागिरि लगिनेछ। चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिने र सो प्रदर्शनी कार्यक्रममा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने घिमिरेले जानकारी दिए।

सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा लगेर राखिनेछ। त्यहाँ क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिने कार्यक्रम छ। आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो। नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको घिमिरेले बताइन्।

विश्वकपको ट्रफी निशान कम्पनीको सहयोगमा विश्वभर प्रदर्शन गरिएको हो।  क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलो पटक ल्याइएको हो। फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ। एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) हुँदै नेपाल ल्याइएको हो।

ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

सरकारले कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाए देखाउने

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सूचना तथा सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले...

पत्रकार बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान

धुलाबारी । पत्रकार देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो ।...

त्रिचन्द्र क्याम्पसमा आगलागी ! यस्तो छ क्षतिको अवस्था

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले...

दुई अध्यक्ष मिलेर संसारकै नमूना तरिकाले काम गरेकाछौ: प्रधानमन्त्री ओली

काठमाडौँ, १ पुस | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी...

१७ हजार त बन्द गरी सकियो अब ३ लाख पोर्नसाइट बन्द गर्छौ: सञ्चार मन्त्रि बास्कोटा

काभ्रे । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख पोर्न साइट बन्द गर्ने बताएका छन् । जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र...

गृहमन्त्रीकै अगाडी विष सेवन गर्ने पूर्व जनसेना भन्छन -‘माग पुरा नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’

काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले...

१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७...

काठमाडौँमा फेरी लागु हुँदै सवारीमा जोर विजोर प्रणाली

काठमाडौं । सरकारले मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि काठमाडौंमा चल्ने सवारीलाई जोर विजोर प्रणाली लागू गरेको छ । उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले...

राष्ट्रपतिलाई गाडी किनिदिन सडकमा भीख माग्दै युवा !

काठमाडौँ, ८ मंसिर । पछिल्ला केही दिन देखी राष्ट्रपिलाई १८ करोडको गाडी किन्ने समाचार बाहिएपछि यसले चौतर्फी आलोचना पाईरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद गर्ने प्रक्रियाप्रति सांकेतिक विरोध गर्दै...

खुलेको १५ मिनेटबाटै रोकियो लाइसेन्सको आवेदन !

काठमाडौँ।लामो समयपछि शुक्रवारबाट खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला भएकाे १५ मिनेट बाटै रोकियो। लाइसेन्सको अनलाइन आवेदन विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो । दशैंअघि...