फिदीममा फाल्गुनन्दको जन्मजयन्ती मनाइदै

हाम्रो दमक

फिदीम, ९ कार्तिक/ राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्द लिङ्देन १ सय ३४ औं जन्मजयन्ती पाँचथरको फिदीममा यहि कार्तिक २५ गते भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ ।

शुक्रवार फिदीममा किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथरका अध्यक्ष ध्रुव तुम्वापोको अध्यक्षतामा बसेको बैठकले जन्मजयन्ती मनाउन विभिन्न निर्णयहरु गरिएको छ ।

बैठकले महागुरुको जन्मजयन्तीलाई भव्यताका साथ मनाउन विभिन्न १४ वटा उपसमितिहरु समेत गठन गरिएको जन्म–जयन्ती मूल समारोह आयोजक समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए । उनका अनुसार उपसमितिहरुले आ–आफना विभागीय कामहरु शुरु गरिएका छन् ।
बैठकले महागुरुको जयन्तीलाई बृहत रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने निर्णय समेत निर्णय गरिएको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष समेत रहेका संयोजक थेगिमले जनाएका छन् ।

बैठकमा मूल आयोजक समिति सह–संयोजक केहेरसिं योङ्हाङ्, किरात याक्थुङ् चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्वापोले महागुरुको जन्मजयन्तीका आवश्यक तयारीका बारेमा बोलेका थिए ।
फिदीममा महागुरुको जन्मजयन्तीको अवसर पारेर महागुरुको पूर्णकदको प्रतिमा अनावरणसहित धार्मिक प्रवचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने कार्यक्रम रहेको छ ।
महागुरुको जन्मजयन्ती फिदीमसहित स्वदेश तथा विदेशमा किरात धर्मवलम्बीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउदै आएको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय उपाध्यक्ष शेसेहाङ फियाकले बताएका छन् ।

 

  माङसेबुङमा प्रधानमन्त्री ओली आउने

आगामी २०७५ कात्तिक २५ गते हुन लागेको राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्तीलाइ भव्य बनाउनका लागि भेटघाट तथा अन्तरक्रियालाई तीव्रता दिइएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिको नेतृत्वमा गठित आयोजक समितिले कार्यक्रमको तयारी बारे भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको अभियान चलाएको हो ।
सम्माननीय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्य तथा पुजनीय किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ एवम् गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको उपस्थिति रहने आयोजकले जनाएको छ ।
यसैवीच, महागुरु जयन्तीलाई भव्य रुपमा मनाउन आयोजकले झापा, मोरङ, सुनसरी, तेर्हथुम, धनकुटा, ताप्लेजुङ, इलाम , पाँचथर लगायतका स्थानमा भेटघाट तथा अन्तरक्रिया गरिसकेका छन् ।

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

नालीमा डुवेर बालिकाको मृत्यु

दमक,२६ कार्तिक । पानीको नालीमा डुवेर झापाको दमकमा एक बालिकाको मृत्यु गएको छ । दमक ५ मा डेरा गरि बस्ने शनि शाहको ४ बर्षिया छोरी शञ्चला शाहको सोमबार दिउँसो दिउँसो स्थानीय कामक्षा होटल मार्गको सडक...

आगलागी पीडित जोगीलाई रेडक्रसको राहत

पाडाजुंगी , २६ कार्तिक । झापाको कमल गाँउपालिका वडा नम्बर ५ चाँजुका आगलागी पीडित तिलक बहादुर जोगीलाई रेडक्रसले राहत सामाग्री दिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले कम्बल,त्रिपाल,...

विष्णुकठ्ठा युवा परिवारको देउँसीभैली समापन

गेउरिया,२६ कार्तिक। कमल गाँउपालिका ७ स्थित मेमेङ्ग टोलमा रहेको विष्णुकठ्ठा युवा परिवारले देउँसीभैलीको आयव्यय सार्वजनिक गरेको छ । कलाकार टोलीलाई प्रंशसा पत्र प्रदान गरिदै आयोजक संस्थाले देउँसीभैलीबाट संकलित रकम सार्वजनिक गर्नुका साथै कलाकार टोलीलाई प्रंशसापत्र प्रदान...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...

नवजात शिशुको संरक्षण प्रदान

बिर्तामोड । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको...

तेस्रो खुल्ला फुटबलको उपाधि बिहारटोला भारतलाई

बिर्तामोड । कुर्माली सेवा समाजद्वारा आयोजित तेस्रो खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिहारटोला भारतले जितेको छ । बिर्तामोड ३ स्थित धौंला पुल नजिकको मैदानमा भएको प्रतियोगितामा महेशपुर झापालाई टाईबे्रकरमा ८—७ गोलको अन्तरले हराउँदै बिहारटोला भारतले उपाधिसंगै...

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौं  । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख...

आखिर के हुँदैछ नेकपाको बाँकी एकता ?

काठमाडौंँ। दुई पार्टी एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रियालाई टुंगो लगाउन कार्यदल गठन गरिसकिएको छ। गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...