वनमन्त्री भन्छन् – ‘सरकारका कामको परिणाम देखिने बेला आउँदैछ’

उहाँले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

हाम्रो दमक

सुर्खेत  । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नु परेकाले परिणाम देखिन केही समय लागेको बताउनुभएको छ ।

नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताउनुभयो ।

“राज्यको पुनःसंरचनासँगै तीनै तहका सरकार सञ्चालन भएको विशिष्ट अवस्था हो”, मन्त्री बस्नेतले भन्नुभयो, “यस अवधिमा सरकारले आन्तरिक तयारीका सबै काम टुङ्ग्याउन लागेको छ, सरकार आफ्नो उद्देश्य र प्रतिबद्धतादेखि विचलित भएको छैन ।” उहाँले कानूनको मस्यौदा र प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रदेश सरकारले अब हात फुकाएर काम गर्नुपर्ने अवस्था आउन लागेको उहाँको भनाइ थियो । “कतिपय काम शुरु पनि भइसकेका छन्, यसप्रति केन्द्र सरकार चिन्तित छ”, उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानूनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिट्टै हस्तान्तरण हुन्छन् ।” एक फरक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रहेका मन्त्री बस्नेतले कर्णाली प्रदेश संसदीय दलको नेतृत्व पार्टीले विधि, प्रक्रियाभित्रै रहेर टुङ्ग्याउने धारणा राख्नुभयो ।

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

सरकारले किन गरेन आइतबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक ?

काठमार्डौं । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले भारत, मलेसिया र युएईका लागि नेपाली राजदूत सिफारिस गर्यो । तर, यति महत्वपूर्ण निर्णय पनि सरकारले औपचारिक रुपमा सार्वजनिक गरेन । यो निर्णय सञ्चार माध्यमहरुले स्रोतको प्रयोग...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...

राजधानीमा बन्दैछ दुई अर्ब लगानीमा २ बर्ष भित्र यस्तो सुबिधासम्पन्न पार्क

काठमाडौँ। राजधानीमा २ अर्व लागतमा नयाँ पार्क बन्ने भएको छ। प्रस्तावित पार्कको याेजनामा फन पार्क, वाटर पार्क, चिल्ड्रेन पार्क, मिनि जु, अडल्ट इन्टरनेनमेन्ट पार्क रहेकाछन् । त्यसमा रोलर कोस्टर, जम्पिङ सर्कल, ड्रागन कोस्टर, विग...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...

थाइल्यान्ड उपचार गर्न हिंडेका मुख्यमन्त्री कसरि सुटुक्क पसे अमेरिका ?

काठमाडौं । थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेको सार्बजनिक भएको छ । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ। कात्तिक १६ गते बैंकक...

हत्यारा पत्ता नलागेसम्म अनिश्चितकालिन अनसन बस्दै निर्मलाका अामाबुवा

कञ्चनपुर । छोरीको हत्यारा खोजी गर्न दबाव दिनका लागि कञ्चनपुरकी निर्मला पन्तका आमाबुवा अाजदेखि अनिश्चितकालीन धर्नामा बस्ने भएका छन् । छोरीको बलात्कारपछि हत्या भएको साढे ३ महिना बित्न लाग्दासमेत दोषी पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय,...

कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव गर्दै प्रदेश-१ सरकार

झापा । १ नम्बर प्रदेश सरकारले चाडबाडको अवसरमा आउँदो कार्तिक २८ गते जलपान तथा सांस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेशका कार्यवहाक मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै यसअघि कार्तिक २६ गते गर्ने भनिएको...

बालगोपालेश्वर मन्दिरको शैली र्निर्माणमा पुनर्विचार गर्न पुरातत्वलाई निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन दिएको छ। मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन...

फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा

झापा। दमक नगरपालिकाले आइतबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो । “राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि...