झापाको गौरीगञ्जमा दक्ष प्राविधिक नहुँदा थन्कियो एक्सरे मेशिन

उहाँले केन्द्रमा दरबन्दी थप नगरिँदा सो मेशिन चलाउन नसकिएको बताउनुभयो ।

हाम्रो दमक

दमक । एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ ।

मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन् ।

जिल्लाको पश्चिम दक्षिणी ग्रामीण क्षेत्रमा अवस्थित उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उद्देश्यले विसं २०६६ मा तत्कालीन खजुरगाछी गाउँ विकास समितिको रु दुई लाखबाट एक्सरे मेशिन खरिद गरिएको थियो तर खरिद गरेर ल्याइएको मेशिन केन्द्रको भण्डारणकक्षमा थन्क्याइएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।

केन्द्रकी इन्चार्ज डा विद्या पोखरेलले मेशिन चलाउने रेडियोग्राफर नहँुदा नियमित सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले केन्द्रमा दरबन्दी थप नगरिँदा सो मेशिन चलाउन नसकिएको बताउनुभयो ।

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । चिकित्सक अभाबका कारण एक सातादेखि सो सेवा प्रभावित हुँदै आएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई...

धरानमा बढे डेंगु रोगी

सुनसरी। धरानमा तिहारपछिमात्र आठ जना डेंगुरोगी भेटिएका छन् । अव्यवस्थित बंगुरपालन र जथाभावी पानी जमेका कारण लामखुट्टेको संख्या बढेपछि डेंगु संक्रमण भएको हो । स्थानीय विजयपुर अस्पतालमा बिरामीको उपचार भइरहेको निर्देशक प्रभाव खतिवडाले जानकारी दिनुभयो...

चिया होईन ‘विष’ हो दूध चिया !

कालो चियामा प्रशस्त एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, जसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ साथै कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा...

के हो सुगर रोग ? थाहा पाउनुहोस् कसरी लाग्छ,लक्षण र बच्ने उपाए

मधुमेह भनेको सामान्य भाषामा चिनी रोग हो । रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसलाई मधुमेह भनिन्छ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ । अहिले व्यस्तताका कारण...

कलेजोमा रोग लागेको कसरी थाहा पाउने ?

अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ। कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो। तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था...

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको अस्ट्रेलिया अफिस उद्घाटन

अस्ट्रेलिया । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले अस्ट्रेलियाको सिड्नीस्थित योर्क स्ट्रिटमा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । कार्यालयको मणि सिलवाल र प्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सिलवाल चितवन समाज अस्ट्रेलियाका कार्यकारी...

नेपालमै दुई वर्षभित्र माग अनुसारको सिटामोल उत्पादन हुने

काठमाडौ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ। सिटामोलको माग बढिरहेका बेला नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने...

अंग्रेजीमा सोधिएको प्रश्न नबुझेर नेपालीमा प्रश्न सोध्न माग गर्दै डिग्रीका बिद्यार्थी !

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न पर्ने माग बढेको छ । नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको हो । यस्ता गुनासो...

संरक्षणको अभावमा जिर्ण बन्दै ब्रह्मचारी षडानन्दले स्थापना गरेको संस्कृत पाठशाला

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा वाल षडानन्द अधिकारीले स्थापना गरेको संस्कृत पाठशाला संरक्षणको अभावमा जिर्ण वनेको छ । २०७२ सालको भूकम्पले पाठशालाको भवनमा क्षति पुगेको भएपनि यसको संरक्षणमा कसैको ध्यान पुग्न सकेको देखिदैन । जनस्तरबाट...

तिहारमा सर्वत्र प्रयोग हुने सयपत्री फूलको उपयोगले स्वास्थ्यमा यस्ता फाईदै फाईदै

फूलैफूलको चाड तिहार र यस पर्वमा सर्वत्र प्रयोग हुने फूल हो सयपत्री।तिहारको समयमा मात्र सयपत्री आजकाल बाह्रै महिना हाईब्रिड गरेर समेत फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन...