पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छ : सभामुख महरा

उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो ।

हाम्रो दमक

पोखरा । सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताउनुभएको छ । क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा शुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै उहाँले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताउनुभयो ।

हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसके त्यसले पोखराको सुन्दरता र यहाँका विभिन्न पक्षलाई देश विदेशमा पु¥याउने सभामुख महराले बताउनुभयो । नेपाल दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको र यी दुवैलाई जोड्न सक्ने क्षेत्रका रुपमा पोखरा रहेको उहाँले उल्लेख गर्नुभयो । स्वस्थ्य खेलबाट स्वस्थ्य जनशक्ति तयार गर्ने र यसको बहुआयामिक महत्व रहेको बताउँदै सभामुख महराले प्रतियोगी टिमलाई विजय हासिल गर्न शुभकामना दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटनको राजधानी मात्र नभई खेलकूदको राजधानीसमेत बनाउन सकिने बताउनुभयो । प्राकृतिक सुन्दरताले भरिभराउ पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्नसक्ने किसिमले पूर्वाधार विकास गर्नुपर्ने उहाँले बताउनुभयो । खेलाडी र निजी क्षेत्रको प्रयासमा मात्रै पनि खेल क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको बताउँदै उहाँले पूर्वाधार एवं आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी राज्यको भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको रमणीय वातावरणले देशी विदेशी खेलप्रेमीलाई लोभ्याउने बताउनुभयो । प्रदेशसभा सदस्य दीपक कोइरालाले यस किसिमका प्रतियोगिताले पोखराको आर्थिक गतिविधि पनि बढाउने विश्वास व्यक्त गर्नुभयो । आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले यो प्रिमियर लिग नेपालमा आयोजित हुने सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता भएको बताउनुभयो । प्रतियोगितालाई लक्ष्य गरी तीन महीनादेखि पूर्वाधार निर्माण गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु १० लाख प्राप्त गर्नेछ । पिपिएलले टाइटल स्पोन्सरमा नमस्ते प्रिमियम लागर बियरको साथ पाएको छ भने लिगको पावर्ड बाइमा ग्रान्डमास्टर त्रिपल एक्स रम रहेको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई भिजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ विजेताले गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने जनाइएको छ ।

प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद रु १० हजार र प्रायोजकबाट (एक्स्टेप, सुविसु, आदि) रु पाँच हजार बराबरको गिफ्ट एवं ह्याम्पर प्राप्त गर्नेछन् । पिपएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार रु १५ हजार ५०० प्राप्त गर्ने जनाइएको छ ।

प्रत्येक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुविसुको प्रिमियम प्याकेज प्राप्त गर्ने जनाइएको छ । आजको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन भिड्नेछन् । त्यस्तै प्रतियोगितामा विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौँ रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी छवटा टिम सहभागी हुनेछन् । प्रतियोगितालाई लक्ष्य गरी लगभग चार हजार ५०० सिट क्षमताको प्याराफिट बनाइएको छ ।

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

तेस्रो खुल्ला फुटबलको उपाधि बिहारटोला भारतलाई

बिर्तामोड । कुर्माली सेवा समाजद्वारा आयोजित तेस्रो खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिहारटोला भारतले जितेको छ । बिर्तामोड ३ स्थित धौंला पुल नजिकको मैदानमा भएको प्रतियोगितामा महेशपुर झापालाई टाईबे्रकरमा ८—७ गोलको अन्तरले हराउँदै बिहारटोला भारतले उपाधिसंगै...

वलिहाङ कप-२०१८ को उपाधी तेश्रोपटक केवाईसी इजरायलको पोल्टामा

इजरायल | सधै वर्ष झैँ यो पल्टपनि येले तङ्बे ५०७८ को अवसरमा आयोजित तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्न सफल भएको छ । गत शुक्रबार नोभेम्बर ०९ तारिख सांझ इजरायलको तेलअविवमा कियाचु...

विजयी टोलीलाई गाँउपालिकाको नगद, मेडल र ट्रफी सहितको सम्मान

झापा । जिल्ला स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगितामा गौरादह नगरपालिका बिजयी भएको छ । खेलको उपबिजेता झापा गाउँपालिका भएको छ । प्रतियोगिता झापा गाउपालिकामा संचालन गरिएको थियो । हिजो सम्पन्नत फाइनल खेलमा गौरादह नगरपालिकाले झापा...

३ विकेटले चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो...

चर्चित क्रिकेटर सन्दीप लामिछाने कारबाहीमा !

पोखरा, १८ कात्तिक । पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने कारवाहीमा परेका छन् । आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को नियम उल्लंघन गरेको भन्दै...

मिडिया कपको उपाधि रेडियो सनराइजलाई ।

बिर्तामोड । विवेचना दैनिकले आयोजना गरेको दोस्रो झापा मिडिया कपको उपाधि बिर्तामोडको रेडियो सनराइजले उचालेको छ । शनिश्चरेको ग्रासरुट फुटबल मैदानमा आयोजित तीन दिने फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा रेडियो सनराइजले जनसंसद दैनिक...

सनराइजले जन संसद तथा लोकतन्त्रसंग मिडियाकपको उपाधिका लागि भिड्दै ।

बिर्तामोड । रेडियो सनराइज र जन संसद तथा लोकतन्त्र पोष्ट, विवेचना दैनिकले आयोजना गरेको दोस्रो मिडियाकप २०७५ को उपाधिका लागि आज भिड्ने भएका छन् । बुट्टाबारीको ग्रास रुट खेल मैदानमा जारी मिडियाकपको पहिलो सेमीफानलमा मेरो...

मिडियाकप फुटबल : रेडियो सनराइज फाइनलमा प्रबेश

दमक । रेडियो सनराईज टिम विवेचना दैनिकको आयोजनामा भएको दोस्रो मिडियाकप २०७५को फाईनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमीफाइनलमा मेरो रडियो र यलम्बर टाइम्सलाई २ शुन्यले पराजित गर्दै रेडियो सनराइज एफ एम...

स्याङ्जामा विश्वकप सुरु

स्याङ्जा । स्याङ्जाको भीरकाेमा प्याराग्लाइडिङ विश्वकप सुरु भएको छ । शुक्रबार सुरु भएको यो प्रतिष्पर्धा चार दिन चल्ने छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजनामा भएको...

नेपालमै सुरु भयो वर्ल्ड कप !

काठमाडाैँ। नेपालकाे खेल इतिहासमै पहिलाे पटक हुन लागेकाे पाराग्लाइडिङ एकुरेसी वर्ल्ड कप विहिबार देखि स्याङ्जामा सुरु भएको छ । जिल्ला समन्वय समिति स्याङ्जा, स्याङ्जाका स्थानीय तहको मुख्य समन्वय तथा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ,...