साँझपख काठमाडौँ फर्कने गरी अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

उहाँ आजै बेलुका स्वदेश फर्कनुहुनेछ ।

हाम्रो दमक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुहुनेछ । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो । कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।

उहाँको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुग्नुभएको थियो । उहाँ आजै बेलुका स्वदेश फर्कनुहुनेछ ।

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

देशभरको मौसम बिग्रियो, सतर्क रहन आग्रह

काठमाडौं | देशभरको मौसम सामान्यतया बदली भएको छ । माैसमा अचानक बदली भएकाे हाे । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान...

नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा: चित्रबहादुर

काठमाडौं | राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले...

बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ । बुधबारे बजार बिच चोकबाट...

कांग्रेसका अवरोधका बीच, बहुमतका साथ चिकित्सा शिक्षा विधेयक पास

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री...

सरकारले कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाए देखाउने

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सूचना तथा सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले...

पत्रकार बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान

धुलाबारी । पत्रकार देबु बानियाँलाई नेपाल जेसीजको उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजको जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय अधिवेशनमा बानियाँलाई नेपाल जेसीज वर्ष २०१८ मा उत्कृष्ट सदस्य अवार्ड प्रदान गरिएको हो ।...

त्रिचन्द्र क्याम्पसमा आगलागी ! यस्तो छ क्षतिको अवस्था

काठमाडौं। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । आगलागी भएको छेउमै जेनेरेटर समेत भएकोले...

दुई अध्यक्ष मिलेर संसारकै नमूना तरिकाले काम गरेकाछौ: प्रधानमन्त्री ओली

काठमाडौँ, १ पुस | प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी...

१७ हजार त बन्द गरी सकियो अब ३ लाख पोर्नसाइट बन्द गर्छौ: सञ्चार मन्त्रि बास्कोटा

काभ्रे । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले थप तीन लाख पोर्न साइट बन्द गर्ने बताएका छन् । जिल्लाको बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा पीएसटीएन एक्टेन्सन टेलिफोन एक्सचेञ्जको उदटन गर्दै उनले १७ हजार पोर्न साइट बन्द गरेको र...

गृहमन्त्रीकै अगाडी विष सेवन गर्ने पूर्व जनसेना भन्छन -‘माग पुरा नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’

काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले...