जागिर लगाइदिन्छु भन्दै रकम असुल्ने मेजरसहित १८० अार्मीलाई कारबाही

कारबाहीमा परेकाहरू सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन्।

हाम्रो दमक

काठमाडौं । सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने अधिकृतसहित करिब २ सय सैनिक कर्मचारी कारबाहीमा परेका छन्।

सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय (हेटौंडा)मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिक माथि ‘कोर्ट मार्सल गर्न लागिएको हो। कारबाहीमा परेकाहरू सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगायतमा कार्यरत छन्।

मानवअधिकार उल्लंघन, बहुविवाह, चेन अफ कमाण्ड उल्लंघन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागू पदार्थ सेवन तथा ओसारपसारलगायत अभियोगमा पनि ठूलो संख्यामा अधिकृत, पदिक र अन्य दर्जाका कर्मचारीमाथी कोर्ट मार्सल गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ।

अधिकृत तथा जवान भर्नामा रकम असुलेको अभियोगमा उनीहरूमाथी कारबाहीको तयारी गरिएको सेनाले जनाएको छ। मातृका दाहालले आजको कारोबार दैनिकमा यो खबर लेखेका छन्।

सेनाका अनुसार कोर्ट मार्सल गर्न लागिएका सैनिकले भर्नामा आवेदन दिएका युवायुवतीबाट छनोट चरणमै मोटो रकम असुलेर ‘जागिरको ग्यारेन्टी’ गरेका थिए। ‘भनेको रकम दिनु भयो भने जर्साबले सजिलै नाम निकालिदिनु हुन्छ, तपाई ढुक्क हुनुस’ भन्दै आवेदन दिएका उम्मेदवारबाट रकम असुल्ने गरेको सैनिक अधिकारीले जानकारी दिए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैनिक अनुशासन विपरितका गतिविधिमा संलग्नलाई लामो छानबिन तथा अनुसन्धानपछि कारबाही गर्न लागिएको गरिएको पुष्टि गरे।

‘भर्नामा अनियमितता गर्नेसहित सैनिक अनुशासन विपरितका गतिविधिमा संलग्नलाई कारबाही गरिएको हो,’ प्रवक्ता भण्डारीले भने, ‘कसूरका आधारमा दोषीलाई कैद, बर्खास्त, तह तथा ग्रेड घटुवा, बढुवा रोक्कादेखि नसियतसम्मको सजाय तोकिएको छ।’

सैनिक मुख्यालयका अनुसार पछिल्लो ५ वर्षमामात्रै घुस असुल्नेसहित ३ हजार ४ सयभन्दा बढी अधिकृत तथा जवानमाथी कारबाही गरिसकेको छ । आव २०७४/७५ म ५ सय ९४ सैनिकमाथि कोर्टमार्सल गरिएकोमा २०७३/७४ मा ६८०, २०७२/७३ मा ६६७, २०७१/७२ मा ९८० र २०७०/७१ मा ५८० अधिकृत तथा जवान सैनिक अदालतबाट कारबाहीमा परिसकेका छन्।

यो कारबाहीको सूचीमा उपरथी प्रेमप्रकाश थापामगर र सहायकरथी हेम खत्रीसमेत परेका थिए। यद्यपि, अवकास पाइसकेका उपरथी थापामगरले अदालतबाट आफूमाथिको अभियोगमा मुद्दा जितिसकेका छन्।

प्रवक्ता भण्डारीले सैनिक अनुशासन पालना नगर्ने कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारे। प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई साताअघि मात्रै सैनिक अनुशासन पालना र शून्य सहनशीलतामा आधारित चुस्त सेवामा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता जनाइसकेका छन्।

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

यसरी पेट्रोल पम्पमा ठगिनु त भएको छैन ?

काठमाडौं ।  काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले...

पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…

बैतडी । बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ । स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७०...

भाँडियो राप्रपा एकताः राजसंस्था, गाई र हलोमा कुरा मिलेन

काठमाडौं । संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच कुरा मिल्न नसकेपछि राप्रपा एकताको घोषणा भाँडिएको छ। सोमबार राष्ट्रिय सभा गृहमा एकीकृत राप्रपा राष्ट्रवादीसहित तीन राप्रपाबीचको एकता घोषणा गर्ने कार्यक्रम तय थियो। तर,...

अब कमाईको १० प्रतिशत अनिवार्य आमाबाको खातामा

काठमाडौं । तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छ? अनि बाआमाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन? अब भने कानुनले नै तपाईंलाई जिम्मेबार बनाउँदैछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाका लागि छुट्याउनुपर्ने...

मोदीले प्रबुद्ध समुह (ईपीजी)लाई आधा घण्टा पनि समय नदिएपछि…

काठमाडौं । नेपाल भारत प्रबुद्ध व्यक्ति समुह इपीजीले तयार पारेको प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा तयार भएका चार महिनासम्म प्रतिवेदन अलपत्र परेको हो । भारतर्फको समय मिलाउने जिम्मेवारी भारतीय...

नेकपाको तल्लो तहमा अझै दुई पार्टी, कहिले हुन्छ एकता ?

काठमाडौँ । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन । केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी...

कांग्रेसभित्र फेरि किचलो

काठमाडौं । विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु भएको छ । गत निर्वाचनमा तत्कालीन नेपाल लोकतन्त्रिक फोरमसाग पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्न...

भारतीयद्वारा ११ बर्षीया बालिका बलात्कृत

बर्दिया । ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ वर्षीय युवक छन् । उनीहरुले...

एकता प्रक्रिया नटुङ्गिँदै नेकपामा जन्मियो नेपाल र श्रेष्ठको नेतृत्व नयाँ गुट !

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ ‘गुट’को जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र असन्तुष्ट नेताहरुकाे नेतृत्वमा उक्त नयाँ धारको जन्म...

सांसद भन्छन्- तलब भत्ता थोर भो !

काठमाडौं  ।  तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन्। अधिकांश सांसदले सचिवालयले उपलब्ध गराएको खर्च कम भएको...