‘२० औं राईट दि हिमालयन रेस–२०१८’ मा नेपालबाट विश्व विजेता बनेका साहको सम्मान

हाम्रो दमक

काठमाडौं । यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद पर्यटनको विकासको लागि सरकार कटिवद्ध रुपमा लागिरहेको विश्वास दिलाएका छन् ।

नेपाल कलवार कल्याण समिति काठमाडौंले रिपोर्टर्स क्बल नेपालमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । समितिका अध्यक्ष रामचन्द्र शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालमा साहसिक खेलको बारेमा सरकार लागिरहेको बताउँदै खेल क्षेत्रलाई विभिन्न शीर्षकमा राखेर भएपनि विकास गरिने बताए ।

भारतीय संस्था राईट दि हिमालयनले अक्टोवर १० देखि १३ सम्म आयोजना गरेको २० औं राईट दि हिमालयन रेस–२०१८ को उपाधि जितेका धुनषाका ३४ वर्षीया दीपककुमार साहलाई सम्मानको लागि आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालका हिमाल, पहाड र नदीका तिरमा साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र सरकारले त्यसको बारेमा सोचिरहेको जनाए ।

उनले भने,‘आफ्नै तयारी, ईच्छा, चाहना र लगावको आधारमा दीपकजीले नेपालको शीरलाई फेरी एकपटक विश्वमा चिनाउन सफल हुनुभयो, राष्ट्रिय सम्पत्तिको रुपमा आफूले साहसिक योद्धा घोषणा गर्नुभयो, वीरहरुको देशका नागरिकहरु पनि वीर छन् र हुन भनेर संसारलाई सन्देश दिनुभयो, यसमा नेपाल सरकारको तर्फबाट तपाईलाई हार्दिक बधाई छ, सम्मान छ ।’

कार्यक्रममा रेसका विजेता दीपककुमार शाहले नेपालमा पनि साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र त्यसको बारेमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘उक्त प्रतियोगितामा विश्वका धेरै प्रतियोगिहरुले भाग लिएका थिए, साँढे ४ हजार मिटर उचाईमा माईनस २० डिग्री तामक्रममा मैले उक्त रेसको उपाधि जितें, यो मेरो जित होईन, देशको जित हो, अघिल्लो वर्षपनि भाग लिएको थिएँ, खुट्टा भाँचियो, यो वर्ष मैले उपाधि जितें, बाटोमा कतै थोरै पनि हरेस सिर्जना हुँदा नेपाललाई सम्झिन्थें, बाईकको सिसाबाट मेरो शरिरमा भएको नेपालको झण्डा देख्थें त्यसपछि साहस बढ्थ्यो, त्यही साहसकासाथ मैले रेसको प्रतियोगिता जित्न सफल भएँ ।’

रेसको २० औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेका दीपक कुमार साहले भारतको लेह, लदाख, कारगिल र काश्मिरमा सम्पन्न भएको प्रतिष्पर्धामा बाईक चलाउँदै गरेको अनुभव सुनाउँदै आफूले वीरपुर्खालाई सम्झेको बताए ।

उनले भने,‘काश्मिरको लेखमा चढ्दै गर्दा मैले हाम्रो पूर्खालाई सम्झेको थिएँ, देशको स्वाभिमान र राष्ट्रियताका बारेमा सम्झेको थिएँ ।’
सम्मान कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा. डम्बर नारायण यादव, कांग्रेस नेता भरत खड्का, क्लबका सभापति ऋषि धमला, नेपाल–भारत पुस्ताकालयका प्रमुख महेश शर्मा लगायतले रेस विजेता साहलाई बधाई दिँदै सरकारले यस्ता प्रतिभाहरुको कदर गर्नुपर्नेमा जोड दिएका थिए ।

शुक्र, कार्तिक ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

झापा फाल्गुनन्द गोल्डकपको च्याम्पियन

फिदीम,३० पुस । झापा ११ एफसी फिदिम आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । यो जीतसँगै झापाले यो सिजनको पहिलो उपाधि चुमेको हो । सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा...

‘रेलिगेशन’ बिनाको लिगले घटाएको नेपाली फुटबलको रौनक

काठमाडौँ, २७ पुस | गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभएको थियो, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग...

गोरखा कम्व्याटले आर्मीका लागि तालिम सञ्चालन गर्नेे

दमक,१७ पुस । महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ । दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम...

नेपाल र युएईबिचको एकदिबसीय खेल माघ ११ गतेबाट

काठमाण्डौ । युएईसंगको एक दिबसीय र ट्वान्टी २० सिरिजका लागी २० सदस्सिय प्रारम्भीक नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषणा गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल, अबिनाश बोहोरा, बसन्त रेग्मी, बिक्रम शोब, बिनोद भण्डारी...

बुद्धिचाल छनौट प्रतियोगिता दमकमा सम्पन्न

दमक | आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नंबर प्रदेश बुद्धिचाल छनौट प्रतियोगिताको लागि झापा जिल्ला फिडे रेटिंग बुद्धिचाल छनौट प्रतियोगिता आइतबार सम्पन्न भएको भएको छ। दमक स्थित सप्तश्री एकाडेमी को हलमा भएको प्रतियोगिता पौष...

खेलकुद मन्त्रालयका सचिवद्धारा रङ्गशाला र कभर्ड हल निर्माण गरिने जग्गाको निरीक्षण

मेचीनगर । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माण गरिने दमकस्थित जग्गाको आइतबार निरीक्षण गरेका छन् । सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धि...

झापासहित देशभरि हुने गोल्डकपको मिति तय

दमक,२८ मंसिर । अखिल नेपाल फूटवल संघले (एन्फा ) देशभरि मोफसलमा सञ्चालन हुने गोल्डकप फूटवल प्रतियगितालाई व्यवस्थित सम्पन्न गर्न खेल मिति तोकेको छ । राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक एवं एन्फाका उपाध्यक्ष कृष्ण थापा नेतृत्वको...

माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता

मेचीनगर । माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता मेचीनगरमा हुने भएको छ । आयोजक लोकतान्त्रिक खेलकुद संघ मेचीनगर समितिले काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता गर्न लागेको बुधबार जानकारी दिएको छ । संघका अध्यक्ष...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...