होचो कद ,अग्लो माया : आफु भन्दा ठुली श्रीमती हुदाँ साथिभाइले जिस्काउँदै भन्छन- ‘बुढीले तलाई छोड्छे ‘

हाम्रो दमक

काठमाडौं । सँधै झैँ काठमाडौँको विजुली बजारको व्यस्त शहरमा आज पनि त्यहि अनौठो जोडीको दृष्य अवलोकन गर्न पाँए । जुन देख्दा धेरै नै अनौठो आभास हुन्छ । मलाई अनौठो यो विषयमा लाग्यो कि उ भर्खरै हुर्कदै गरेको नाबालक केटाकेटी जस्तो देखिन्थयो भने उनीसँग हात समाएर मायालु भाकामा हिडने १७ वा १८ वर्ष कि जस्ती देखिने युवति उनको दिदि वा कोहि अभिभावक जस्तो लाग्दथ्यो । मलाइ कहाँ नसोधि रहन मन लाग्यो र अनि मलाइ पनि कहा उनको छेउमा गएर नजिक बाट नहेरी मेरा मनमा उठेका प्रश्नहरु लाई चित नबुझाइ म बसेको ठाँउ बाट उठेर हिडन मन लागेन । त्यो जोडीमा पनि मलाइ भाइको शारीरीक बनावट देखेर मलाई झनै प्रश्नका जवारभाटहरु उकुसमुकुुुस भएर आए । उ थिए बखत बहादुर विष्ट झट्ट हेर्दा उनी सानो केटाकेटी जस्तो देखिने त्यो उनको शारिरिक बनावट थियो उनका जुंगाका रेखिहरु हेर्दा उनको उमेरले किश्वर अवस्था पार गरिसकेको देखिन्थ्यो ।

बखत बहादुर विष्ट

वि. सं. २०५२ सालमा टीकापुरको कैलालीमा बुवा लोक बहादुर बिष्ट र आमा अमृता विष्टको कोखबाट कान्छा छोरको रुपमा जन्म लिएका हुन बखत बहादुर विष्ट उनि साधरण मानिस भन्दा उनी फरक छन । उनको उमेर अनुसारको उनको तौल कमि छ भने उनको उमेर अनुसार मिल्ने उचाई पनि कमि छ । अहिले बखत बहादुर २४ वर्षका छन उनको तौल २० किलो छ भने उनको उचाइ ४ फिट १ इंच रहेको बताए । हाल काठमाडौंको विजुलिबजारमा बस्दै आइरहेको बखत उनले ५ महिना अगाडि १८ वर्षको प्रतिभा चौधरी सगं लगनगाठो गाँसिसकेका छन उनको जोडी हेर्नेलाई अनौठो लाग्छ आफु उमेरले श्रीमती भन्दा जेठो भए पनि उनको उचाइले दिदि जस्तो देखिन्छिन । साथिको विवाहमा पहिलो भेटमा नै एकअर्का मनपरापर भएको पनि खुलासा गरे उनले । “आफु सानो कदको मान्छे श्रीमती आफु भन्दा ठुली हुदाँ साथिभाइले के भन्छ ? ” जिस्काउने कहिलेकाहिँ तेरो बुडीले छोेडछ भन्दै पनि जिस्काउने गर्दछ । कहिलेकाहीँ त आफ्नो शारीरीक बनावोट देखि दुख पनि लाग्ने तर घर परिवारको साथ श्रीमतीको माया देखेर आफुलाई संसारको भाग्यमानी पनि सम्झनछु ।

टीकापुरबाट बखत बहादुको काठमाण्डौ सम्मको यात्रा किन ?

कलेज पढन र कलाकार बन्न लाई काठमाण्डौ आएको सुरुमा त दाइ भाउजुसँग किर्तिपुरमा बस्दै आए त्यहाँ पनि दाइको बच्चाहरु थिए उनको खर्च उठाउदा मलाई खर्च धान्न नसकेर दाइभाउजुकोबाट निस्कीएर साथीसगँ बस्दा खाली खल्ती अनि भोका पेटलिएर हिंडदा कति सपनाहरु यहि काठमाडौंको भिडमा हराए जस्तो पनि लाग्दथ्यो । अनि पढन आएको टिकापुरबाट जसोतसो बा आमाले खाइ नखाइ पठाएको पैसा पनि कलेजको फि तिर्दा नपुग्ने पनि हुन्थ्यो । पढने सपनाहरु त्यहि आर्थिक अभावको पोकामा कसेर आमा बा विरामी हुनु भयो यहाहरुको सिघृस्वास्थ्य लाभको कामनामा नै आफु रोजगारीको खोजीमा भौतारि रहदा यहा काठमाण्डौको प्रत्येक गल्लीहरु ले चिनेको अनुभुती हुन्छ । हाल एक जनाको साथीको सहयोगले माइतीघरमा रहेको ज्याक पट रेष्टुरेण्मा बार डान्सरको रुपमा काम गर्दै आइरहेको छु । मासिक तलब र श्रीमतीको कमाइले जसोतसा े व्यहवार टरीरहेको छ । कहिलेकाँहि कार्यक्रममा पनि आफ्नो प्रतिभा देखाए बापत केहि पारिश्रमिक दिन्छन यसरी नै जिविको पार्जन हुदैछ । कलाकार बन्ने सपना लाई पनि मानसपटलमा सजाएर हिडिरहेको छु काठमाण्डोमा ।

शारीरीक बनावोट सानो हुदाँ गुनासो छ कि छैन?

भगवानले दिएको बरदान हो बा आमा श्रीमतीले साथ दिएका छन मलाइ कुनै गुनासो छैन । साथीभाइहरुले जिस्काउदाँ दुख लाग्छ तर त्यती गुनासो पनि छैन ।

प्रतिभा चौधरी
भागेर विवाह गरेको अझै सम्म माइतीले बोलाएका छैनन । आफु भन्दा सानो उचाइ अनि आफ्नो जात भन्दा फरक जात सँग विवाह गरेको भन्दै प्रहरी सम्म पु¥र्याए माइतीले । २ महिना सम्म त छुटाए पनि तर बखत बहादुर विना जिवन अधुरो भएकोले पुन भागेर उनी सगँ काठमाण्डौ आए । अहिले क्याफेमा काम गर्छु दुई जनाको कमाइले जसोतसो व्यहवार चलिरहेको छ । उ सानो भए पनि हाम्रो जस्तो अनौठो जोडी कसैको छैन जस्तो लाग्छ । मान्छे जस्तो भए पनि उनको मन अनि बानि नै मेरो लागि सबै थोक हो संसार कै पृथक उपहार हो ।

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...

नसा रोगबाट थलिएका विरामीलाई सहयोग

पाडाजुँगी,९ बैशाख । दुई महिना अघिदेखि नसा सम्बन्धिको समस्याका कारण थलिएका झापाको कमल ५ स्थित पाडाजुँगीका एक युवाको उपचारमा स्थानीयहरुले नगद ५१ हजार ३१ रुपैयाँ नगद सहयोग गरेका छन् । स्थानीय व्यवसायी समेत रहेका प्रेम...

पिकअप दुर्घटना हुदाँ १ को मृत्यु, ३ घाइते

उदयपुर, ९ वैशाख । पिकअप दुर्घटना हुदाँ हिजो आइतबार उदयपुरको वेलका नगरपालिका ७ मैनामैनी स्थित कुलुङ भन्ने स्थानमा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । अपरान्ह साढे ५ बजेको...

छुट्टाछुट्टै स्थानमा आगलागी : ११ लाख बराबरको क्षति

मोरङ, ९ वैशाख । प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ । मोरङको केरावारी गाउँपालिका १ पाटीगाउँ मणीराज लिम्बुको काठको बेरा, टिनको छानो...

सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अनुशिक्षण

दमक,८ बैशाख । क्यारिङ्ग हेण्डस्ले दमकको पूर्वाञ्चल अंग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई आज सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अनुशिक्षण सम्पन्न गरेको छ । आयोजकले ट्र«ाफिक प्रहरी कार्यालय दमक र जीवनचक्र समाज नेपालको सहकार्यमा विद्यार्थीहरुका लागि एकदिने अनुशिक्षण...