सुनको मूल्य ६ वर्षयताकै उच्च, प्रतितोला ६० हजार चार सय

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

हाम्रो दमक

काठमाडौं । सुनको मूल्य ६ वर्षयताकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत अवस्थामा रहेसँगै सुनको मूल्य पनि बढेको हो। नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्य बढेको व्यवसायी बताउँछन्। यसअघि ०६९ भदौमा ६३ हजार रुपैयाँसम्म सुनको कारोबार भएको थियो।

त्यसयता ६० हजारमुनि रहेको सुनको मूल्य हिजो ६० हजार १ सय रुपैयाँ पुग्यो। आज ३ सय रुपैयाँले सुनको मूल्य बढेको हो। दसैं सकिएर तिहार नजिकिँदै गर्दा सुन महँगो भएपछि व्यवसाय समेत प्रभावित भएको व्यवसायी बताउँछन्।

कमजोर भारुका साथै विश्वका मजबुत सेयर बजार घट्नुले पनि लगानीकर्ता सुनमा आकर्षित हुँदा माग बढेको भारतीय संचारमाध्यमले जनाएका छन्।

सुनको मूल्य बढ्दा व्यापार घाटा बढ्न जान्छ। अझ पछिल्लो समय नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको कोटा बढाएर २५ केजी पुर्याएको छ। वाणिज्य बैंकहरुले पालैपालो तोकिएको परिमाणमा सुन ल्याएर व्यवसायीहरुलाई बिक्री वितरण गर्ने गरेका छन्।

मूल्य र परिमाण सँगै बढेर जाँदा आगामी दिनमा सुनका लागि बाहिरिने रकममा उच्च वृद्धि हुनेछ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सुनको आयातका लागि ३२ अर्ब २० करोड रुपैयाँ बाहिरिएको छ। विदेसिएका नेपालीले ल्याउनेका सुनका गहनाको हिसाव यसमा छैन। विदेसिएका नेपालीले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ।

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चार करोडको बजेट विनियोजन

ओखलढुङ्गा । ओखलढुङ्गामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रु चार करोड बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो । सदरमुकाममा...

नेपाल र बंगलादेश व्यापार सहज बनाउनेबारे छलफल

झापा । नेपाल र बंगलादेश विचको व्यापारलाई कसरी सहज गर्न सकिन्छ भन्ने विषयमा आज छलफल भएको छ । दुवै देशले उत्पादन गरेका वस्तुहरु आयात निर्यातमा समस्या उत्पन्न भएपछि यसलाई कसरी सहज गर्न सकिन्छ भन्ने...

आर्थिक कार्यविधि ऐन’ ल्याएर यसरी वित्तीय जवाफदेहिता सुनिश्चित गर्दैछ ओली सरकार

काठमाडौँ, २ मंसिर । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

मंसिर १ देखि दमकमा कर सप्ताह मनाईदै

दमक,२८ कार्तिक । आगामी मंसिर १ गतेदेखि दमकमा राष्ट्रिय कर सप्ताह मनाउने तय गरिएको छ । कर सम्बन्धी सर्वसाधारणहरुमा उत्प्रेरणा दिने उद्देश्यले मंसिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि कर सप्ताह मनाउन लागिएको...

खुल्यो मध्य भोटेकोशीको आइपीओ , जान्नुहोस कति भर्न पाईन्छ र कसरी

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज बुधबार (कात्तिक २८ गते) देखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी...

माघदेखि चीनका यी शहरहरुमा उडान भर्दै नेपाल वायुसेवा निगम

काठमाडौँ। नेपाल वायुसेवा निगम माघदेखि चीन उडान गर्ने भएको छ। चार दिने भ्रमणमा नेपाल आइपुगेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगङछन् तहह नेपाली समकक्षी रविन्द्र अधिकारीसँग औपचारिक भेटवार्तामा यस्तो प्रस्ताब पेश भएको हो । सिंहदरबारस्थित...

नेप्से भन्छ -‘कारोबार रकम तलमाथि परेको भन्ने हल्ला मात्रै हो’

काठमाडौं, २६ कार्तिक । नेपाल स्टक एक्सचेञ्जले कारोबार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोबार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालकोमा देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको...

पेट्रोल पम्पमा अाँखाले नदेखिने र सिस्टमले पत्तो नपाउने सफ्टवेयरबाट हुन्छन अत्याधुनिक ठगि !

काठमाडौं । पेट्रोल पम्पहरुले अत्याधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने अत्याधुनिक सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा प्रतिलिटर ३\४ प्रतिशत सम्म...

विद्युत प्राधिकरण भन्छ -‘नयाँ उद्योगलार्इ विजुली दिन सक्दैनौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ आउने र क्षमता विस्तार भएका उद्योगलार्इ विजुली दिन नसक्ने जानकारी दिएको छ। अव वारा-पर्सा, विराटनगर, भैरहवा लगायतका औद्योगिक करिडरमा स्थापना हुने उद्योगलार्इ तत्कालै विजुली पाउने छैनन्। प्राधिकरणले विद्युत नदिएका...