कसले पायो नेकपामा प्रदेश सदस्य छान्ने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा ?

अध्यक्ष र सचिवको चयन गरे पनि नेताहरु माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले फरक मत राख्दै आएका छन्।

हाम्रो दमक

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय कार्यसमितिको जिम्मेवारी तोक्न र प्रदेश सदस्य चयनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेशको एकता टुंग्याउन र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिनका लागि दुईवटा कार्यदल निर्माण गरेको हो। कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेका छन्।

बैठकपछि पत्रकारहरुँग कुरा गर्दै महासचिव पौडेलले बैठकले प्रदेश सदस्यहरुको टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने जिम्मा दुई सदस्यीय कार्यदललाई दिएको बताए।

पार्टीले यसअघि नै प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयन गरे पनि नेताहरु माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले फरक मत राख्दै आएका छन्। त्यस्तै कार्यविभाजन नहुँदा थुप्रै केन्द्रीय सदस्यहरु अन्योलमा रहेको र नेकपाको धेरैजसो काम सचिवालयबाट मात्रै हुँदै आएको भन्दै केन्द्रीय सदस्यहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

थापा र पौडेल सदस्य रहेको प्रदेश सदस्यको छनौट गर्ने र केन्द्रीय सदस्यको जिम्मेवारी तोकेको सूचि सचिवालयमा पेस गर्ने र सचिवालयले त्यसलाई अन्तिम रुप दिने महासचिव पौडेलले जानकारी दिए।

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

एउटै मञ्चमा एउटै मालामुनि कांग्रेसका तीन कोईराला !

विराटनगर । नेपाली कांग्रेस भित्र कोइराला परिवाको नेतृत्व संकट आएको र बेमेल बडेको भन्ने चर्चा चलिरहेकाबेला तीनै जना नेता सशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु एक भएर अगाडि बढ्ने बताएका छन ।...

नेविसंघ कार्यसमितिको म्यादको बिषयले तनावग्रस्त बन्यो कांग्रेस हेडक्वार्टर सानेपा !

काठमाडौं  । नेपाल विद्यार्थी संघ कार्यसमितिको म्याद थप गर्नुपर्ने र नहुने भन्दै ने.वि.संघका विद्यार्थीहरुले पार्टी केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् । विधानअनुसार २ मंसिरबाट विघटनको संघारमा रहेको नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न कांग्रेसले शनिबार...

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

बागलुङ  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उहाँले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा...

मन्त्रिपरिषद् बैठकले उल्टाएको थियो प्रचण्ड सरकारको निर्णय ! निर्णय ढिला सार्वजनिक गर्नुको यस्तो रहस्य

काठमाडौं। सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने...

आखिर के रहेछ त एक सातासम्म लुकाएर सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयमा ?

काठमाडौं, २९ कार्तिक । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो । तर, कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता...

वर्तमान नेतृत्वबाट पार्टी बलियो हुदैन : डा. रिजाल

दमक,२८कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले कांगे्रसको वर्तमान नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने जिकीर गरेका छन् । कांग्रेसलाई अव वलियो वनाउन सभापति शेरवहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पाका...

अाफ्नो शंकास्पद निवासबारे यसो भन्छन मुख्यमन्त्री पौडेल !

काठमाडौँ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा एनजिओको सहयोग नलिएको बताएका छन् । यसवारे विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारबारे प्रेस विज्ञप्ति निकालेर अाफ्नो धारणा सार्वजनिक गरेका हुन्। भैँसेपाटीस्थित शहरी विकास...

नेकपाका जनवर्गीय संगठन एकता नहुँदा काम नपाएर फुर्सदमा कमरेडहरु !

काठमाडौं। पार्टी एकता भएको धेरै समय सम्म पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताले अझै पूर्णता पाउन सकेको छैन। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र सबै...

चुर्लुम्मै डुबे प्रचण्ड र बादल !

म्याग्दी । जिल्लाका विभिन्न प्राकृतिक तातोपानीका पोखरीहरुमा डुबेर उपचार गर्ने बिरामीहरुको भीड लागेको छ । बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा देशका विभिन्न क्षेत्रबाट हाडजोर्नी दुखेको, ग्याष्ट्रिक र छालाका रोगीहरु प्रकृतिक उपचारका लागि आउने...

सभापति देउवाविरुद्ध कांग्रेसका सात नेताको मोर्चाबन्दी

काठमाडौं । सभापति शेरबहादुर देउवाले पार्टीको विधी मिचेर मनोमानी रुपमा विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्ट नेताहरु मोर्चाबन्दीमा लागेका छन् । कांग्रेसको पूर्वसंस्थापन पक्षका नेताहरुले सुजाता कोइरालाको निवास मण्डिखाटारमा ‘लन्च मिटिङ’ गरेका हुन्...