दशै मेला सकियो, मेलामा सन्थाल नृत्य आर्कषण

–युबराज रेग्मी

गौरादह , ८ कार्तिक / झापा र मोरङ जिल्लाका स्थानीय बजारहरुमा लाग्ने दसै मेला यसवर्ष सकिएको छ । बिगत वर्षहरु भन्दा यसपटक अझ ब्यवस्थित तवरले मेला आयोजना गरि सम्पन्न गरिएका छन् ।
हरेक स्थानीय निकायले महत्व दिएर आयोजना गरिएका त्यस्ता मेलाहरुमा बिषेसत लोपोन्मुख सन्थाल जातिको परम्परागत नृत्य आर्कषण रहेको छ ।

गौरादहमा लागेको मेलामा सहभागि सन्थाल नृत्य टोली

जिल्लाको गरामनी,फूलवारी, कमल  , सराङ्पाडा ,गौरादह, ग्वाल्डुबा , गौरीगन्ज लगायतका बजार हरुमा यो बर्ष भब्य रुपमा मेला आयोजना गरिएको थियो । त्यसैगरि मोरङ जिल्लाका विभिन्न बजारमा पनि तामझाम साथ मेला सम्पन्न भएका छन ।
यसैवीच, जिल्लाको गौरादह नगरपालिकाको गौरादह बजारमा हिजो पूर्णिामाको दिन भव्य रुपले दसै मेला तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको गौरादह बजार ब्यबस्थापन समितिका अध्यक्ष खड्ग थापाले जानकारी दिएका छन् । नगरभित्र रहेका परम्परा संस्कृति झल्कने “प्रथम ऐतिहासिक सांस्कृतिक दशैं मेलामा सिमान्तकृत, आदिवासी तथा जनजातिहरुको मौलिक संस्कृति झल्काउने संघसंस्था, नगर भित्र रहेका क्लब र विद्यालयहरुका झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएका थिए ।
यस्तै, विगतका बर्षहरुमा स्वतस्फूर्त नाचिने संथाल नृत्यहरुलाई व्यवस्थित गर्दै यो बर्षबाट सबै समूदायको मौलिक कला संस्कृतिको प्रदर्शन, बिकास र सम्बद्र्धन गर्ने उद्देश्यले व्यवस्थित रुपमा दशै मेला आयोजना गरिएको अध्यक्ष थापाले बताए । उनले भने, –‘ दशैलाई सबै जातजाति र साम्प्रदायिक समुदायको बहुसाँस्कृतिक परम्परागत पर्वका रुपमा मनाउने उद्देश्यले साँस्कृतिक मेला आयोजना गरिएको हो ।’
सो मेलामा सन्थालका झापा र मोरङका १७ वटा जातीय नृत्य टोलिहरु सहभागि भएका थियो भने दलित सशक्तिकरण नगर समन्वय समिति गौरादहले नौमती बाजा सहित नृत्य प्रदर्शन गरेको थियो । यसैगरि, नेपाल तामाङ घेदुङ संघले तामाङ सेलो, दुर्गा मन्दिर गौरादह वडा नं. १ र २ ले संगिनी नृत्य सहित राष्ट्रिय गीतमा नृत्य, युनाइटेड युथ क्लब र इभरग्रीन बोर्डिङ स्कुल गौरादहले राष्ट्रिय गीतमा नृत्य, किरात राई यायोख्खाले साकेला सिली, थारु कल्याणकारी समाज कल्याण परिषदले थारु नृत्य, नेवार समुदायले नेवार तथा लाखे नृत्य, मगर समुदायले हुर्रा नाच, ताजपुरिया समाजकल्याण परिशदले खोल्सना नाच, आदिबासी खाडिंया मगर समुदायले झाँगर नाच, सन्थाल सांस्कृतिक टोली मोरङ, शुरुहाई सन्थाल नाच कमल गाउँपालिकाले सन्थाल नृत्य, नव जागृती बाल समुह किष्नेघाटले नृत्य, जुरोपानीबाट दुर्गा चरित्र नाटक प्रदर्शन गरिएको थियो ।
सहभागी टोलीहरुमा सन्थाल नृत्य प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार, पञ्चेबाजालाई ७ हजार र अन्य सहभागी टोलीहरुलाई ५ हजारका दरले प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए । उनले मुलुक संघिय संरचनामा प्रबेश गरिसकेकाले सबै जात जाति भाषा, सस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार लागीपरेको जोड दिए ।

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...