हजुरबा र हजुरआमाको विवाह, छोराबुहारी, नातीनातिना जन्ती !

छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै।

हाम्रो दमक

काठमाडौं । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै।

सुन्दै अचम्म लाग्ने यो चलन रामेछापको टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्परा। यो खबर आजको कान्तिपुर दैनिकमा रामेछापबाट टीकाप्रसाद भट्टले लेखेका छन्।

मगर समुदायमा भागी विवाह गर्ने चलन छ । करिब ९० प्रतिशतले भगाएकै हुन्छन् । त्यसैलाई औपचारिकता दिन उनीहरू समय मिलाएर समाजलाई साक्षी राखी धुमधामसँग बिहे गर्छन् । भागेर आएका जोडीले जति बूढो भए पनि औपचारिक विवाह नगरी सामाजिक मान्यता पाउँदैनन्।

‘अरूको के कुरा, मैले नै ३ जना छोरा लाठे भएपछि गत वर्ष बल्ल विवाह गरेँ,’ स्थानीय शिक्षक निलबहादुर मगरले भने, ‘हाम्रो चलनै यस्तै छ ।’ अर्का स्थानीय पूर्णबहादुर मगरले ७० वर्ष कटेपछि बल्ल बिहे गरे । त्यतिबेला उनका नातिनातिना नै जवान भइसकेका थिए । बिहे गरेको केही समयमै उनको मृत्यु भयो।

भागेर जाने चेलीलाई माइतीले सहजै नस्विकार्ने भएकाले विवाह गर्न ढिलाइ हुने गरेको हो । माइतीको सहमति पर्खंदासम्म उनीहरूको उमेर छिप्पिइसकेको हुन्छ । छोराछोरीका आमाहरू बेहुली बनेर श्रीमान् र जन्ती साथै लगी माइत जान्छन्।

बेहुलीले माइती पक्षलाई श्रीमान् देखाउँदै दुलहा स्विकार्न अनुरोध गर्छिन् । माइती पक्षले दुलहा स्विकार्दा ठेकी समाउन दिने चलन छ । त्यसलाई शुभसगुन मानिन्छ । माइतीले ठेकी समाउन दिने सन्देश पठाएपछि मात्र दुलहा पक्ष बिहेका लागि जान पाउँछ ।

विवाहमा एक रात पूरै बित्छ । इष्टमित्र बोलाइन्छन् । राँगा काटेर भोज हुन्छ । ‘टीका लगाएर पैसा हाल्ने धेरै हुन्छन्, चेलीबेटीले सगुन दिने चलन छ । ठूलो परिवारमा ८०–९० जनासम्म चेलीबेटी हुने भएकाले वैवाहिक कार्यक्रम लम्बिन्छ,’ स्थानीय लवबहादुर मगरले भने।

दुलही लिएर घर फर्केपछि फेरि दुलहा पक्षको भोज चल्छ । बाबुआमाको विवाहमा छोराछोरीले सघाउँछन् । दोरम्बा गाउँपालिकाको टोकरपुरका सिगार्चे, निङ्ग्रे, साल्मेलगायत क्षेत्रमा झन्डै ४ सय परिवार मगरको बसोबास छ । ती तीनै गाउँमा यस्तो चलन छ।

बिहि, कार्तिक ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा १० अर्ब रुपैयाँ घोटाला

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा राज्यलाई तिर्नुपर्ने १० अर्ब रुपैयाँ घोटाला भएको छ । नेपालका गन्यमान्य उद्योगी व्यावसायीले सञ्चालन गरेका विभिन्न १० उद्योगले तिर्नुपर्ने अर्बौ रकम नतिरेपछि राज्यकोषमा जम्मा हुनुपर्ने १० अर्ब...

भेटियो ३३ किलो सुन, के त्यो सुन चर्चित ‘गोरे’ काण्ड कै हो त !

काठमाडौं | सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि...

प्रधानन्यायाधीशमा फेरि यसअघि अस्वीकृत दीपकराज जोशी सिफारिस !

काठमाडाैं | संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई...

नयाँ सम्झौताकाे १ महिनामै मलेसियाले भन्यो- ‘कामदार पुरानै संयन्त्रबाट!’

काठमाडाैँ । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले...

अझै खुलेन लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको...

प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा !

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् । बढूवा रोकेर अवकाश दिन लागेको...

नेपाल प्रहरीको पनि समायोजन गर्ने यस्तो तयारी

काठमाडौँ। सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ...

पुर्वराजाका अतिगोप्य ९ वटा कक्ष सर्वसाधारणका लागि खुल्दै !

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो...

मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन्...

गुटगत स्वार्थका कारण विघटनको संघारमा नेविसंघ

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको...