अाेलीकाे विकल्प प्रचण्ड र माधव नेपाल हुनै सक्दैनन !नेकपाभित्र ओलीको विकल्प नै छैनन

प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपालपनि होईन । संविधानतः ओलीको अहिले विकल्प छैन् ।

हाम्रो दमक

काठमाडौं, ७ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् । उनले भने,‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै संभावना छैन । प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपालपनि होईन । संविधानतः ओलीको अहिले विकल्प छैन् । सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन् ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै हालतमापनि सफल नभएको दाबी गरे । उनले भने,‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन । यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन् ।’

आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘ओली सरकारको यो ७ महिनाको क्रियाकलाप र गतिविधि हेर्दाखेरि पूर्ण रुपमा असफल भयो । यसलाई सफल भन्ने केही पनि आधार छैन्।’ ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उनले गुनासो पोखे । उनले भने,‘त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ । दशैंअघि १२० रुपैयाँ पर्ने च्याउ दशैंको मुखमा २२० पर्यो, यसमा १०० प्रतिशत मुल्यवृद्धि भएको छ ।’

नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय हल्लीखल्ली मच्चाएपनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए । उनले भने,‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ । निर्मला पन्तको बलात्कारप िहत्या भएको यत्तिका दिन भयो । तर, अहिलेसम्म बास्तविक अपराधी पत्ता लगाउन सकेको छैन । प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो । उहाँले यतिका वर्ष भैसक्यो मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकिएको छैन भन्दै उदाहरण दिनुभयो ।’मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेर्नुभए पुग्छ, मोदी आउँदा २५० जना स्पेशल कमाण्डहरुले हिमालदेखि तराईसम्म परेड खेले । नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन् । त्यही नक्शा प्रधानमन्त्री कार्यालयमा झुण्डाएर राखिएको छ । ७ वटा प्रदेशमा प्रत्येक प्रदेशको १००१९ वर्ग किलोमिटर क्षेत्रफल पुग्दैन् । कहाँ हरायो ? भन्नेबारे सरकारलाई केही थाहा छैन् ।’चिकित्सा क्षेत्रको सुधारको लागि २७ दिनसम्म अनशन बसेर डाक्टर गोविन्द केसीले सरकारसँग सम्झौता गरेको तर, सरकारले सदनमा त्योसम्बन्धी कुनै काम नगरेको उनको आरोप लगाए । उनले भने,‘सदनमा डाक्टर केसीको माग पूरा गराउन कुनै विद्येयक नै टेबुल भएन् । अहिले मेडिकल साईन्स पढ्ने प्रति विद्यार्थीबाट ३५ लाख बढि रकम असुली भैरहेको छ । भ्रष्टाचार त्यसैगरि मौलाएको छ । यी सबै कुरामा सरकार असफल भैसकेको छ।’

प्रधानमन्त्री ओलीले अब प्रत्येक नेपालीको घरको चुलोमा विजुलीको तार पुर्याउने भनेर हिजो सम्बोधन गरेकोप्रति टिप्पणी गर्दै गजुरेलले भने,‘विजुलीको तार त अहिलेपनि छ नि । जनताको आँखामा यसरी छारो हाल्ने काम गरिएको छ । योभन्दा हाँस्यस्पद अरु के हुन्छ?’उनले वर्तमान सरकार दुई तिहाई बहुमतको भएको उल्लेख गर्दै अहिले संविधानतः सरकारलाई हटाउन नसकिने बताए ।गजुरेलले भने,‘यो मन नपरेको र असफल भैसकेको सरकारलाई जनताले कति दिन र वर्ष बोकेर हिँड्नुपर्ने हो ? सरकारलाई हटाउनपनि सकिँदैन् । संविधानमा नै त्यस्तो प्रावधान राखेको छ । असफल सरकार बोकेर हिँड्नुपर्ने नेपाली जनताको नियती ? यो संविधानको असफलता हो । जनतालाई नै बोझ भएको सरकार हटाउन नपाउने ? संविधानमा त्यो अधिकार खोसिएको छ ।’

उनले अब यो सरकारलाई हटाउने एउटै उपाय अब सडक आन्दोलनमात्रै रहेको सुनाए । उनले भने,‘सडक आन्दोलनबाटमात्रै सरकार हटाउन सकिन्छ । हिजो सडक आन्दोलनबाट पञ्चायत ढल्यो। राजतन्त्र ढल्यो । ओली नेतृत्वको सरकारलाई संविधानतः हटाउनै सकिँदैन् । अब सडकबाटमात्रै हटाउन सकिन्छ । यो ७ महिनामा हामीले धेरै भोगिसकेका छौं । यो संविधान जनताको पक्षमा छैन् । खारेज गर्नुपर्छ । जनगणतन्त्र संविधान बनाउनुपर्छ । यो संविधान त्यस्तो छैन् ।’कहिलेकाहीँ त आफूहरुलाई कम्युनिष्ट भन्नपनि लाजै लागेर आउने उनले सुनाए । उनले भने,‘नेकपाले पनि हामी कम्युनिष्ट भन्छ । अहिले नेकपाकै सरकार छ । जनताले यो सरकारलाई थुकिराखेका छन् । त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि हामीलाई लाजै लाग्छ ।’

सत्तामा नभएका वामपन्थीहरुसँग आफ्नो पार्टीले एकताको लागि वार्ता तथा छलफल गरिरहेको उनले सुनाए । उनले भने,‘एक राउण्ड छलफल हामीले विप्लवजीसँग पनि गर्यौं । मोहनविक्रम सिंहसँगपनि गर्यौं । ऋषि कट्टेलजीसँग वार्ता गर्यौं । अहिले वार्ता तथा छलफल परिपक्व भैसकेको छैन् । हामीसँग वैचारिक मतभिन्नताहरु छन् । तर, कार्यगत एकता गर्यौं । केही समय यता विप्लवसँग कार्यगत एकता अगाडि बढ्न सकेको छैन् । विप्लवका नेताहरुलाई सरकारले धरपकड गरेकोले अहिले हाम्रो सम्पर्क टुटेको छ।’

उनले आफ्नो तर्फबाट पार्टीले जनताको बिचमा कुराहरु राख्दै जाने पनि सुनाए । उनले भने,‘हामी देश र जनताविरुद्ध हुने सबै खाले षड्यन्त्र, राष्ट्रघात र जनघातहरुको भण्डाफोर गर्दै जान्छौं । अहिले हामी आन्तरिक रुपमा कमजोर छौं । संगठन बनाउन हामी लागिपरिरहेका छौं। सडक आन्दोलन त हामीले गरिरहेका छौं । तर, ठूलो आन्दोलन र आमसभा गर्ने स्थिति अहिले हाम्रो छैन् ।’ यद्धपी उनले आफ्नै पार्टीको शक्तिमा भरपर्दै अगाडि बढ्ने आफूहरुको रणनीति रहेको पनि सुनाए ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

ससफो संखुवासभा समन्वय समितिमा राई

खाँदबारी, ७ बैशाख ।   सङ्घीय समाजवादी फोरम नेपाल संखुवासभा समन्वय समिति कवानसेन राईको अध्यक्षतामा शनिबार गठन भएको छ । ससफो संखुवासभा जिल्ला भेलाले राईको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो । पार्टीका...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

दमक नगरपालिकामा राप्रपाको धर्ना

दमक,२८ चैत । सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दमक नगरपालिकामा धर्ना दिएको छ । पार्टीले गत फागुन ७ गते सरकार समक्ष बिभिन्न्न २२ बुधे माग राख्दै ज्ञापन पत्र बुझाएको...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...