झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान सुरु

हाम्रो दमक

झापा। जिल्लालाई आगामि माघ १ गते देखि मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान स्वरुप प्रहरी र स्थानिय तहले काम सुरु गरेका छन् । समाजमा हुने अपराधिक कृयाकलाप देखि सडक दुर्घटना बढाउने मुख्य कारण मदिरा भएकाले माघ १ गते भित्र सबै प्रकृया पुरा गरि झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान सुरु गरिएको हो ।

आज जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको आयोजनामा झापाका सबै स्थानिय तहका जनप्रतिनिधि हरु सहित अन्तरक्रिया गरिएको छ । अभियानका लागि बिभिन्न सुचाङ्क पुरा गर्दै झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने निर्णय गरेको हो । मदिराजन्य बस्तु एकै पटक निषेध गर्न नसकिने भएकाले नियन्त्रण मात्र गर्दापनि धेरै अपराधिक कृयाकलापमा कमि आउने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भिम प्रसाद ढकालले बताउनुभयो ।

विद्ययमान कानुन कार्यन्वयन कडाईका साथ गर्न सबै स्थानिय तहले सामुहिक प्रतिबद्धता जनाउनु पर्ने भएको छ । मदिरा विक्रि गर्ने समय, मदिरा किन्न आउने व्यक्तिको परिचय अनिवार्य गर्ने वा तोकिएको उमेर समुहका लाई मात्र बिक्रि गर्ने, स्थानिय प्रशासन वा तहबाट स्विकृत दिने मेला, कार्यक्रम वा कन्सर्टहरुमा मदिरा बिक्रि वितरण निषेध गर्ने र मदिरा नियन्त्रण अनुगमन समिति बनाई अनुगमन गर्ने लगायत १२ बुँदे नियम तय गदै नियन्त्रणका लागि आजैबाट अभियान सुरु भएको बताईएको छ । यो अभियानलाई सफल बनाउन विद्ययमान कानुन कार्यन्वयन गर्ने वातावरण सबै क्षेत्रबाट बन्यो भने झापा नमुना जिल्ला बन्न सफल हुने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाई छ ।

यसैगरि कार्यक्रममा झापाका १५ वटै स्थानिय ताहले आपसि समन्वय गरि कम्तिमा एउटा सुधार तथा पनःस्थापना केन्द्र स्थापना गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । झापा जिल्लामा हुने अधिकाँस अपराधिक गतिविधिको अनुसन्धान गर्दा मदिरा नै मुख्य कारण देखिएकाले स्थानीय तहका जनप्रतिनिधि सँग छलफल गरि निर्णय गरिएको उहाँको भनाई छ ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

युनियनको चपेटीमा पारिवारिक बनभोज

 दमक,४ माघ । नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले पारिवारिक बनभोजसहित दमकको खानेपानी संस्थाका नवनिर्वाचित समितिलाई बधाई शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सांगठानिक सुढृणिकरण कार्यक्रम अन्तगर्त युनियनले वनभोजसहित दमक खानेपानी तथा सरसफाई...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

दमक खानेपानीको अध्यक्षमा गौतम

दमक ,३ माघ । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अघ्यक्षमा रोशन कुमार गौतम चुनिएका छन् । उनी संस्थाको वर्तमान सचिव पनि हुन् ।  गत शनिवार सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरुले विहिबार सर्वसम्मत अध्यक्षमा गौतमलाई...

दमकमा वेवारिसे शव फेला

दमक, ३० पुष । झापाको दमकमा आज विहान एक जना पुरुष मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. ४ अर्नाखाडी तेलपानेटोलस्थित धिमाल ग्रामथान मन्दिरको प्राङ्गण भित्र अन्दाजी ४५ बर्षिय जस्तो देखिने पुरुष...

झापाको दमकमा कागजबाट पेन्सिल उत्पादन हुदै, भिडियो

झापा । झापाको दमकमा कागज बाट पेन्सिल निर्माण सुरु गरीएको छ । दमकका निर्मल दाहालले बिदेशमा देखेका कुरालाइ स्वदेशमा आएर प्रयोग गर्न सुरु गरेका हुन् । उनले पढी सकेका पत्र पत्रिका तथा फालिएका कागज बाट...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...

दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ । नेकपा र राप्रपाको संयुक्त गठबन्धनका...

दमक खानेपानीको मतदानमा सर्वसाधारणको उल्लास

दमक,२८ पुस । झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालय परिसरमा सुरक्षा घेरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको हो...