पहिलो किस्ता लगेर घर नबनाउनेलाई रकम फिर्ता गर्न प्राधिकरणको ताकेता

हाम्रो दमक

पर्वत । भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापतको रकम फिर्ता गर्न ताकेता गरिएको हो ।

भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार चार सय घर मात्र निर्माण भएका छन् । घर निर्माण गरिसकेका एक हजार चार सय लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् ।

पहिलो किस्ताको रकम लगेका तीन हजार चार सय नौ जनाले अहिले पनि घर निर्माण गरेका छैनन् । पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार आठ सय नौ जनाले पहिलो किस्ताबापतको रकम ५० हजार रुपियाँ बुझिसकेका छन् भने चार सय ६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैैनन् ।

लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम २४ करोड चार लाख ५० हजार रुपियाँ भुक्तानी गरिसकिएको छ भने दोस्रो किस्ताबापतको २१ करोड रुपियाँ घर बनाएकाले भुक्तानी लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतले जनाएको छ ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...

नसा रोगबाट थलिएका विरामीलाई सहयोग

पाडाजुँगी,९ बैशाख । दुई महिना अघिदेखि नसा सम्बन्धिको समस्याका कारण थलिएका झापाको कमल ५ स्थित पाडाजुँगीका एक युवाको उपचारमा स्थानीयहरुले नगद ५१ हजार ३१ रुपैयाँ नगद सहयोग गरेका छन् । स्थानीय व्यवसायी समेत रहेका प्रेम...

पिकअप दुर्घटना हुदाँ १ को मृत्यु, ३ घाइते

उदयपुर, ९ वैशाख । पिकअप दुर्घटना हुदाँ हिजो आइतबार उदयपुरको वेलका नगरपालिका ७ मैनामैनी स्थित कुलुङ भन्ने स्थानमा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । अपरान्ह साढे ५ बजेको...

छुट्टाछुट्टै स्थानमा आगलागी : ११ लाख बराबरको क्षति

मोरङ, ९ वैशाख । प्रदेश नम्बर १ को मोरङ र उदयपुर जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको छ । मोरङको केरावारी गाउँपालिका १ पाटीगाउँ मणीराज लिम्बुको काठको बेरा, टिनको छानो...

सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अनुशिक्षण

दमक,८ बैशाख । क्यारिङ्ग हेण्डस्ले दमकको पूर्वाञ्चल अंग्रेजी बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई आज सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अनुशिक्षण सम्पन्न गरेको छ । आयोजकले ट्र«ाफिक प्रहरी कार्यालय दमक र जीवनचक्र समाज नेपालको सहकार्यमा विद्यार्थीहरुका लागि एकदिने अनुशिक्षण...