पर्यटकको सङ्ख्या बढेपछि एकै दिन १३ लाख आम्दानी

यहाँ विशेष गरी चिन, जर्मन, फ्रान्स लगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन् ।

हाम्रो दमक

काठमाडौँ । सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै रु १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिनुभयो । अन्य दिन सामान्यतयाः दैनिक रु १० लाख आम्दानी गर्दै आएको छ ।

सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ अन्य देशबाट एक हजार २६९ जना पर्यटक घुम्न आएका थिए । यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन रु १२ लाख ८१ हजार ३०० जम्मा भएको हो । यहाँ विशेष गरी चिन, जर्मन, फ्रान्स लगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन् ।

यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । शुल्कबापत दैनिक सङ्कलन हुने रकमलाई पर्यटकको सङ्ख्या बढाएर रु १५ लाख सम्म पु¥याउने लक्ष्य सुनाउँदै कार्यक्रम प्रमुख पसखलले वसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुनःनिर्माणमा तीव्रता दिइएकाले पर्यटकको सङ्ख्या बढेको बताउनुभएको छ ।

भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्मा गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ चरणमा पुगेको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मङ्गलबार आएका हुन् ।

आन्तरिक पर्यटकको लागि भने शुल्क लिन व्यवस्था रहेको छैन । यस क्षेत्रमा पर्यटकको झण्डै तीन दर्जन सम्पदा रहेको छ । जसमा भूकम्पका कारण दश सम्पदाको वटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको बताउनुभएको छ ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

४० प्रतिशतले घट्यो नेपाल वायुसेवाको अन्तर्राष्ट्रिय उडान ! सिट खालीनै उड्छ वाइडबडी

काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमको अकुपेन्सी दर ४० प्रतिशतसम्मले घटेको छ। चालू वर्षको साउनको तुलनामा भदौमा निगमको अन्तर्राष्ट्रिय उडानतर्फको अकुपेन्सी दरमा उल्लेख्य गिरावट आएको हो।साउनको तुलनामा भदौमा काठमाडौं-दोहा उडानमा एयरबस ३३० को...

एयर बसको नयाँ मोडल ए२२० पहिलो पटक नेपालको बिमानस्थलमा अवतरण !

काठमाडौं २८ कार्तिक। एयर बसको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट, द ए२२० ले बिश्व भ्रमणको क्रममा नेपालमा पहिलो पटक ल्याण्डिङ्ग गरेको छ । सानो एकल–आएल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

मन्त्रीस्तरीय वार्तामा पर्यटन प्रवद्र्धनबारे नेपाल -चीनबिच यस्तो छलफल

काठमाडौँ। मंगलबार भएको नेपाल र चीन मन्त्रीस्तरीय वार्तामा नेपालको पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका दुई देशबीच भएका पर्यटन प्रवद्र्धनसम्बन्धी सम्झौता कार्यान्वयनको सन्दर्भमा छलफल भएको थियो। प्रधानमन्त्रीको...

कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको भन्दै खारेजीको माग

काठमाडौं। कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ । सोमबार  समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा...

अटिजम र रक्तदानबारे सचेतना फैलाउँदै साइकल यात्रा

तेह्रथुम, १९ कात्तिक । प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्य सहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुग्नुभएको छ । उदयपुरबाट यात्रा सुरु...

सुरज वैद्यलार्इ भ्रमण बर्षको संयोजक बनाईएकोमा पर्यटन व्यवसायी असन्तुष्ट

काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण बर्ष २०२०’ को राष्ट्रिय संयोजकमा व्यवसायी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका...

थाइल्यान्डमा हप्ताको २८ उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल र थाइल्यान्डबीचको दुईपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ । सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौतामा बिहीबार पुनरावलोकन भएको हो । थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति पर्यटन...

सरकारले २० लाख पर्यटक भित्र्याउन छनोट गर्यो एक सय नयाँ गन्तव्य

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ। सरकारले यसबर्षको बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले...

अब जापान जान चाहानेलाई खुशीको खबर, अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौं । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था...