सरकारी शिक्षा !

भिम खनाल

भिम खनाल

त्यसाे त अाजभन्दा ५० बर्ष अगाडि समेत देशकाे सरकरी स्कुलकाे शिक्षा एबम रित ले थियाे जाे अाज छ अगाडि पनि यहि रहिरहनेछ यहाँनेर मैले खुद स्वयम् मेराे स्कुल लाई लिन्छु ।

स्थान – सरस्वती माबि सितगंगा
कक्षा – दस
अब सुरु हुन्छ पाठक र लेखक द्दन्द ।

पाठकहरु साेध्नु हुनेछ कि कक्षा दस नै किन ? दस कक्षा यसकारण कि बिध्यार्थी हरु स्वविवेक … स्वविवेक त के काेहि अाफ्नै बा काे दाैरा कै साईजमा अाईसकेका हुन्छन ।

स्कुलका हिडमास्टर अाच्या हेडमास्टर काे ड्युटी ठिक १० बजे सुरु हुन्छ के गर्नु मन हुदा नहुदा बाध्यता जाे नुनकाे साेझाे गर्नु छ हाम्राे सरकारी स्कुलका अधिकांश मास्टरहरुकाे कर्तब्य ५० बर्ष पहिले या अाज एकनासले नुनकै साेझाे गर्नु मात्रै हाे, यहानेर पेटकाे सवाल छ । पेस्टिज काे सवाल छ । पढाउन फिटिक्कै मन छैन, खैर छाडाै बिध्यार्थीकाे काे पाे के मन हुन्छ र पढ्न का लागि पढाउनु ? न पढाउनेहरुकाे मन छ न पढ्ने हरुकाे मन हुन्छ । गजब काे फ्युजन छ यी सरकारी स्कुलहरुमा यद्दपि मजवुरी उस्तै छ । एकातिर पेटकाे सवाल अर्काे पट्टि अभिभाबकहरु पेट पटुकिले कसेरै भएपनि अाजकाल स्कुल पठाउने काममा सकृय छन ताकी भाेलिका लागि अाफ्नाे सन्तानले दुख नपाअाैस राम्राे अफिसमा जागिर खाअाैस डाक्टर बनाेस पाईलट बनाेस……. खैर छाडाै हुँदै नभएनी यहि मास्टरै सही जेन तेन अभिभाबक पनि अाैपचारिकता पूरा गरिहाल्छन ।


फ्याट्ट फुट्ट अाज पनि अपबाद कायम नै छ ।
स्कुल टाईम सुरु भयाे बिध्यार्थीहरु यत्रतत्र लरवराईरहेछन झट्ट हेर्दा स्कुल कम सस्ताे तरकारी बजार जस्तै लाग्छ स्कुलका हेडमास्टर कुर्चिमा बडाे अल्छिपनका साथ बसिरहेका छन मानाै अफिस पुगेपछि हेडमास्टर काे कर्तब्य सकियाे हेडमास्टर ।

अाधा निद्रामा बरबराईरहेका छन बाेर्ड नजिकै अाइसक्याै पढाउन शिक्षक छैनन तपाईं यसाे गर्नुस अाजदेखि १० कक्षामा गणित र बिज्ञान पढाउनुस यसैपनि हाम्राे सरकारी नीति नै अाठ कक्षा सम्म कसैलाई फेल गर्नै नहुने छ, यसकारण पढाउदा या नपढाउदा फरक पर्दैन तर बाेर्ड शीत सारा स्कुल र तपाईं हाम्राे प्रतिस्ठा जाेडिएकाे छ अाज देखि तपाईं अरु छाडेर १० लाई पढाउनुस ।

मास्टर – थाेरै कड्केर म बाट याे सम्भब छैन
म सिर्फ ५ कक्षा सम्म पढाउन सक्छु
हेड मास्टर – मलाई केही सुन्नु छैन तपाईं अाजैदेखि १० लाई क्लास लिनुस
मास्टर – सर मलाई नेताजि काे काम नदिनुस कहिले अर्थमन्त्रि ,कहिले कृषि मन्त्रि हामी सामान्य शिक्षक ५ काे मास्टर १० लाई पढाउन याेग्य हुदैनाै ।
हेडमास्टर – मलाई केही सुन्नु छैन जागिर गर्नुछ भने लगाएकाे काम गर्नुस ।
मास्टर ले पेट सम्झिहाले के गर्नु पापि त पेट छ अझ पेटमाथि अरु थुप्रै पेट हुनेहरुकाे हालत बिजाेग हुन्छ पेटमात्र भरेर पनि नहुने खालिखुट्टा नाङ्गै बरालिने स्थिति बडाे श्रमकाे बिषय हाे मास्टर मनमनै कुरा खेलाउदै छिरे दस कक्षामा ।

अाजकाे क्लास सुरु,
क्लासमा सिर्फ टुटेफुटेका बेन्च र कुर्चीहरु मात्र छन
मास्टर – ब्रमाण्ड मा मानिस काे उत्पत्ति हुनु पुर्व सिर्फ बादर हरु थिए ,हामी बादर कै पुर्खा हाै
छात्र- बादर कसकाे पुर्खा थिए ?
मास्टर – कुनै दिन बादर हरु अाउछन अनि साेधाैला
गललललललल हासाे ले क्लास गुन्जियाे
– मास्टर – हाम्राे देशमा सभ्यताकाे सुरुवात नहुदै पस्चिमा हरु उदाईसकेका थिए हाम्राे देशमा अाज पनि अधिकांश अशिक्षित छन
छात्र- सर पस्चिमा उदाउनु पुर्व सुर्य पुर्ववाट उदाएकाे थियाे रे ।
शिक्षक – घाम जताबाट सुरु भएपनि पस्चिमाकाे उत्पत्ति पछी मात्रै हाे सभ्यताकाे सुरुवात भएकाे
दाेस्राे छात्र- बिल्कुल गलत सर जब पस्चिमाहरु जन्मिएकै थिएनन हाम्राे बेद, गिता, रामायण,अादी ईत्यादी पुर्विय दर्शन अादिम सभ्यताकाे घाेषणा गरिसकेका थिए ।
शिक्षक मनमनै – कहाबाट अाउछन यी दुईचार जना सरस्वतिकाे मस्तिष्क कपि गरेर जसले सरकारी स्कुलकाे प्रतिस्ठा बचाएका छन२-४ जना यस्तै प्रतिभावान लाई उदाहरण दिदै सरकारी स्कुलका ठेकेदार हरु हरेक बर्ष मञ्चमा गज्रन्छन कि कसले भन्छ सरकारी स्कुल मा पढाइ नै छैन हेर्नुस ……लाई
हाम्राे लगातार काे मेहनत पछि मात्रै ………ले उत्कृस्ठ नम्बर ल्यायाे ।
तेस्राे छात्रकाे दिमाग अलि कडै ठानेर मास्टर ले प्रसङ्ग बदल्नै पर्ने बाध्यता अाईदियाे ।
मास्टर – भन स्विजरल्याण्डमा कतिवटा बंदरगाह छन?
छात्र- वादर कि बंदरगाह सर ?
मास्टर – बंदरगाह ?
तेस्राे छात्र – हाम्लाई यी सब जान्नु छैन जाे सङ्ग हाम्राे जिवनमा कुनै समन्ध नै छैन सर लाईब्रेरीमा भुगाेल काे पुस्तक छ उतै हेर्नू त्यसमा दुनियाका वादर र बंदरगाह बारे चर्चा गरिएकाे छ ।
मास्टर – ………कहाँ गयाे क्लास छाडेर ?
छात्र – सर क्या टेन्स भयर बरण्डामा सिक्का तान्दैछ
मास्टर – प्रसान्त महासागर काे क्षेत्रफल कति छ ?
छात्र – हाम्राे पानिकाे कुवा भन्दा ठ्याक्कै दुईगुणा बढि छ सर
खितखितखितखित क्लास गुन्जियाे
छात्र – अाच्या मार्याै।
मास्टर – के भयाे ?
छात्रा – सर यसले मेराे पछाडी …….मा अालपिन गाडिदियाे
मास्टर – किन यस्ताे हर्कत गर्छस ?
छात्र- याे मेराे सामुन्ने किन बस्छे ? मलाई याे शीत नफरत छ
मास्टर – किन ?
छात्र – यसले मेराे वुवालाई म तास खेलेकाे सिक्का तानेकाे सबै भनिछे जसका कारण सुड्डाेले मलाई झापड लगाए ,म तास खेल्छु सिक्का तान्छु यसकाे वाउकाे सम्पति तानेकाे छु र?
मास्टर – अाेके ठिक छ अाज देखि तिमिहरु सङ्गै वस्न पाउने छैनाै
छात्र – कहाँ बसु ? बेन्च त एउटा सग्लाे छैन याे स्कुलमा अाेके भाेलि देखि म घरबाटै चकटी बाेकेर अाउनेछु ।
पुन हासाेले गुन्जियाे कक्षा
मास्टर- न्युटन काे चाल समन्धि नियम घाेक्याै?
तेस्राे छात्र – जब म न्युटनकाे चाल समन्धि नियम हेर्छु तब मेराे दिल दिमाग सिर्फ एउटै कुरा भन्छ कि न्युटन काे चाल समन्धि नियमले भाेलि के दिन्छ ?याेत सिधै शिक्षाकाे नाममा दिमागी अत्याचार भईरहेछ सर ।
मास्टर – हाम्राे शिक्षालाई अत्याचार भन्छस ?
छात्र – यी सब किताब च्यातेर मिल्काईनु पर्छ सर केही पनि ब्याबाहारिक शिक्षा नै छैन
तेस्राे छात्र – हेर्नुस सर हामी यहाँ मध्य अाधा त भाेलि गयर वाउकाे परम्परागत पेशाे दाेकान समाल्नु छ , अाधा जति किसान बन्नु छ ,खेतमा बयलगाढा जाेत्नु छ ,बाकि बचेखुचेकाहरु अफिस मा काम गर्नु छ त्याे न्युटन काे चाल समन्धि नियम नत दाेकानमा काम अायाे न खेतमा काम अायाे न अफिसमा भाडमा जाअाैस न्युटन स्युटन
छात्र – बिध्यानास मलाई याे काम न काजकाे बिध्या फिटिक्कै मन पर्देन
मास्टर – तिमिहरु सबै निकम्मा छाै काेहि बाेर्ड पास गर्न सक्दैनाै
छात्र – बाेर्ड पास गरेर के गर्नु ? सर्टिपिकेट निधारमा टासेर हिड्ने हाेर ? अाखिर काम नै नलागेपछि पुन गुन्जियाे क्लास उहीँ हासाे …….
मास्टर – झाेक्कियर सबलाई रेस्टिगेट गर्छु
छात्र- एकस्वरमा हामिलाई गालि गलाैच गर्ने ?

तपाईं लाई देखाउछाै हामी हाम्राे शक्ति
एकछिन पछि सारा स्कुल घन्कियाे
मुर्दाबाद ,मुर्दाबाद,, मुर्दाबाद ,,,
बिध्यार्थी सारा स्कुल वरपर चक्कर लगायर स्कुलकाे गेट निरै माग पत्र सहित धर्ना सुरु भयाे, मास्टर डरायर तुरुन्तै निदाइरहेका हेड मास्टर लाई बृतान्त सुनाए ।
हेडमास्टर – अरे पङ्गा लिन कसले लगायाे ? तपाईं लाई म सिर्फ पढाउन भनेकाे थिए । थाेरै ईज्जतकाे त ख्याल गर्नुस तपाईकाे छैन भने मेरै इजत सहि भाडमा जाअाैस पढाइ पढुन या नपढुन हाम्राे वाउकाे खल्ति काे के जाने हाेर? तपाईं सिर्फ तपाईकाे तनखाकाे चिन्ता लिनुस हरेक महिना तनखा खल्तिमा राख्नुस पढाइ गाेलि मार्नुस जानुस तुरुन्तै धर्नामा गएर माफि मागिहाल्नुस ।
मास्टर – हात जाेड्दै माफी
छात्र – एक स्वरमा याे घटना दाेहाेरिएमा ठिक हुनेछैन….

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

फाल्गुनन्द लिङ्देनको जन्मजयन्तिको अवसरमा ‘ निशान राई बिजुको सम्झना’कृतिको बिमोचन

झापा । किराँत महागुरु तथा १६ औँ राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ति को अवसरमा झापाको शिबसताक्षीका एक श्रष्टाको किताब बिमोचन गरिएको छ । शिबसताक्षी २ निवसी श्रष्ट प्रेम राई द्धारा लिखित निशान राई...

महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा साहित्य यात्रा स्मरण

काठमाडौँ  ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको...

निश्चल पिएस निङलेकुको गजल संग्रह ‘पद्मिनी’ को विमोचन सम्पन्न

काठमाडौ । काठमाडौमा सोमबार आयोजित एक कार्यक्रम बिच निश्चल पिएस निङलेकु द्वारा लिखित पद्मिनी गजल संग्रह विमोचन भएको छ । गितकार संघम नेपालका अध्यक्ष चुडामणि देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निङलेकु द्वारा लिखित कृति पद्मिनी नामक...

मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट 

बिर्तामोड । झापा मिडिया हाउस प्रा.लि. को आयोजनामा हुन गईरहेको मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट भएका छन् । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा शनिबार भएको अडिसनमा साबित्रा ताजपुरीया, सेल्भीया...

प्रतिभा निकेतनमा नेतृत्व चयन

दमक,१७ कार्तिक / दमकको पूरानो साहित्यीक संस्था प्रतिभा निकेतनको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न साधारणसभाले निकेतनको अध्यक्षमा पुनः मेघराज तिम्सिना चुनिए । त्यस्तै, उपाध्यक्षद्धयमा गङ्गाधर कट्टेल र कृष्ण दङ्गाल, सचिवमा चन्द्र बिन्दु...

पुनर्मिलनको प्रेरक सत्य कथा

हरेक मनुष्यलाई उसको कर्म अनुसारको फल प्राप्त हुने गर्छ भन्ने हाम्रो आम मान्यता रहने गरेको छ। यो कुरालाई विभिन्न धर्म ग्रन्थहरुमा पनि उल्लेख गरिएको हामीले सुनेको छौँ। तर मनुष्यलाई कर्म गर्नका लागि के ले...

मलेसियाली अाकाशमा नेपाली साहित्यको एक दशक

-सन्दीप संग्रौला ‘दिलदुखी’ मलेसियाली अाकाशमा नेपाली साहित्यको पहिलो पुस्तक सन् १९५७ मा धनाहाङ सुब्बा द्वारा लिखित कथा तथा निबन्ध संग्रह ‘हासिमा’ भएपनि संगठित साहित्य लेखन झण्डै एक डेड दशक भन्दा लामो इतिहास छैन मलेसियामा नेपालीहरु...

खपाङ्गीको गीति एल्बम बजारमा

दमक, १ कातिक । गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीति एल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो । बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा...

नवनासो कथा विशेषाङ्कको सामान्य विकास मन्त्री घिमिरेद्वारा बिमोचन

झापा | झापाको शिबसताक्षी नगरपालिकाको वडा नं १ धरमपुर चौकमा आयोजित एक कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नवनासो साहित्य प्रतिष्ठान धरमपुरले प्रकाशन गरेको नवनासो कथा विशेषाङ्कको शनिबार बिमोचन गरेका छन्। विमोचन पश्चात...