मलेसियाली अाकाशमा नेपाली साहित्यको एक दशक

सन्दीप संग्रौला 'दिलदुखी'

-सन्दीप संग्रौला ‘दिलदुखी’

मलेसियाली अाकाशमा नेपाली साहित्यको पहिलो पुस्तक सन् १९५७ मा धनाहाङ सुब्बा द्वारा लिखित कथा तथा निबन्ध संग्रह ‘हासिमा’ भएपनि संगठित साहित्य लेखन झण्डै एक डेड दशक भन्दा लामो इतिहास छैन मलेसियामा नेपालीहरु शान्ति सेनाका रुपमा पहिलो र दोस्रो विश्वयुद्धताका नै पनि अाएका र विश्व युद्धको समाप्ति पछि पढाइ तथा रोजगार व्यापारको शिलशिलामा धेरै अगाडिबाट थाइल्यान्डको बाटो हुदै अाएका भएपनि मलेसियामा अाधिकारिक रुपमा सन दुई हजारको दशकबाट अाउन थालेका र त्यसको केही वर्षपछि नै नेपाली साहित्यका हिमायतीहरु संगठित भई साहित्यिक समुहहरु बनाई कार्यक्रम गर्न थालेका कुरा मलेसियाली नेपाली साहित्यका अग्रज जानकारहरुबाट यो पंक्तिकारले लिएको छ।यतिबेला यहाँ हामी गजल विशेष चर्चा गर्न लागिरहेका छौँ यसैले मलेसियामा नेपाली गजलको एक दशकलाई नियाल्न प्रयास गरौँ ।

खास गरि अौपचारिक रुपमा संगठित बनी मलेसियामा नेपाली गजलको अाधारस्तम्भ खडा गर्ने श्रेय श्रीजन श्रीलाई जान्छ।उहाँको अगुवाइ र अध्यक्षता तथारुद्र मिश्र सचिव रहनु भएको विलकुल गजल विधाकै विकास र विस्तारमा समर्पित संस्था अनाममण्डली सन् २००८ मा मलेसियामा खडा भए लगत्तै गजल पारखीलाई समेटी श्रीजन श्रीले गजलबारे प्रशिक्षण दिनुभयो। सन् २०१० मा नेपालबाट नेपाली साहित्यका विशिष्ट ब्यक्तितत्व डाक्टर देवि नेपाललाई ल्याएर अनाममण्डलीले गजल प्रशिक्षण दियो यससँगै यहाँबाट प्रकाशित साप्ताहिक पत्रिकाहरु देखि एकल र संयुक्त गजल संग्रहहरु समेत अाउन थाले भने मलेसियाबाट राजकुमार लिम्बू तरेवाको लिम्बूभाषाको गजल संग्रह ‘मेरिङ्गेन मिक्वा’ ( बिरहका अाँसु वि.सं २०६८) सहित १० संयुक्त संग्रह तथा ९ एकल गजल संग्रह मलेसियाली नेपाली गजल अाकाशले जन्माएको छ। (स्रोत: मलेसियामा नेपाली साहित्य: देवेन्द्र खापुङ)

अनाममण्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघको संयुक्त अायोजनामा एकल वाचनका कार्यक्रम हरेक दुई देखि तिन महिनामा हुने गर्थे गजल वाचन तर्फ गजलकारहरु गनिन्द्र विवश, राज अबिरल यात्री,सोमनाथ सुवेदी, मनोज बिराली,दीप दर्शन शाही , सबिन राई, अादर्श सुशील,निश्चल दाहाल परदेशी तथा श्रीजन श्रीका एकल गजल वाचन भएका छन् ।

साहित्यिक चौतारी नेपालले साहित्यका सबै विधामा उत्तिकै खटेर लागेको भए पनि मलेसियाली नेपाली साहित्यको हकमा भने गजल विधामै धेरै कार्यक्रम भएका छन्। संयुक्त गजल वाचन कार्यक्रममा युवा गजलकारहरु दिल बहादुर मगर, मनोहर मनु , रमेश लुइँटेल , लगायतका गजल वाचन कार्यक्रम भएका छन् भने साहित्यिक चौतारी नेपाल र नवज्योतिको संयुक्त अायोजनामा मगर भिम पुन भाबुक तथा अावाज थापाको संयुक्त गजल वाचन तथा सम्मान साथै सन्दीप संग्रौला ‘दिलदुखी’को एकल गजल वाचन कार्यक्रम भएको थियोे ।पछिल्लो समयमा साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले हरेक दुई तीन महिनामा गर्ने सिर्जना वाचनमा धेरै स्रष्टाको रोजाइ गजल विधा नै पर्ने गरेको छ। यसै चौतारी मलेसिया शाखाका युवा गजलकारको अगुवाइमा गजल मुशायरा मलेसिया २०१८ अाउँदो नोभेम्बर चार तारिखमा हुदैछ ।

मलेसियामा पहिलोपटक गजल मुशायरा:-

अष्ट्रेलियाकै पेरिफेरिमा हुँदै अाइरहेको गजल मुशायरालाई मलेसियामा पहिलोपटक यहाँका युवा गजलकारले ल्याउदैछन्। कार्यक्रममा नौ गजलकारका तीन दर्शन गजल दुई गजल गायक गायिकाका गायकी रहनेछन् भने नृत्यङ्गनाले गजलमा नृत्य देखाउनेछिन्।

मुशायराका शायरहरु संक्षिप्त परिचय

रेशम बिष्ट

देश बोकेका बाले राजधानी देखेका छैनन्
ऋण बोकेको छोराले कतार हेर्न पाएको छ

बिदुर पुरुषलाई जन्ती दिने नेपाली समाजले
रातोलुगा र सिन्दूर दिदैन नारी बिधुवाको लागि

सक्ने भय जल जमिन र जङ्गल मा अबसर खोज
गरिब देशका भ्रष्ट नेता कति हुन्छौ बदनाम अझै

बोकेर दु:ख पीडा हत्केलाहरुमा।।
समेटियो जीवन हातका ठेलाहरुमा ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं ३ धारापानीमा दुई हजार बयालिस साल पौष २० गते अामा हर्किली बिष्ट तथा बुबा रुद्रबहादुर बिष्टको माइलो सन्तानका रुपमा जन्मनु भएका गजलकार रचित रेशमको वास्तविक नाम रेशम बिष्ट हो। रेशमको मलेसिया बसाइँ २०१५ देखि हो र मलेसिया बसाइँ सँगसँगै साहित्यिक विधाबारे गहन अध्ययन गर्दै पढ्दै साहित्य लेखन पनि गर्दै अाउनु भएको छ भने हाल साहित्यिक चौतारी नेपाल मलेसियाको अध्यक्ष समेत रहनु भएका बिष्ट मुक्तक पाठशालाद्वारा अायोजित ‘निर्वाचनको महत्त्व’ विषयक प्रतियोगितामा द्वितीय हुनु भएको थियोे ।उहाँका दर्जन बढी संयुक्त कृति रहेका छन् ।

दिल प्रकाश मगर

बिदेशीले सगरमाथाको शीर टेकिदियो
हामीलाई भने गर्वको भुत चढेको छ

फुटपाथमा पनि आकर्षक देखिएछु
जो आउँछ एकछिन टोलाएर जान्छ

दुई हजार पचास साल माघ पन्द्र गते बनगाड कुपिन्डे दह नगरपालिका अापचौर सल्यानमा बुबा हर्कबहादुर बुढा मगर र अामा निमा कुमारी बुढा मगरका कान्छो सन्तानका रुपमा जन्मनु भएका डिल प्रकाश बुढा मगर साहित्यिक नाम दिल प्रकाश मगर मलेसियाली नेपाली गजल अाकाशमा सर्वाधिक चर्चाको नाम हो। गजल लेख्दा स्थानीय भाषा तथा नवीनतम अन्दाज राख्नु उहाँको विशेषता हो ।थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका दर्जन बढी संयुक्त कृतिका सर्जक तथा प्रखर वाचक मगर गजल मुशायरा मलेसिया २०१८ का मुख्य अाकर्षण हुन्।

किस्मत महतारा ‘कलम’

सुकाएर यसलाई क्यै लेखेर देखाऊ,
भिजेको कापीको पाना हो जिन्दगी!!

सुनकै चुरा हिराको हार पठाउन नसकुलाँ,
मिल्ने भए मुटु झिकी खाममा पठाईदिन्थेँ!!

सपनाहरु सुकाएर खाडिको तातो घाममा,
‘कलम’ भौतारीरहेछ अझै जिन्दगी खोजेर

उल्लेखित गजलका शेरहरु कालिका गाउपालिका कालिकोटमा दुई हजार बाउन्न साल असोज छ गते जन्मिएका किस्मत महतारा ‘कलम’का सिर्जना हुन्। अामा सुकिली महतारा र बुबा धनसुर महताराका माइला छोरा ‘कलम’को वास्तविक नाम कलम बहादुर महतारा हो। प्रखर वाचनकला भएका स्रष्टाको संघर्ष संयुक्त मुक्तक संग्रह प्रकाशित छ। मुशायरामा स्रोताको ध्यान अाफुतिर खिच्न सक्ने सामर्थ्य भएका शायरका रुपमा ‘कलम’लाई हेरिएको छ।

कमल सरोबर

जा छोरा मलाई आश्रममै छोडेर जा
यहीँठाउँ उभिनुपर्छ भोलि तँलाई पनि।

वास्तविक नाम जुलाब सिङ तामाङ रहेका धादिङ भुमेस्थान,९-गैरीगाउँका गजल स्रष्टा कमल सरोवर आमा माइली तामाङ
होम बहादुर तामाङको जेठो सन्तानका रुपमा २०५३ साल फागुन चौध गते जन्मनु भएको हो।साहित्य लेखनमा लागेको दुई वर्ष मात्रै भएपनि उहाँ राम्रा सिर्जना र प्रखर वाचनले मलेसियामा सबैमाझ चिनिनु भएको छ। उहाँका गजलले मुशायरामा सबैको मन जित्ने छ भन्ने अांकलन गरिएको छ।

तिमी नहुँदा साथमा यस्तो दिन यस्तो रात हुन्छ।
जस्तो कागलाई बेल पाक्दा हर्ष न बिस्मात हुन्छ।

राजन कार्की

मैले बालाई बोकेर मसानघाट घुमाए छु
बाले धाम घुमाउनुहुन्थ्यो सानामा बोकेर

मोरङ हरैचाका राजन कार्की बुबा धर्मराज र अामा तारादेवीका जेठा छोरा हुन्।दुई हजार पचास साल फागुन तीन गते जन्मिएका स्रष्टा चारवर्ष अगाडिबाट मात्रै साहित्य लेखनमा लागेका भए पनि मलेसियाली नेपाली साहित्य अाकाशका सशक्त स्रष्टा दरिएका छन्। चौतारी र फुलबारी उहाँका प्रकाशित संयुक्त संग्रह हुन् भने राम्रो वाचनकला भएका कार्की साहित्यिक चौतारी नेपाल मलेसियाका सचिव समेत हुन्।

जलेर म मात्रै कोइला बनेको रहेछु
सँगैसँगै जलेको साथी खरानी भयो

आँसुहरु झर्न खोज्दा चमक बनेर
परेलाहरु बसिदिन्छन् बाधक बनेर

विशाल बि सी

कहिल्यै आएनन् ती आफन्त सानो सम्झेर ।
बरु आउछन् जान्छन् बटुवा बिरानो सम्झेर ।

घर बगे पछि राहत त्रिपाल दियो सरकारले
अनि एक रात निदाए नयाँ घरको छानो सम्झेर ।

भित्र पसे पछि अरु नै मज्जा लिन पाइन्छ
बाहिर पो उसले खाजा घरको प्रचार गर्‍यो ।

सडक बिजुली के आउँछ गाउमा हेरौंला
भर्खर बाले छोरा सरकारमा पढाई रहेछ्न ।

बनगाड कुपिन्डे नगरपालिका सल्यानमा दुई हजार पचास साल कार्तिक चार गते अामा रामकली तथा बुबा रबिलाल बुढाको जेठो छोराका रुपमा जन्मनु भएको विशाल बि सीको वास्तविक नाम वकिल बि सी हो। मलेसियामा पाँच महिना अगाडि मात्रै अाउनु भएका स्रष्टा बि सी राम्रो लेखन र वाचन भएका सर्जक हुनुहुन्छ मुशायरामा उहाँका सिर्जनाले सबैको मन लुट्ने अपेक्षा गरिएको छ।

हिरा शाही

नरहरिनाथ गाउँपालिका ८, कालिकोटमा बुबा बल बहादुर शाही र अामा अतिरुपा शाहीका कोखबाट माइलो सन्तानका रुपमा २०४६ साल पौष २५ गते जन्मिएका हिरा बहादुर शाही साहित्यिक स्रष्टामाझ हिरा शाही सुशील नामले चिनिन्छन्। २०६८ सालदेखि नै साहित्य लेखनमा क्रियाशील शाही निकट भविष्यमै साहित्यिक संग्रह ल्याउने तयारीमा छन् । मुशायरामा शाहीले अागो लगाउने कुराको पुष्टि यी केही शेरहरुले पनि दिन्छन् ।

धर्म गरेँ सोच्दै मन्दिरमा बलि चढाउनेहरु, सोचें पाप गर्ने बेला के के गर्छन होला?

छुट्टाउन पर्दैन पिउँदा के जहर के ओखती हो,
यो मैले लगाएको मायामा भएको प्रगती हो।

सन्तुष्ट नहुने भएरै होला सफलताबाट,
मान्छे बारबार सगरमाथा शिखरमा पुग्छ।

बेपत्ता छोरो बर्षौंदेखी घर फर्किएको थिएन।
सायद आमाको परान त्यसैले चुँडिएको थिएन।।

रबिन मगर

मायाले सोधेँ केहि कुरा मैले यो मनसँग
मनले भन्यो तिमी छौं रे यो धड्कनसँग

उजाड लाग्छ जिन्दगीको पहाड पनि
लाली गुराँस चापको श्रृङ्गार नपाएर

पाँचथर जिल्लाको सिवा नगरपालिका वडा नं ६ मा दुई हजार एकाउन्न साल कार्तिक सोह्र गते बुधबार जन्मनु भएका रबिन मगर सायदै यश मुशायराका सबैभन्दा कान्छा शायर पनि हुनुहुन्छ। अामा इन्द्रमाया र बुबा शंख बहादुर राना मगरका जेठा छोरा रबिन हुने बिरुवाको चिल्लो पात भने जस्तै साहित्य लेखनका चार वर्षमै पाँचथरे गजल हस्ताक्षर, खुट्किला, झुल्के घाम, सृजनाका बिस्कुनहरु, सहकार्य, झोर्ले, फूलबारी गरि सातवटा संयुक्त संग्रहमा सिर्जना प्रकाशित छन् भने मञ्जरी थिएटर ग्रुप मलेसिया र अरुण साहित्यिक मञ्च खाँदबारी संखुवासभाद्वारा सम्मानित भइसक्नु भएको छ। हातेमालो राष्ट्रिय गजल प्रतियोगिताका उत्कृष्ट बीस भित्र परेका मगर मुशायराका अर्का मुख्य अाकर्षण हुन्।

आफ्नै जस्तो लाग्छ मलाई साइलीको भट्टी
तर आफ्नो घर भने बिरानो प्रवास लाग्छ

तारा सोमै मगर संकल्प

कसैको दिल जलाउन आगो लगाउनै पर्दैन
बस् मात्र एकपटक मजाले मुस्कुराइ दिनुस्

गुर्भाकोट नगरपालिका ५ सुर्खेतमा बुबा खबिलाल सोमै र अामा रामकली सोमैका जेठा सन्तानको रुपमा २०४९ साल कार्तिक १० गते जन्मिएका तारा सोमै मगर संकल्प मलेसियाली नेपाली साहित्यका अर्का चम्किला तारा हुन्। अाधा दर्जन जति संयुक्त संग्रह प्रकाशित छन् भने त्यतिकै मात्रामा गीति एल्बम पनि छन्। नविनतम अन्दाज समेटेर सशक्त गजल लेख्ने तारा वाचनमा पनि प्रखर वक्ताका रुपमा चिनिएका छन्, मुशायरामा ताराले पक्कै सबै स्रोताको मन जित्ने कुरामा द्विविधा छैन ।

उस्ले बन्दुक देखायो तर म डराएन
डर भन्ने शब्द नै मेरो दिमागमा आएन

बिज्ञानले अनेक सिकायो म सोचिरहेछु
तर मरेको मान्छे बचाउन किन सिकाएन

मलेसियामा पहिलोपटक हुन गइरहेको मुशायरामा यी गजलकारका साथमा देउमान लामा र कोपिला मगरको बेजोड गजल गायन र शान्ति कार्कीको नृत्य समेत रहनेछ। यश कार्यक्रमको संयोजक मलेसियामा नेपाली साहित्य सुरुवात हुदादेखी हालसम्म अनवरत क्रियाशील जीवन देवान गाउँले हुनुहुन्छ भने सहसंयोजक महेन्द्र सिंह रहनु भएको कार्यक्रम सञ्चालन डिल्ली प्रसाद छत्कुलीले गर्नुहुनेछ। मलाया खबर , नेपाल खबर, नयाँ अनलाइन र लेकबेशी खबर यस कार्यक्रमका मिडिया पाटनर रहेका छन् भने कार्यक्रमको भिडियो सोल्टिनी कान्छी युट्युव च्यानलबाट अाउने छ भिडियो निर्माण बालन्द मावोले गर्नुहुनेछ । कार्यक्रम सभ्य तथा भव्य बनोस् हाम्रो तर्फबाट लाखौंलाख शुभकामना ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङ् १ मा , ३ दिनमै १३ लाख बढि भ्यूज (भिडियो)

बिर्तामोड । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो सार्बजनिक भएको ३ दिनमै १३ लाख बढि भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।  आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत...

अस्ट्रेलियामा केकीको विश्वास

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

झापाली समाज युएईका पुर्व अध्यक्ष भण्डारीको बिदाई

आरपी सहयात्री अप्रिल १८,युएई- झापाली समाज युएईले आफ्ना पुर्वअध्यक्ष रोहितकुमार भण्डारीलाई युएईबाट भव्य तरिकाले बिदाई गरेको छ । नेपाली नववर्स २०७६ को अवसरमा गत १२ अप्रिल शुक्रबार झापाली समाज युएईले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिता इजरायलको उपाधी केवाईसी रातोलाई, भिडियो सहित

इजरायल | नयाँ वर्षको अवसरमा इजरायलमा सम्पन्न नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिताको उपाधीमा केवाईसी रातोले कब्जा जमाएको छ । भारतिय टिम दार्जिलिंग युनाइटेडमाथी १-२ को जित निकाल्दै केवाईसी रातोले उपाधी जितेको हो । प्रतियोगिताको पहिलो खेलमा...

अध्यक्षमा कुमार आङ्देम्बेलाई चुन्दै सकियो कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव

इजरायल | किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा तेलअविव इजरायलमा १३ अप्रिल २०१९ (शनिबार) का दिन सम्पन्न भएको छ । साधारणसभाबाट निवर्तमान महासचिव कुमार आङ्देम्बे अबिको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।...

हल्दीबारीमा उद्घोषण तालीम सम्पन्न

बिर्तामोड । महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले झापाको हल्दीबारीमा सञ्चालीत सात दिने आधारभुत उद्घोषण तालीम शनिवार सम्पन्न भएको छ । हल्दीबारी गाउपालीका वडा नम्बर २ स्थित सरस्वती आधारभुत बिद्यालयमा गत चैत्र २४ गते...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

हल्दीबारी दुईमा सात दिने आधारभुत उद्घोषण तालीम शुरु

बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा शनिबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन...

गजल

-कुमार आङदेम्बे अबि पुर्णिमाको रात उज्यालो, जुनले जुन नस्विकारे पछि | पसिनाले भिजेको कमिज, गुनले गुन नस्विकारे पछि | मैले जानी जानी पित्तल भन्नै पर्छ समाजको लागि, पहेंलो सिक्का मुल्यवान, सुनले सुन नस्विकारे पछि | गितकारको गित संगितकारको संगित...

कविता: देश भित्र

आकाशले धर्ति ढाकिन्ने सिमानामा जंगे डाकिन्ने सगरमाथा जस्ता पिलरहरु, रातारात ढालिन्ने छाटिन्ने मदेश असुरक्षा ! बोराका बोरा, सिंहदरबार भित्र बाटिन्ने सम्झौता पत्र पतिङ्गर ! नदि वा खोला बगर, छिमेकीसंग हस्ताक्षर साटिन्ने सत्य बोल्नेको जिब्रो काटिन्ने गरिब आर्य, बाहुन, क्षेत्रि ब्राह्मण नभनिने ! धनि दलित, आदिवासी, जातले नचिनिने ! साशक...