कुराकानी: साना साना कामहरुबाट दमक नगरका हरेक क्षेत्रको सुधार थालेका छौं: नगर उप्रमुख अधिकारी

हाम्रो दमक

२०७३ चैत अघिसम्म पनि एक प्रध्यापक रुपमा चिनिने गीता अधिकारी २०४६ सालमा अखिल नेपाल महिला संघको साधरण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेकी हुन् । शिक्षण पेशा संगसंगै राजनीतिलाई समेत निरन्तरता दिँदै आए पनि स्थानीय तहको निर्वाचन अघि सम्म उनको सार्वजनिक पहिचान भने एक प्राध्यापकको रुपमा थियो । उनले २०४७ साल देखि निर्वाचनको करिब दुई महिना अघि सम्म दमक बहुमुखी क्याम्पसमा अध्यापन गराईन् । उनी क्याम्पसमा सहप्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएकी थिईन् । उनी तीन वर्ष पछिको क्याम्पस प्रमुखको लाईनमा थिईन् । अर्थशाष्त्रको प्राध्यापक भएका सहायक क्याम्पस प्रमुख समेत भई सकेको र २७ वर्ष लगातार प्राध्यापन गरेकाले पनि उनलाई गीता मेडम भन्ने जमात ठुलो छ दमकमा । तर नेकपा एमालेबाट उपप्रमुखको उम्मेद्वार भएर निर्वाचित भएसँगै उनी विल्कुल नयाँ क्षेत्रमा प्रवेश गरिन् । प्रस्तुत छ उनै अधिकारीसँगै नगर उपप्रमुखको एक वर्षको अनुभव तथा बाँकि योजनाका बारेमा गरिएको कुराकानीः

तपाई त शिक्षा क्षेत्रबाट आएर उपप्रमुख बन्नुभयो कस्तो रहयो यो एक वर्षको अनुभव ?

म शिक्षा क्षेत्र बाटनै आएको हुँ । अब ३ वर्षमा क्याम्पस प्रमुख बन्ने पालो पनि आउँदै थियो तर म उपप्रमुख बनेर नगर र जनताको सेवा गर्ने इच्छा लग्यो पार्टीले पनि टिकट दियो त्यसैले शिक्षा क्षेत्र छोडेर यता आएँ । मैले अढाई दशक भन्दा बढि दमक बहुमुखी क्याम्पसमा अध्यापन गराएर शिक्षा मार्फत समाजसेवा गरे । राजनीतिमा पनि समाजसेवाकै लागि आएको हुँ । शिक्षामा मेरो अनुभव र अर्थशाष्त्रको अध्ययनबाट पाएको ज्ञान यो समाजका लागि उपयोग गर्न आएकी हुँ । यो एक वर्षको अवधीमा मैले यहि प्रयास राखे ।

उपप्रमुखको जिम्मेवारी न्यायीक समिति संयोजक भएर पनि काम गर्नु पर्ने छ, न्याय सम्पादनको झनै नयाँ क्षेत्रमा चाँहि के गर्नु भयो ?

उपप्रमुखको कार्य क्षेत्र भनेको अन्य विकास निर्माणका योजना बनाउने, कार्यान्वयन गर्ने, समन्वय गर्ने सँगै न्याय र शिक्षा क्षेत्रको नेतृत्व लिने पनि हो । यस कारण म दमकमा सबैलाई समान न्यायको पहुँचमा पुर्याउँछु भनेर लागेको छु । सबै वडाहरुमा न्यायकालागि न्यायिक मञ्च गठन गरेर यो अभ्यास पनि थालिएको छ । न्यायीक समितिमा पनि एक सय भन्दा बढि उजुरी र मुद्धाहरु परे, यस अवधीमा । धेरै समाधान गरिएको छ । यसबाट सामान्य विवाद समाधानका लागि पनि अदालतनै पुग्नु पर्ने वा अन्याय सहेर बस्नु पर्ने बाध्यता धेरै हद सम्म घटेको महसुस गरेकी छु ।

दमकको न्यायीक समितिमा कस्ता उजुरीहरु बढि पर्ने गरेका छन् ?

उजुरी त धेरै प्रकारका पर्ने गरेका छन् । केहि मुद्धा त अदालतमा लामो समय देखि चलि रहेका पनि परे । मुद्धासँग जोडिएका दुवै पक्षको सहमतिमा अदालतबाट मुद्धा फिर्ता लिएर यहाँ आएका उजुरीहरु माथि छलफल गर्दा दुवै पक्षले न्यायको अनुभूती गरि टुङ्गिएका पनि छन् । प्रकृति हेर्ने हो भने चाँहि जग्गाको सिमाना विवाद, अंशवण्डा, पारिवारीक विवाद, लेनदेन जस्ता उजुरी पनि आउने गरेका छन् । केहि त पुरुषहरु हिंशामा परेका उजुरी पनि आएका छन् । खास गरि बैदेशिक रोजगारीका क्रममा गएका पुरुषका महिलाले सम्पत्ती हिनामिना गर्ने, सम्पत्ती पनि सक्ने र सम्बन्ध विच्छेद खोज्ने जस्ता मुद्धा पनि आए । कतिपय श्रीमान–श्रीमती विचका असमझदारी, बाबुआमा र सन्तान विचका पालन पोषण लगायतका उजुरी पनि आएका छन् । युवतीहरु सामाजीक सञ्जालबाट पीडामा परेको गुनासो पनि आउने गरेका छन् । तर हामीले हाम्रो क्षेत्राधिकार भित्रका बिषय मात्र मेलमिलाप र न्याय निरुपणको काम गर्दै आएका छौं । ईजलासनै सञ्चालन गरेर पनि न्यायीक अभ्यास गरिदै आएको छ ।

आँफै शिक्षा क्षेत्रमा लामो काम गरेको मान्छे, नगरको उपप्रमुख भए पछि नगरमा शिक्षाका क्षेत्रमा चाँहि के गर्नु भयो ?

काम त धेरै गर्नु पर्ने रहेछ । केहि गरियो पनि । सहर भित्र पनि गरिवीको अवस्था निक्कै डरलाग्दो छ । अझै पनि गरिबीकै कारण कतिपय परिवारले बालबालिका विद्यालय पठाएका छैनन् । वडा र टोल टोलमा पुगेर यसको अवस्थाका बारेमा जानकारी लिईएको छ । केहिलाई विद्यालय पनि भर्ना गराईएको छ, नगरपालिकाको तर्फबाट आवश्यक सहयोग पनि प्रदान गरिएको छ । यसै गरि छात्राहरुलाई उच्च शिक्षामा पहुँच अभिबृद्धीका लागि ग्रामिण क्षेत्रबाट उनीहरुलाई क्याम्पस आउन सजिलो होस भनेर बिपन्न परिवार पहिचान गरि एक सय थान साईकल प्रदान गरियो । विद्यालयमा अध्ययन गर्ने किशोरीहरु महिनावारी भएको समयमा विद्यालय आउन नसक्ने अवस्था पाईए पछि हामीले त्यस उमेरका किशोरीहरुलाई लक्षित गरि विद्यालय विद्यालयमा पुगेर प्याड समेत वितरण गरियो । यि कार्यक्रम साङ्केतिक हुन्, पर्याप्त छैनन् । सुधारको प्रयास साना काम बाट थालेका छौं । यसलाई निरन्तरता दिईने छ ।

नगर भित्रशिक्षका समस्या चाँहि के हुन् त?

मैले लामो समय अध्यापन गराउँदा शिक्षा क्षेत्रमा धेरै समस्या देखेको छु, यहाँको समस्या समधान गर्न म कार्यभार सम्हाले देखिनै विषेश महत्व दिएर लागेको छु । यहाँको सामुदायिक विद्यालय र संस्थागतको दुरी धेरै छ । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन । त्यसकारण गरिब जनताहरुले दुख गरेर नीजि विद्यालयमानै पढाउनु पर्ने बाध्यता छ । त्यस कारण म सामुदायिक विद्यालयको गुणस्तर बृद्धिमा ध्यान दिएका छौं, कार्यक्रमहरु पनि सञ्चालन गरियो । दमकका विद्यालय तथा क्याम्पसहरु अपांग र छात्रामैत्री छैनन् । छात्राहरुले महिनावारीको समयमा विद्यालय तथा क्याम्पसनै छाड्नु पर्ने अवस्था छ । त्यसकारण म ५ वर्ष भित्रमा प्रत्येक विद्यालयमा सेनेटरी प्याड सहितको शौचालय बनाउँन पहल गर्छु, यस तर्फ लागि पनि सकेका छौं ।

तर कतिपय विकास निर्माणका योजनाहरु त सुस्त भयो भन्ने नागरिकको गुनासो छ नि ?

दमकलाई नियाल्ने हो भने बिगतमा भन्दा द्रुत गतिमा काम भई रहेका छन् । काँहि काँहिको हकमा हेर्ने हो भने नगरपालिकाको तर्फबाट मात्र योजनाहरु कार्यान्वयन भई रहेका छैनन् । बिभिन्न निकायबाट योजनाहरु कार्यान्वयन हुने भएकाले केहि केहिमा ढिलाई भएको हुन सक्छ । तर हामीले नगर भित्र जसले सञ्चालन गरेको भए पनि योजनालाई निर्धारित समयमानै पूरा गरिनु पर्छ भन्ने कुरालाई ध्यानमा राखेका छौं । त्यसैले त हामीले गत आर्थिक वर्षमा पनि विकास निर्माणका योजनाहरुको अनुगमनलाई सघन रुपमा सञ्चालन ग¥यौं । हामीले १ सय ३५ भन्दा बढि योजनाहरुको अनुगमन गरियो । अनुगमनका क्रममा के पनि पाईयो भने केहिमा प्राविधिक कारणले ढिलाई, केहिमा उपभोक्ता समिति विचको समान्जस्यता जस्ता कारण पनि देखियो । सुधार गर्नु ठाउँमा तुरुन्तै सुधार गर्न भनेका छौं, हामीले गर्नु पर्ने ठाउँमा स्पटबाटनै सुधार गरिएको छ ।

तपाई त अर्थशास्त्र पढाउने प्राध्यापक आर्थिक क्षेत्रमा के छ योजना ?

हामी दमकलाई मास्टर प्लान बनाएर अघि बढाउँदैछौं । म अर्थशास्त्रको विद्यार्थी र प्राध्यापक पनि भएका कारण मेरो क्षमता यहाँको आर्थिक विकासमा उपयोग गर्ने छु । दमक १० मा बन्न लागेको औद्योगिक पार्कलाई ब्यवस्थित गर्दै यहाँ युवालाई रोजगारीको अवसर प्रदान गर्न हामी सहकार्य गर्ने छौँ । दमकमा ब्यवस्थित कर प्रणाली लागु गरेर दमकलाई समृद्ध बनाउने हाम्रो योजना छ । ब्यवसायिक र प्राविधिक शिक्षाको कमिले युवाले रोजगार नपाएका हुन । त्यसकालागि प्राविधिक र ब्यवसायिक शिक्षामा जोड दिनु पर्छ । यसका लागि सम्भाव्यता अध्ययन भएको छ । अब हामी शिक्षा मात्र होईन गुणस्तरीय र आत्मनिर्भर बनाउने शिक्षा तर्फ उन्मूख भएका छौं ।

दमक त प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गृह नगर । यहाँ औद्योगीक पार्क, भ्युटावर, संसारकै अग्लो बुद्धमूर्ती सहितको पार्क, नेपालकै ठुलो सभागृह जस्ता योजनाहरुको चर्चा भई रहन्छ, तर कार्यान्वयनको परिणाम नदिएको गुनासो छ नि ?

हो, प्रधानमन्त्रीको गृहनगर भएकाले पनि सवैको चासो हुनु स्वभाविक हो । तर यि बृहत योजनाहरु फिल्डमा कार्यान्वयनमा आउनु पूर्व धेरै प्रकृयाहरु पूरा गर्नु पर्छ । त्यसैले केहि समय लागेको वा ढिलाई भएको जस्तो लाग्छ सक्छ । तर सवै योजनाहरुको प्रकृया चलि रहेको छ । औद्योगीक पार्कका लागि जग्गा अधिग्रहण गरि मुआव्दा दिने चरणमा पुगेको छ । भ्युटावरका लागि जग्गाधनी प्रमाण पूर्जा प्रधानमन्त्रीलाई हस्तान्तरण भई सकेको छ । बुद्धमूर्ती निर्माणका लागि थप जग्गा व्यवस्थापनको काम भई रहेको छ । सभागृह तिव्र गतिमा निर्माण भई रहेको छ । त्यसैले ढिलाई भईको छैन, सवै योजनाहरुको काम आन्तरीक रुपमा भई रहेको छ ।

यो पनि हेर्नुहोस,

शतप्रतिशत साक्षर नगर बनाईने छ: गीता अधिकारी

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कुराकानी बाट अन्य

कुराकानी: हाम्रो असन्तुष्टि सरकार संग हैन उसको ब्यवहारसंग हो: बहुल राष्ट्रिय मोर्चा लिम्बुवान अध्यक्ष

पूर्वी जिल्ला ताप्लेजुङको श्री जङ्गा गाउँपालिका खेबाङमा बुवा स्व. तिल विक्रम साम्यो र स्व बिमला खेबाङ (साम्यो) को कोखबाट कान्छो सन्तानका रुपमा जन्मिएका लाजेहाङ साम्यो विगत १२ वर्ष देखि राष्टी«य मुक्ती आन्दोलनमा आवद्ध छन...

कुराकानी: उर्लाबारीबासीहरुको माझमा चिरपरिचित युवा व्यवसायी विनोद न्यौपाने

व्यवसायसँगै सामाजिक कार्यमा पनि क्रियाशिल न्यौपाने आगामी भदौ ९ गते हुन गईरहेको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । उर्लाबारी नगरीमा २०५९ जेठ ६ गतेदेखि महालक्ष्मी मेसिनरी कन्र्सन सञ्चालन गरी...

‘लागूऔषध तपाई हाम्रै समस्या भनेर बुझनुपर्छ’

  कुमार गुरुङ लागूऔषध विरुद्धको सामाजिक अभियानकर्मी हुन् । झापाको दमकलाई कार्यथलो वनाएर विगत दुई दशक बढी समयदेखि यस क्षेत्रमा काम गरिआएका गुरुङ दमकको हेप्पी नेपाल विसडम फाउण्डेशनका अध्यक्ष हुन् । लागूऔषधका पूर्व प्रयोगकर्ता र स्थानीय...

‘मदिरा व्यवसायलाई मर्यादित बनाउन खाँचो छ ’

–प्रेमकुमार पाण्डे दमकका व्यवसायी माझ परिचित नाम हो । सानै उमेरदेखि व्यवसायमा संलग्न उहाँ झापा , माइपश्चिम क्षेत्रका मदिरा व्यवसायीहरुको व्यवसायीक संगठनको नेतृत्व गरिआउनुभएको छ । मेची मदिरा व्यसायी संघ माइपश्चिम झापाका अध्यक्ष पाण्डे...

‘सरकारले नवनाए,जनस्तरबाट रंगशाला बनाउछौं’

हुकुमसिंह राई –झापाको राजनीतिक तथा सामाजिक क्षेत्रमा चिनिएको नाम हो । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा राई झनै चिनिए,लोकप्रिय बने । कारण थियो, झापा, कमल गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट प्रत्यासी राईले प्रतिष्पर्धीसंग...

राजनितिक आस्थाको आधारमा न्यायमा कसैलाई विभेद गरिने छैन: उपाध्यक्ष भुर्तेल

मीरा भुर्तेल राजनीतिमा एक इमान्दार नेतृका रुपमा परिचित नाम हो । राजनीतिमा लागेर सामाजिक गतिविधिमा क्रियाशिल भुर्तेल लामो समयको राजनीतिक तथा सामाजिक गतिविधि, जनताको पक्षमा सदैव उभिने चरित्रले गर्दा इमान्दार नेतृको छविले चिनिएकी हुन्...

यो वर्षको प्राथमिकता शिक्षा र स्वास्थ्य-बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेल

बुद्धशान्ति । संघीयता कार्यान्वयनका लागि ३ तह ( स्थानीय निकाय, प्रदेश र केन्द्र सरकार ) को निर्वाचन सम्पन्न भएर देश नयाँ स्वरुपबाट सवृद्धिको बाटोमा लम्किएको छ । केन्द्रीकृत शासन प्रणाली अव विकेन्द्रीकरणको माध्यमबाट सञ्चालन भएको...

म लिम्बूलाई नेपाल बचाउन हिन्दू राष्ट्र चाहियो: राजेन्द्र लिङ्गदेन, भिडियो कुराकानी सहित

नेपाली जनताको मतलाई प्रतिशतमा भाग लगाउदा १९ प्रतिशतसम्म मत पाएको राप्रपा पार्टी आज स्थानीय, प्रादेशिक र प्रतिनिधि सभाको निर्बाचनसम्ममा आइपुग्दा कहाँ छ भनेर खोज्नु पर्ने अवस्थाको सिर्जना भएको छ । अब जनताको बुझाइमा राप्रपाको मटियामेट...

एमाले गरिखाने पार्टी हो, तर प्रचण्ड घुसेपपछि…’ हेर्नुहोस भिडियोमा लोकेन्द्र बिष्ट मगर संगको कुराकानी

काठमाडौं । कुनै बेला माओवादीका जुझारु नेताको रुपमा चिनिने लोकेन्द्र बिष्ट मगर अचेल निस्क्रिय छन् । माओवादी केन्द्रको पछिल्लो गतिविधिबाट निराश बनेका मगर ‘पार्टीले गलत लाईन लियो’ भन्दै असन्तुष्ट बने । रोचक त के भने, पार्टी अध्यक्ष...

दमक वाणिज्य संघका अध्यक्ष ढकाल भन्छन, दमक महोत्सव परिचय र प्रर्बधनकालागि हो

दमक उद्योग वाणिज्य संघले यहि पुष २७ गते देखि शुरुहुने दमक महोत्सवको तयारीमा जुटेको छ । स्थानीय क्षेत्रको कृषि, औद्योगीक तथा व्यवसायीक प्रवद्र्धनका लागि आउदो माघ ९ गते सम्म महोत्सव संचालन हुदैछ । दमक...