लोकसेवा आयोगले खुलाएको विज्ञापनमा दरखास्त नै परेन !

हाम्रो दमक

काठमाडौं । लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल खुलाईएको विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिता अन्तर्गतको छ । एक खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् ।

अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोगले जनाएको छ । जसमा अधिकांश स्वास्थ्य सेवा क्षेत्रका विज्ञापनमा दरखास्त परेका छैनन् ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार शिक्षाशास्त्र पढेकाबाट आएको दरखास्तले भने मान्यता नपाउँदा खाली हुन गएको हो । उक्त विषय भारतमा पढाइ हुन्छ । नेपालमा शिक्षा सङ्कायतर्फ स्वास्थ्यको पढाइ हुने गरे पनि मन्त्रालयको स्वास्थ्य सेवा ऐनले मान्यता नदिएकाले दरखास्त नपरेकामध्ये ५८ विज्ञापन स्वास्थ्य क्षेत्रका छन् । अधिकांश माथिल्लो तहमा खाली छ ।

केही इञ्जिनियर, टाइपिष्ट, अमिन, अपरेटर, पशु स्वास्थ्यलगायत पदका विज्ञापन खाली रहे । चिकित्सक क्षेत्रका नवौं र एघारौं तहका बढी छन् । आयोगको केन्द्रीय कार्यालय अन्तर्गतका ६८ विज्ञापन र धनकुटा, हेटौंडा, पोखरा र जुम्ला कार्यालयका तीन तीन विज्ञापनमा दरखास्त परेन ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पर्यटन/रोजगार बाट अन्य

कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको भन्दै खारेजीको माग

काठमाडौं। कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ । सोमबार  समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा...

अटिजम र रक्तदानबारे सचेतना फैलाउँदै साइकल यात्रा

तेह्रथुम, १९ कात्तिक । प्रदेश १ र २ का पर्यटकीय गन्तव्य र सम्भावनाहरुको अध्ययन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्य सहित पोखराका एक युवा साइकल यात्राका क्रममा तेह्रथुम पुग्नुभएको छ । उदयपुरबाट यात्रा सुरु...

सुरज वैद्यलार्इ भ्रमण बर्षको संयोजक बनाईएकोमा पर्यटन व्यवसायी असन्तुष्ट

काठमाडौँ । सरकारले ‘नेपाल भ्रमण बर्ष २०२०’ को राष्ट्रिय संयोजकमा व्यवसायी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट वैद्यलार्इ राष्ट्रिय संयोजकमा नियुक्त गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका...

थाइल्यान्डमा हप्ताको २८ उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल र थाइल्यान्डबीचको दुईपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ । सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौतामा बिहीबार पुनरावलोकन भएको हो । थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति पर्यटन...

सरकारले २० लाख पर्यटक भित्र्याउन छनोट गर्यो एक सय नयाँ गन्तव्य

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ। सरकारले यसबर्षको बजेटमार्फत नै नयाँ सय गन्तव्य छनोटका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। मन्त्रालयले...

अब जापान जान चाहानेलाई खुशीको खबर, अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौं । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था...

मंसिरपछि खुल्दै लोकसेवा आयोगको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारलाई सहज होस् भनेर लोकसेवा आयोगले विज्ञापन खुलाउन दुई महिना ढिला गरेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षातकारमा उनले इतिहासमै पहिलोपटक सरकारलाई सहज होस् भन्ने आशयका...

सडक बनेपछि संकटमा ‘राउण्ड अन्नपूर्ण ट्रेक ‘, सात दिनमै सकिन्छ २१ दिन लाग्ने पदमार्ग

काठमाडौँ। पदमार्गमा सडक अतिक्रमणले गर्दा २१ दिन पैदल यात्रा गर्न मिल्ने लाग्ने राउण्ड अन्नपूर्ण ट्रेकको अस्तित्व धरापमा परेको छ । एकातिर देशमा संघीयता लागू भएपछि त झन स्थानीय सरकारले काम भनेको सडक मात्रै हो...

नेपालमा सीपविकास कार्यालय खोल्दै कतार,एकीकृत सेवा प्रदान गरिने

काठमाडौं। नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी सो...

ठुटेवर संरक्षण तथा विकास समितिको अध्यक्षमा पौड्याल

शान्तिनगर । झापा बुद्धशान्ति ६ शान्तिनगरमा रहेको ठुटेवर विकास तथा संरक्षण समितिको शिव कुमार पौड्यालको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । ऐतिहासिक महत्व बाकेको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबरको विकास तथा...