नेपाल र थाइल्यान्डबिच ४७ वर्षपछि नयाँ हवाई सम्झौता हुँदै

हाम्रो दमक

काठमाडौँ। नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि हवाई सेवा सम्झौता हुने भएको छ । दुई देशबीच सन् १९७१ मा भएको हवाई सम्झौता हालसम्म पनि पुनरावलोकन हुन सकेको थिएन ।

कात्तिक १५ र १६ गते बैंककमा हुने बैठकमा दुई देशबीचको पुरानो सम्झौतालाई विस्थापन गर्दै नयाँ हवाई सम्झौता हुन लागेको हो । विगतमा भएको सम्झौताअनुसार सातामा १० वटामात्रै उडान गर्न पाउने दुईपक्षीय सम्झौता थियो ।नेपालले हालसम्म ३८ देशसँग हवाई सम्झौता गरिसकेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले यसबारे स्पस्ट पार्दै भने – “हामीले सातामा २१ वटा उडान गर्नेगरी सम्झौता गर्न लागेका छौं।”

पुरानो सम्झौता भएकोले नयाँ विषयहरू पनि थप गर्नुपर्ने भएको लामो प्रयासपछि नयाँ सम्झौतामा पुग्न लागेको हो । थाइल्यान्डबाट थाई एयरवेज र थाईलाइन एयरले उडान गर्दै आएका छन् भने नेपालबाट नेपाल वायुसेवा निगमले उडान भर्दै आएको छ ।

नेपालबाट हिमालय एयरलाइन्सले पनि उडान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । अर्को बर्षबाट संचालनमा आँउन लागेको गौतम बुद्ध अन्तराष्ट्रीय विमानस्थलबाट समेत ७ उडान गर्ने गरि सातामा २१ वटा उडान को लागि सम्झौता गर्ने तयारि गरिएको छ। गौतम बुद्ध अन्तराष्ट्रीय विमानस्थलको लगभग ५५ % निर्माण कार्य सम्पन्न भैसकेको छ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

नेप्से भन्छ -‘कारोबार रकम तलमाथि परेको भन्ने हल्ला मात्रै हो’

काठमाडौं, २६ कार्तिक । नेपाल स्टक एक्सचेञ्जले कारोबार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोबार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालकोमा देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको...

पेट्रोल पम्पमा अाँखाले नदेखिने र सिस्टमले पत्तो नपाउने सफ्टवेयरबाट हुन्छन अत्याधुनिक ठगि !

काठमाडौं । पेट्रोल पम्पहरुले अत्याधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ। डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने अत्याधुनिक सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा प्रतिलिटर ३\४ प्रतिशत सम्म...

विद्युत प्राधिकरण भन्छ -‘नयाँ उद्योगलार्इ विजुली दिन सक्दैनौं’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ आउने र क्षमता विस्तार भएका उद्योगलार्इ विजुली दिन नसक्ने जानकारी दिएको छ। अव वारा-पर्सा, विराटनगर, भैरहवा लगायतका औद्योगिक करिडरमा स्थापना हुने उद्योगलार्इ तत्कालै विजुली पाउने छैनन्। प्राधिकरणले विद्युत नदिएका...

गौरीगञ्जमा भन्सार कार्यालय स्थापना हुने

गौरीगञ्ज ,२६ कार्तिक । झापाको गौरीगञ्जस्थित आठ्मौजा छोटी भन्सार कार्यालय स्तरन्नति हुने भएको छ ।  गौरीगञ्ज गाँउपालिका वडा नँ ५ स्थित फत्तेपुर नाकामा भन्सार कार्यालय स्थापना हुने भएको हो । सो कार्यालय स्थापनाका लागि...

काराेबार खुलेको पहिलो दिन नै नेप्सेमा उच्च गिरावट !

काठमाडौं। तिहारपछिकाे काराेबार खुलेको पहिलो दिन नै नेप्से परिसूचक र कुल कारोबारमा उच्च गिरावट आएको छ।आईतबार नेप्से परिसूचक आज १७.३१ अंकले घटेर १२ सय ५.२२ कायम भएको छ। कूल कारोबार तर्फ भने ९ करोड ९४...

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ ।  व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको...

यस्तो छ आजको बिदेशी मुद्राको खरिददर र बिक्रिदर

काठमाडौँ,२५ कार्तिक । नेपाल राष्ट्र बैंकले आईतबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ . ६९ र बिक्रिदर ११६ . २९ रहेको छ । यूरो एकको खरिददर १३१ .३० र बिक्रिदर १३१...

जनताबाट लिएको कर जनतालाई नै अनुदान दिईन्छ,धनीहरुले रकम बाँडे जस्तो होईन : अर्थमन्त्री

बिर्तामोड। अर्थमन्त्री डा. युवराज खतिवडाले जनताबाट लिएको कर जनतालाई नै अनुदान दिइने बताएका छन् ।झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रि खतिवडाले करबाटै रकम संकलन गरेर युवालाई व्यवसायीक बनाउन अनुदानमा रकम दिन लागेको बताएका...

अलैँची सखाप भएपछि निरास बन्दै भोजपुरका किसान

भोजपुर। अलैचीलाई आम्दानीको मुख्य श्रोतको रुपमा लिएर व्यावसायीक खेतीमा लागेका भोजपुरका अलैची कृषक निरास वनेका छन् । गाँना कुहिने, पात डढ्ने तथा फल नलाग्ने जस्ता कारणले अलैंची सखाप भए पछि किसान निरास वनेका हुन्...

तिहारको समयमा ढाका कपडाको कारोवारमा बृद्धि

तेह्रथुम । जिल्लामा तिहारको समयमा ढाका कपडाको कारोवार बृद्धि भएको छ । चिनो आदान प्रदान गर्ने चाडको रुपमा मानिएको तिहारमा अरु समय भन्दा धेरै ढाकाको कारोबार बढेको हो । ढाकाको राजधानी भनेर चिनिएको तेह्रथुमको म्याङलुङ,...