साझाको विद्युतीय बस चढेर अाेलीले भने, ‘अब चुल्हाेचुल्हाेमा बिजुलीकाे पाइप पुर्याउँछाैं’

हाम्रो दमक

काठमाडाैँ । साझा यातायातले दुई विद्युतीय बसको सेवा मंगलबारदेखि सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मुख्यालय पुल्चोकमा बेलुन उडाएर इलेक्ट्रिक बस सेवा आरम्भ गरेका हुन्।

जैविक इन्धनको प्रयोग घटाउँदै विश्व इलेक्ट्रिक उपकरणतर्फ गइरहेको सन्दर्भमा साझाले नेपालमै पहिलो पटक इलेक्ट्रिक सार्वजनिक बस आरम्भ गरेको हो। चिनियाँ कम्पनी बिवाइडीका ती बसहरू एशियाली विकास बैंककाे सहयाेगमा पर्यटन मन्त्रालयले साझालार्इ प्रदान गरेकाे हो।

कार्यक्रममा प्रधानमन्त्री अाेलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना समेत सार्वजनिक गरे। विद्युत प्राधिकरणले २० ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री अाेलीले उर्जामा अबकाे भविष्य विद्युत केन्द्रित हुने बताए।

‘मैले पहिलाे पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यासकाे पाइप लाइन भनेकाे थिए। यी तीन वर्षमा धेरै समय परिवर्तन भइसक्याे’, प्रधानमन्त्री अाेलीले भने, ‘अब चुल्हाेचुल्हाेमा बिजुलीकाे पाइप पुर्याउँछाैं।’

कार्यक्रम सकिएपछि प्रधानमन्त्री अाेली, अर्थमन्त्री डा.युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत साझाको विद्युतीय बस चढेर पुल्चाेकदेखि सिंहदरबारतर्फ लागेका थिए।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

सामुदायिक भवन निर्माणका लागि महायज्ञ

दमक,८ माघ । झापाको दमक–१० स्थित सेतुमारीमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएकोेछ । यहि माघ १० गतेदेखि शुरु हुने सो महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...