दशैंमा आगोले खायो घर, सारा सम्पति जल्यो

घर आइपुग्दा सिंगो घर नै भुंग्रो अगेनो लाग्यो, उनी भन्दै थिए ।

मेघराज तामाङ

संखुवासभा ।  सभापोखरी गाउँपालिका २ धुपूका चक्र बहादुर भट्टराई विगत वर्षहरुझैं दशैं मनाउने तयारीमा थिए । तर उनको दशैं उस्तै नबनेर दशामा परिणत भयो ।

सोमबार जिल्ला अस्पताल खाँदबारीको शैयामा घाइते छोराको साथमा आएका भट्टराईको अष्टमीका दिन घर संगै सारा सम्पति जल्यो ।स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि ५ वर्षिय छोरा विशाल लिएर चक्र बहादुर जिल्ला अस्पताल आएका हुन् । डेढ वर्षिय बहिनीलाई आगोबाट बाहिर निकाल्ने क्रममा बिशालको दुवै खुट्टामाआगोले क्षति पु¥याएको थियो ।

चक्र बहादुरले भने, नलाग्नु दशा लाग्यो, धन सम्पत्ति पनि जले,छोराछोरी कुशलै पाएकोमा खुशी पनि छु । आगलागी कसरी भयो कसैलाई थाहा भएन, घरमा दुई छोरा र एक छोरी थिए । आफू दशैं लिन गाउँतिर, श्रीमती घाँस काट्न गएका थिए । घर आइपुग्दा सिंगो घर नै भुंग्रो अगेनो लाग्यो, उनी भन्दै थिए ।

अहिले दाजुकोमा शरण लिएका छौं । छोरो छिट्टै ठिक होला, उनले आशा व्यक्त गरे । आगलागी भएकै दिन छरछिमेकबाट ७ हजार रकम सहयोग उपलब्ध भएको उनले बताए । यो रकमले नानीहरुलाई कपडा फेर्न मात्र पुग्यो । दोस्रो पटक ७ हजार रुपैंया जुटेको सहयोगले आज

सम्म पुग्यो, अब छोराको उपचारमा रकम अभाव होला भन्ने चिन्ता थपिएको छ, उनले दुखेसो पोखे । भट्टराईको घरसंगै सारा सम्पति जलेपछि उनको परिवार विचल्लीमा परेको छ । विभिन्न संघ संस्था र दाताहरुको सहयोग अपेक्षामा छु उनले भने ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

भेटिएको पैसा सम्बन्धित धनीलाई फिर्ता

विर्तामोड ,८ माघ । झापा अर्जुनधारा ३ का ३७ वर्षिय अटो रिक्सा चालक कमल ढुंगेलले भेट्ेको पैसा सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । इलाम, रोङ्ग गाँउपालिका २ घर भएका खसी व्यापारी प्रदिप सुन्दासको हराएको व्यागसहितको...

वेवारिसे शव फेला

दमक,८ माघ । झापाको दमकमा मंगलवार दिउँँसो एक जना वेवारिसे महिलाको शव फेला परेको छ । दमक ७ स्थित वसपार्कको यात्रु प्रतिक्षालयमा अन्दाजी ६५ बर्षिया जस्तो देखिने तराई मुलका महिलाको शव फेला परेको इलाका...

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

अपाङ्गता भएकालाई न्यानो कम्वल वितरण

गौरीगंज ७, माघ । गौरीगंज गाउँपालिका वार्ड नंं. ४ ले एक कार्यक्रमको आयोजना गरी अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं ४ ले आफ्नो सिलिङ्ग बजेटबाट लक्षित वर्गको बजेट...