आजदेखि निजी कम्पनीले ‘स्मार्ट लाइसेन्स’ छाप्ने

स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ।

हाम्रो दमक

काठमाडौं ।  स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ।

पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प कोइरालाले लेखेका छन्।

यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न लागेको विभागका प्रवक्ता उपाध्यायले बताए।

‘स्मार्ट कार्डमा समावेश गरिने गत जनवरीदेखि यताको आवश्यक विवरण मालिकालाई दिइसकेका छौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘उसले ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिनुपर्नेछ।’

विभाग आफैले पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टिङ प्रेसको प्राविधिक सहयोगमा विभागले कार्ड छपाइ गर्दै आएको थियो । विभागले गरिरहेको प्रिन्टिङ पनि चालू नै रहने प्रवक्ता उपाध्यायले बताए।

पाँच लाखले पाएका छैनन् स्मार्ट कार्ड
सवारीचालक अनुमतिपत्र लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका छैनन् । स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन्।

नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै लिनुपर्ने नियम छ । पुराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन्।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

पत्रपत्रिकाबाट बाट अन्य

विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा १० अर्ब रुपैयाँ घोटाला

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण नेतृत्वको मिलेमतोमा राज्यलाई तिर्नुपर्ने १० अर्ब रुपैयाँ घोटाला भएको छ । नेपालका गन्यमान्य उद्योगी व्यावसायीले सञ्चालन गरेका विभिन्न १० उद्योगले तिर्नुपर्ने अर्बौ रकम नतिरेपछि राज्यकोषमा जम्मा हुनुपर्ने १० अर्ब...

भेटियो ३३ किलो सुन, के त्यो सुन चर्चित ‘गोरे’ काण्ड कै हो त !

काठमाडौं | सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि...

प्रधानन्यायाधीशमा फेरि यसअघि अस्वीकृत दीपकराज जोशी सिफारिस !

काठमाडाैं | संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई...

नयाँ सम्झौताकाे १ महिनामै मलेसियाले भन्यो- ‘कामदार पुरानै संयन्त्रबाट!’

काठमाडाैँ । श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले...

अझै खुलेन लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको...

प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा !

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् । बढूवा रोकेर अवकाश दिन लागेको...

नेपाल प्रहरीको पनि समायोजन गर्ने यस्तो तयारी

काठमाडौँ। सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ...

पुर्वराजाका अतिगोप्य ९ वटा कक्ष सर्वसाधारणका लागि खुल्दै !

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्र कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालय अन्र्तगत गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । लामो...

मन्त्रिपरिषद्का निर्णय गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन्...

गुटगत स्वार्थका कारण विघटनको संघारमा नेविसंघ

काठमाडौं । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकुल बनाउन सक्रिय रहँदा संघको...