परिवर्तन हुँदै काठमाडौं उपत्यकाका सार्वजनिक सवारीका रूट

हाम्रो दमक

काठमाडौं । यातायात व्यवस्था विभागले अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै काठमाडौं उपत्यकाको सवारी जाम नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो सहरी यातायात परियोजनाले नयाँ रूट सिफारिस गरेको छ। तिनै नयाँ रुटमा यातायात सञ्चालन गराउने विभागले तयारी थालेको छ।

उक्त परियोजनाले हालका २ सय बढी रूटलाई मिसाएर ६६ रूटमा सिमित गर्न सुझाव दिएको छ। सोहीअनुसार विभागले आगामी पुसदेखि संचालनमा ल्याउने तयारी गरेको हो ।

पैदल यात्रु हिड्ने बाटो, ट्राफिक लाइटदेखि पुलसम्म बनाउनेगरी आएको उक्त परियोजनाकै सहयोगमा गोंगबुदेखि सिनामंगलसम्मको पाइलट रूट सञ्चालन भइसकेको छ।

परियोजनाले सिफारिस गरेका रूट तीन प्रकारका रहेका छन्। जसमा रूटअनुसार ठूला, मध्यम र साना सवारी गुड्नेछन्।प्राथमिक रुटमा ठूला गाडीमात्र गुड्ने छन् भने अन्य दुई रुटमा मध्यम र साना सवारी चल्नेछन्।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

नालीमा डुवेर बालिकाको मृत्यु

दमक,२६ कार्तिक । पानीको नालीमा डुवेर झापाको दमकमा एक बालिकाको मृत्यु गएको छ । दमक ५ मा डेरा गरि बस्ने शनि शाहको ४ बर्षिया छोरी शञ्चला शाहको सोमबार दिउँसो दिउँसो स्थानीय कामक्षा होटल मार्गको सडक...

आगलागी पीडित जोगीलाई रेडक्रसको राहत

पाडाजुंगी , २६ कार्तिक । झापाको कमल गाँउपालिका वडा नम्बर ५ चाँजुका आगलागी पीडित तिलक बहादुर जोगीलाई रेडक्रसले राहत सामाग्री दिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले कम्बल,त्रिपाल,...

विष्णुकठ्ठा युवा परिवारको देउँसीभैली समापन

गेउरिया,२६ कार्तिक। कमल गाँउपालिका ७ स्थित मेमेङ्ग टोलमा रहेको विष्णुकठ्ठा युवा परिवारले देउँसीभैलीको आयव्यय सार्वजनिक गरेको छ । कलाकार टोलीलाई प्रंशसा पत्र प्रदान गरिदै आयोजक संस्थाले देउँसीभैलीबाट संकलित रकम सार्वजनिक गर्नुका साथै कलाकार टोलीलाई प्रंशसापत्र प्रदान...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...

नवजात शिशुको संरक्षण प्रदान

बिर्तामोड । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको...

तेस्रो खुल्ला फुटबलको उपाधि बिहारटोला भारतलाई

बिर्तामोड । कुर्माली सेवा समाजद्वारा आयोजित तेस्रो खुल्ला फुटबल प्रतियोगिताको उपाधि बिहारटोला भारतले जितेको छ । बिर्तामोड ३ स्थित धौंला पुल नजिकको मैदानमा भएको प्रतियोगितामा महेशपुर झापालाई टाईबे्रकरमा ८—७ गोलको अन्तरले हराउँदै बिहारटोला भारतले उपाधिसंगै...

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौं  । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख...

आखिर के हुँदैछ नेकपाको बाँकी एकता ?

काठमाडौंँ। दुई पार्टी एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रियालाई टुंगो लगाउन कार्यदल गठन गरिसकिएको छ। गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...