स्पेनिस ला लिगा फुटबलमा तीन साताका लागि मैदानबाट बाहिरिए मेस्सी

हाम्रो दमक

काठमाडौँ। स्पेनिस ला लिगा फुटबलको आइतबारको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले सजिलो जित हात पारे पनि आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई भने केही समयका लागि गुमाउनु परेको छ। बार्सिलोनाले घरेलु मैदानमा सेभिललाई ४—२ गोलले हराएको उक्त खेलमा अर्जेन्टिनी खेलाडी मेसीको हात भाँचिएको थियो।

मेसीको दायाँ पाखुराको हड्डी भाँचिएको बार्सिलोनाले जनाएको छ। बार्सिलोनाका अनुसार मेसी करिब तीन साता मैदान बाहिर रहनेछन्। सोही कारण ला लिगाको ‘एल क्लासिको’ मा पनि मेसी अनुपस्थित रहनेछन्। बार्सिलोनाले आगामी आइतबार चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग खेल्ने कार्यक्रम छ। मेसीलाई सेभिलका आक्रामक मिडफिल्डर फ्रान्को भाजक्वेजले लडाएका थिए। फ्रान्को पनि अर्जेन्टिनाकै खेलाडी हुन्। मेसीले २६औं मिनेटमा खेल छाडेका थिए।

घाइते भएर मैदान छाड्नुअघि मेसीले खेलको १२औं मिनेटमा गोल पनि गरेका थिए। बार्सिलोनाका लागि पहिलो गोल भने खेल सुरु भएको दोस्रो मिनेटमै फिलिप कोउटिन्होले गरेका थिए। कोउटिन्होले पनि मेसीकै पासमा गोल गरेका थिए। ३१ वर्षीय मेसी च्याम्पियन्स लिगको इन्टर मिलानविरुद्घको खेलमा पनि अनुपस्थित रहनेछन्। ६३औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३—० को अग्रता दिलाएका थिए।

यसैगरी ७९औं मिनेटमा पाब्लो साराबियाले जवाफी गोल गर्दै सेभिललाई ३—१ को स्थितिमा ल्याए। निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि इभान राकिटिचले बार्सिलोनाका लागि चौथो गोल गरे। खेलको अन्तिम समयमा सेभिलका लागि लुइस मुरियलले दोस्रो गोल गरेका थिए।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

नेपालको लगातार चौंथो जित, समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ।जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना...

झापा फाल्गुनन्द गोल्डकपको च्याम्पियन

फिदीम,३० पुस । झापा ११ एफसी फिदिम आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । यो जीतसँगै झापाले यो सिजनको पहिलो उपाधि चुमेको हो । सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा...

‘रेलिगेशन’ बिनाको लिगले घटाएको नेपाली फुटबलको रौनक

काठमाडौँ, २७ पुस | गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभएको थियो, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग...

गोरखा कम्व्याटले आर्मीका लागि तालिम सञ्चालन गर्नेे

दमक,१७ पुस । महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ । दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम...

नेपाल र युएईबिचको एकदिबसीय खेल माघ ११ गतेबाट

काठमाण्डौ । युएईसंगको एक दिबसीय र ट्वान्टी २० सिरिजका लागी २० सदस्सिय प्रारम्भीक नेपाली टोलीको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा घोषणा गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल, अबिनाश बोहोरा, बसन्त रेग्मी, बिक्रम शोब, बिनोद भण्डारी...

बुद्धिचाल छनौट प्रतियोगिता दमकमा सम्पन्न

दमक | आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नंबर प्रदेश बुद्धिचाल छनौट प्रतियोगिताको लागि झापा जिल्ला फिडे रेटिंग बुद्धिचाल छनौट प्रतियोगिता आइतबार सम्पन्न भएको भएको छ। दमक स्थित सप्तश्री एकाडेमी को हलमा भएको प्रतियोगिता पौष...

खेलकुद मन्त्रालयका सचिवद्धारा रङ्गशाला र कभर्ड हल निर्माण गरिने जग्गाको निरीक्षण

मेचीनगर । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माण गरिने दमकस्थित जग्गाको आइतबार निरीक्षण गरेका छन् । सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धि...

झापासहित देशभरि हुने गोल्डकपको मिति तय

दमक,२८ मंसिर । अखिल नेपाल फूटवल संघले (एन्फा ) देशभरि मोफसलमा सञ्चालन हुने गोल्डकप फूटवल प्रतियगितालाई व्यवस्थित सम्पन्न गर्न खेल मिति तोकेको छ । राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक एवं एन्फाका उपाध्यक्ष कृष्ण थापा नेतृत्वको...

माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता

मेचीनगर । माघको पहिलो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता मेचीनगरमा हुने भएको छ । आयोजक लोकतान्त्रिक खेलकुद संघ मेचीनगर समितिले काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता गर्न लागेको बुधबार जानकारी दिएको छ । संघका अध्यक्ष...

दमकमा छात्रा विद्यार्थीहरुलाई आत्मरक्षा तालिम

दमक,२४ मंसिर । महिलाहरुका लागि दमकमा आज सोमबारदेखि महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । दमक ५ वडा कार्यालयको आयोजना तथा केआइएफ कुरोदय मार्शल आर्टस संघ झापाको प्राविधिक सहयोगमा एक हप्ते तालिम...