यस्ता आठ प्रकारका सामाजिक सुरक्षा भत्ता बाँढ्दै सरकार ! कस्ता कस्ता नागरिकले पाउँदैछन भत्ता ?

यस्ता भत्ता स्थानीय तहबाटै भत्ता वितरण गरिनेछन भने सामाजिक सुरक्षा भत्ता लाभान्वित नागरिकले दोहोरो सुविधा तथा भत्ता भने पाउने छैनन् ।

हाम्रो दमक

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष ०७५/७६ मा विभिन्न ८ वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। व्यवस्थापिका संसद्ले पास गरेको सामाजिक सुरक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार यस्तो व्यवस्था हुन लागेको हो  ।

व्यवस्था अनुसार अब ज्येष्ठ नागरिकसहित आर्थिक रूपले विपन्न, अशक्त/असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने र लोपोन्मुख जातिले सामाजिक सुरक्षा भत्ता पाउने छन् । यसअघि विपन्न नागरिक तथा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था थिएन ।

यस्ता भत्ता स्थानीय तहबाटै भत्ता वितरण गरिनेछन भने सामाजिक सुरक्षा भत्ता लाभान्वित नागरिकले दोहोरो सुविधा तथा भत्ता भने पाउने छैनन् ।जसलाई ब्यबस्थित बनाउन नागरिकले आफू कुन सामाजिक सुरक्षाको दायरामा रहने भन्नेबारे एउटा रोज्नुपर्नेछ।

सरकारी तथा सार्वजनिक पदमा नियुक्त, निर्वाचित तथा मनोनित, सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका तथा अन्य नियमित पारिश्रमिक, निवृत्तिभरण, अवकास सुविधा तथा अन्य सुविधा पाउने व्यक्तिले भने सामाजिक सुरक्षा भत्ता पाउनेछैनन  ।

कुनै नागरिकले सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक निर्णय गरेमा त्यस्ता नागरिकलाई राज्यले सम्मान गर्ने भएको छ । लाभान्वित भए पनि ती नागरिकले भत्ता नलिने घोषणा गरे भने उनीहरूको अभिलेख राखी सम्मान गर्नुपर्ने ऐनमा उल्लेख छ ।

क-कसले पाउँछन् सामाजिक सुरक्षा भत्ता

१. ज्येष्ठ नागरिक भत्ता
दलित समुदाय र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्ष उमेर पूरा गरेपछि र अन्य नागरिकले भने ७० वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्नेछन् ।

२. विपन्न नागरिक भत्ता
आर्थिक रूपले विपन्न नागरिकले पनि सामाजिक सुरक्षा भत्ता पाउने गरी ऐन निर्माण गरिएको छ ।

३. अशक्त र असहाय भत्ता
असहाय तथा अशक्त अवस्थामा रहेका नागरिकलाई पनि राज्यले मासिक भत्ता दिनेछ ।

४. अपांगता भत्ता
पूर्ण अपांगता भएका व्यक्तिले सरकारले तोकेबमोजिम भत्ता पाउने व्यवस्था छ ।

५. असहाय एकल महिला
६० वर्ष उमेर पुगेका तर सम्बन्धविच्छेद गरी अर्को विवाह नगरेका, विधवा, न्यायिक पृथकीकरण गरी बसेका, विवाह नगरेका महिलालाई यो शीर्षकमा भत्ता वितरण हुनेछ । यसबाहेक जीवनयापनको आयस्रोत नभएको, सरकारले तोकेभन्दा कम आयस्रोत भएका, श्रम गर्न नसक्ने एकल महिलाले समेत यस्तो सुविधा पाउने ऐनले स्पष्ट पारेको छ ।

६. बालपोषण भत्ता
अतिविपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर नपुगेका बालबालिकाले पनि बालपोषण भत्ता पाउने प्रावधान ल्याइएको छ । यसअघि यो सुविधा दलित र कर्णाली अञ्चलका बालबालिकाका लागि मात्र उपलब्ध थियो । अब भने देशभरका बालबालिकालाई लक्षित गरी यो प्रावधान समेटिएको हो ।

७. लोपोन्मुख जाति भत्ता
सरकारले लोपोन्मुख सूचीमा राखेका जातिले प्रक्रिया पूरा गरी राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउनेछन् । लोपोन्मुख जातिको सूचीमा कुसुन्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा, कसबाडिया लगाएतका छन् ।

८. आफ्नो हेरचाह आफैँ गर्न नसक्नेलाई स्याहार भत्ता
आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई उसको स्याहार सुसार गर्न सामाजिक भत्ता प्रदान गरिने ऐनमा उल्लेख गरिएको छ । जुन यसअघि व्यवस्था गर्ने गरिएको थिएन।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाँचथर, ९ वैशाख गते । ट्याक्टर दुर्घटना हुँदा पाँचथरको तुम्बेवा गाउँपालिका १ जरायोटार किरुवा सामुदायिक वनमा आज ट्याक्टरका सहचालकको मृत्यु भएको छ । यासोक मौवा कच्चि सडक खण्डमा यासोकबाट मौवा तर्फ जाँदै गरेको मे...