दमक हाइवे सेतुमारी सडकको सात घुम्तिमा, दुर्घटना जोखिम बढदो

घुम्ति सुधार र स्तर उन्नती अझै कुनै योजना बनेन

नगेन्द्रमणी न्यौपाने

नगेन्द्रमणी न्यौपाने, दमक

झापाको दमक नगरपालिका स्थित हाईवे सेतुमारी सडक खण्डको सात घुम्तिमा दुर्घटनाको जोखिम वढदै गएको सर्वसाधारणहरुले गुनासो गरेका छन ।

दमक नगरको दक्षिणी क्षेत्रलाई जोडने मुख्य यो सडक खण्डमा ५ वटा एल आरकारका घुम्ति र २ वटा यू आकारमा घुमाउरो सडक रहेको छ । जसका कारण अहिले दैनिक जसो दुर्घटना हुने गरेका छन । दमक चोक देखी दक्षिण वडा नम्बर ८ स्थित यू आकारको घुमाउरो सडकमा बढि दुर्घटना हुने गरेको स्थानीय कर्णवहादुर बस्नेतले बताए ।

यसै गरि यो सडक खण्डको वडा ८ कै दिपेन पुलको घुम्तिमा पनि धेरै पटक दुर्घटना भइसकेको स्थानीय त्रिलोचन पोखरेलको भनाई छ । यसैगरि वडा नम्बर ९ को ३ स्थानमा रहेका एल आकारका घुम्तिमा पनि दुर्घटना हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन । सो घुम्तिकै कारण केहि महिन अघिमात्र एक जना मोटर साईक चालकको मृत्यु समेत भइसकेको स्थानीयले गुनासो गरेका छन ।

दमक चोक देखी दमक १० सेतुमारी मावा खोला पुल सम्मको करिब १० किलो मिटर लामो सडकमा झण्डै एक दर्जनका हाराहारीमा यस्ता घुम्तिहरु रहेका छन । तर दैनिक जसो दुर्घटना निम्त्याउने गरेका यस्ता घुम्तिहरुको सुधार र व्यवस्थापनमा स्थानीय सरकारले अझै चासो देखाएको छैन । दमक नगरपालिकाले भौतीक पूर्वाधारहरुको र्ममत संहार र विकाशमा सहयोग पुरयाउन भौतिक पूर्वाधार बिकाश समिति समेत निर्माण गरेको छ । समितिमा अहिले सम्म यि घुम्तिका कारण परेको समस्या लिएर लिखित वा मौखिक कुनै पनि गुनासो नआएको वडा नम्बर १० का अध्यक्ष तथा भौतिक पूर्वाधार बिकाश समितिका संयोजक बोधराज न्यौपानेले बताउछन् । उनले हाईवे सेतुमारी सडक खण्डका धेरै स्थानमा यस्ता समस्या रहेका भएपनि यसको स्तर उन्नती र व्यवस्थापनकालागि कुनै पनि कार्यक्रम नरहेको न्यौपानेको भनाई छ ।

तर चाँडैनै यो सडक खण्डको चन्द्रमा चोकमा रहेको एल घुम्तिको यात्रु तथा सवारी साधनहरुलाई समेत सहज हुनेगरि व्यावस्थापन गरिने बताए । यसैगरि यो सडक खण्डको धेरै स्थानमा आधा सडक भित्रमा नै विजुली तथा टेलिफोन पोलहरु समेत रहेका छन ।

दमक नगरको दक्षिण क्षेत्रको मुख्य सडकमा बनेका करिब एक दर्जन घुम्ति तथा सडक नजिकै रहेका पोलका कारण सवारी संचालनमा समेत समस्या हुने गरेको अटो चालक चन्द्र धिमाल बताउछन् । यो सडक भएर दैनिक सार्वजानीक तथा नीजि गरि दर्जनौको संख्यामा ठुला साना सवारी साधनहरु संचालनमा आउने गरेका छ ।

एक त साधुरो अनि जिर्ण बन्दैगएको यो सडकमा रहेका घुम्तिका कारण हुने जोखिम न्युनिकरणकालागि सम्बन्धित निकायको समयमा ध्यान जान आवश्यक रहेको छ । यि सडक खण्डमा सडक नियम अनुसार नत कुनै सुचना बोर्ड नै राखिएको छ नत कुनै सांकेती बोर्डहरु नै राखिएको छ । जसका कारण चालकले न्युनतम सावधान नअपनाउन नपाउदै दुर्घटना हुने गरेका छन ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

वडाध्यक्षलाई महानगरको जिम्मा दिएर विदेश भ्रमणमा काठमाडौंका प्रमुख र उपप्रमुख !

काठमाडौं, २६ कार्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुख चीन प्रस्थान गरेपछि महानगरको जिम्मेवारी भरतलाल श्रेष्ठलाई दिइएको छ । महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको हो ।...

गौरीगञ्जमा भन्सार कार्यालय स्थापना हुने

गौरीगञ्ज ,२६ कार्तिक । झापाको गौरीगञ्जस्थित आठ्मौजा छोटी भन्सार कार्यालय स्तरन्नति हुने भएको छ ।  गौरीगञ्ज गाँउपालिका वडा नँ ५ स्थित फत्तेपुर नाकामा भन्सार कार्यालय स्थापना हुने भएको हो । सो कार्यालय स्थापनाका लागि...

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौं  । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख...

आखिर के हुँदैछ नेकपाको बाँकी एकता ?

काठमाडौंँ। दुई पार्टी एकतापश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाँकी एकता प्रक्रियालाई टुंगो लगाउन कार्यदल गठन गरिसकिएको छ। गृहकार्यका लागि गठित दुई सदस्यीय कार्यदलले आगामी मङ्सिर मसान्तभित्र नै एकता प्रक्रिया टुंगो लगाउने गरी काम...

निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुरमा फेरी आन्दोलन शुरु

कञ्चनपुर,२५ कार्तिक । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा बढि भएकोछ । तर हत्यारा सार्वजनिक हुन सकेको छैन् , हत्यारा सार्वजनिकको माग राख्दै फेरी कञ्चनपुरमा आन्दोलन शुरु भएको...

थाइल्यान्ड उपचार गर्न हिंडेका मुख्यमन्त्री कसरि सुटुक्क पसे अमेरिका ?

काठमाडौं । थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेको सार्बजनिक भएको छ । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ। कात्तिक १६ गते बैंकक...

एकता प्रक्रिया नटुङ्गिँदै नेकपामा जन्मियो नेपाल र श्रेष्ठको नेतृत्व नयाँ गुट !

काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ ‘गुट’को जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र असन्तुष्ट नेताहरुकाे नेतृत्वमा उक्त नयाँ धारको जन्म...

हत्यारा पत्ता नलागेसम्म अनिश्चितकालिन अनसन बस्दै निर्मलाका अामाबुवा

कञ्चनपुर । छोरीको हत्यारा खोजी गर्न दबाव दिनका लागि कञ्चनपुरकी निर्मला पन्तका आमाबुवा अाजदेखि अनिश्चितकालीन धर्नामा बस्ने भएका छन् । छोरीको बलात्कारपछि हत्या भएको साढे ३ महिना बित्न लाग्दासमेत दोषी पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय,...

मुख्यमन्त्रीका विषयमा समाचार लेख्दा अमेरिकामा पत्रकार कुटिएको सम्बन्धमा प्रदेश-१ सरकारद्वारा खण्डन

झापा । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका विषयमा समाचार लेखेको भन्दै अमेरिकामा पत्रकार कुटिएको भन्ने समाचारको प्रदेश सरकारले खण्डन गरेको छ । प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा आन्तरिम मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आज विराटनगरमा...

जनताबाट लिएको कर जनतालाई नै अनुदान दिईन्छ,धनीहरुले रकम बाँडे जस्तो होईन : अर्थमन्त्री

बिर्तामोड। अर्थमन्त्री डा. युवराज खतिवडाले जनताबाट लिएको कर जनतालाई नै अनुदान दिइने बताएका छन् ।झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रि खतिवडाले करबाटै रकम संकलन गरेर युवालाई व्यवसायीक बनाउन अनुदानमा रकम दिन लागेको बताएका...