सावधान ! बजारमा छ्याप छ्याप्ती नक्कली नोट, यसरी चिन्ने र बच्ने

हाम्रो दमक

काठमाडौं । नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन सकेको छैन । यस्तो स्थितिमा तपाईको गोजीसम्म आइपुगेको नोट पनि नक्कली पर्न सक्ने खतरा बढेको छ ।

दशैंका बेलामा नक्कली नोटको बिगबिगी भइरहेको सूचना आएपछि प्रहरीले कारवाही अघि बढाएको थियो । यही क्रममा साँच्चै नै नक्कली नोटहरु फेला परेका छन्, यसले नेपाली अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्न सक्ने देखएकिो छ । विगतमा नक्कली भारुको मात्रै चर्चा हुने गर्दथ्यो, अब नेपाली नोटसमेत नक्कली छाप्ने अपराध सुरु भएको पाइएको छ ।

अभियुक्तहरुको साथबाट बरामद गरिएका एक हजार रुपैयाँका नक्कली नोटहरु झट्ट हेर्दाखेरि ठ्याक्कै सक्कलीजस्तै देखिन्छन् ।

कसरी चिन्ने नक्कली नोट ?

‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ निरौलाले भने, ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’

सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

कीर्तिपुरमा भेटियो नक्कली नोट छाप्ने मेसिन !

शनिबार महानगरीय प्रहरी परिसर काठमाडौको टोली कीर्तिपुर नगरपालिका -४ स्थित कृष्णबहादुर क्षेत्रको साढे ४ तल्ले घरमा पुग्यो । सो घरको पहिलो तल्लाका दुईवटा कोठा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले भाडामा लिएका थिए । ती कोठाहरुमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने मेसिन, केही नक्कली नोटहरु र छपाइमा प्रयोग गर्ने सामाग्रीहरु बरामद गर्‍यो ।

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ईन्द्रबहादुर श्रेष्ठ पर्साको बिरुवा गुठी घर भई हाल मच्छेगाउँमा बस्दै आएका थिए । २७ वर्षे श्रेष्ठ यसअघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ । उनी नक्कली नोट छाप्ने प्रमुख योजनाकार रहेको प्रहरीको दाबी छ ।

सँगै पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठका सहयोगी २५ वर्षीय नारायण श्रेष्ठको घर गोरखाको सहिल लखन गाउँपालिका वडा नं ८ मा पर्छ । त्यसैगरी नक्कली नोटको कारोबारमा पक्राउ परेका अन्य व्यक्तिहरुमा मकवानपुरको हर्नामडी -९ घरभई हाल मूलपानी बस्ने बर्ष २५ का साहिल थापामगर पनि छन् ।

त्यसैगरी पर्साको बिरुवागुठी- ३ घर भई हाल जोरपार्टी बस्ने वर्ष २८ का राज श्रेष्ठ छन् । कागेश्वरी मनहरा ११ घर भई हाल कुमारीगाल बस्ने वर्ष २९ का विकास दोचे पनि नक्कली नोटको कारोबारमा समातिएका छन् ।

३ लाख ७० हजारका नक्कली नोट !

प्रहरीले श्रेष्ठको कोटाबाट रु. एक हजारका दरका नक्कली नोट ३७० थान बरामद गरेको छ । तर, छापिइसकेका कति नोट बजारमा पुगेका छन् भन्ने खुलिसकेको छैन । प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

नक्कली नोट होटल रेष्टुरेन्टमा पैसा तिर्ने क्रममा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । किराना पसलमा पनि नक्कली नोट दिने गरिएको पाइएको छ

प्रहरीले ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन एक थान, २ बट्टा मसी र २ बण्डल पेपर बरामद गरेको छ । गोर्खा फाइनाइन्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिने सामाग्री १२ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठको कोठाबाट एनआइसी बैंकको नक्कली चेकसमेत भेटिएको प्रहरीले जनाएको छ । नक्कली नोट बनाउन प्रयोग गरिएका सक्कली हजारका तीन वटा नोट पनि प्रहरीले बरामद गरेको छ । साथमा एक सय रुपैयाँमा सक्कली ३ थान नोट फेला परेका छन् । यसबाट सयको नोट पनि नक्कली छापिएको हुन सक्ने संकेत देखिएको छ । श्रेष्ठको कोठाबाट प्रहरीले लालीगुराँस अंकित रबरस्टाम्प, कैंची र ४ वटा मोबाइलसमेत बरामद गरेको छ ।

अभियुक्तहरुले नक्कली नोट होटल रेष्टुरेन्टमा पैसा तिर्ने क्रममा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । त्यसैगरी किराना पसलमा पनि नक्कली नोट दिने गरिएको पाइएको छ । नक्कली नोट बजारमा दिँदा सक्कलीसँग मिसाएर दिने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

के सजायँ हुन्छ ?

नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

तर, नक्कली नोटहरु बजारमा छरिएमा त्यसले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक प्रभाव चाहिँ अपराधीले पाउने यस्तो सजायँ भन्दा धेरै नै बढी हुन्छ । यसका साथै आफूसँग भएको नोट नक्कली पर्‍यो कि भनेर उपभोक्तहरुमा त्रास बढ्छ ।

भारतमा यसैगरी नक्कली नोटको कारोबार र कालो धनको वृद्धि भएका कारण मोदी सरकारले नोटबन्दीको नीति ल्याएर पुराना नोटहरु खारेज गरेको थियो ।

अनलाइन खबर

आइत, कार्तिक ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

उत्कृष्ठ विद्यार्थीलाई स्वर्णलक्ष्मीको सम्मान

दमक,९ माघ  । दमक – ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । दमक –२ स्थित हिमालय नमुना माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमका बीच...

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले भारति र धराबासी सम्मानित हुँदै

विर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनौट गरेको छ । कोषले यसबर्ष झापा घर भई काठमाडौं बस्दै आएकी श्रष्टा अर्चना...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

प्रअ बर्खास्तको विरोधमा शिक्षकहरुद्धारा आन्दोलित

दमक,८ माघ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णुकान्त झालाई बिना कारण बर्खास्त गरिएको भन्दै उक्त बिद्यालयका शिक्षकहरुले आज कक्षा बहिस्कार गरेका छन् । प्रअ जस्तो मर्यादित व्यक्तिलाई बिना कारण बर्खास्त गरेर आफ्नो...

सामुदायिक भवन निर्माणका लागि महायज्ञ

दमक,८ माघ । झापाको दमक–१० स्थित सेतुमारीमा रहेको दुर्गा पाञ्चायन मन्दिरमा हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएकोेछ । यहि माघ १० गतेदेखि शुरु हुने सो महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...