हिन्दु मन्दिर तोडफोड, सबै मुर्ति नष्ट गर्दै ‘जिसस” लेखियो (भिडियो सहित)

हाम्रो दमक

विश्व हिन्दुहरुको पबित्र समय नवरात्रीको समय गत हप्ताको आइतबारको दिन अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । सिड्नीमा रहेको भारतीय मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३० भन्दा बढी विभिन्न देव देवीका मूर्तिहरु फुटाइदिएका छन् ।

उक्त मन्दिर तोडफोड गर्ने समुहले मन्दिरको भितामा “जिसस” शब्द लेखेर छोडेका छन् ।

मन्दिरमा ओछ्याइएका कार्पेटहरु जलाइदिएका छन् भने फर्निचरहरु तोडफोड गरिदिएका छन् । मन्दिर कसले तोडफोड गर्यो भन्ने यकिन नभए पनि मन्दिर व्यवस्थापनले भने कुनै धर्म विरोधी समूहको संलग्नता रहेको आशंका गरेका छन् ।

तर अष्ट्रेलियन प्रहरी भने यसलाई हेट क्राइम मान्न तयार छैनन् । ‘हामी अझैं छानविनमै छौं । अहिले नै यसलाई हेट क्राइम भन्न मिल्दैन’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

स्थानीय प्रहरीले रिपोर्ट बुझाएपछि अस्ति शुक्रवार अष्ट्रेलियाको अपराध अनुसन्धान तथा नियन्त्रण विभागको टोलीले मन्दिरको स्थलगत अनुगमन गरेको थियो ।

फिजीको हिन्दू समुदायले २० वर्ष अगाडि उक्त मन्दिरको निर्माण गरेका हुन् । मन्दिरको वरिपरि ठूला ठूला चर्चहरु रहेका छन् ।

मन्दिरका मुख्य पुजारीले आफ्नु जीवनमा यस्तो घटना घट्ला भनेर कहिले नसोचेको बताउदै उक्त मन्दिर पुनर निर्माणको लागि सहयोग आवहान गरेका छन् । अस्ट्रेलियाका बिभिन्न हिन्दु धार्मिक समाजले उक्त घटनाको निन्दा गरेका छन् ।

आइत, कार्तिक ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

प्रवासी नेपाली एकता मंच इजरायलको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

इजरायल । नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन “प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबारदेखि सुरु भएको शुभ दिपावली, नेपाल सम्वत ११३९ तथा छठ...

वलिहाङ कप-२०१८ को उपाधी तेश्रोपटक केवाईसी इजरायलको पोल्टामा

इजरायल | सधै वर्ष झैँ यो पल्टपनि येले तङ्बे ५०७८ को अवसरमा आयोजित तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्न सफल भएको छ । गत शुक्रबार नोभेम्बर ०९ तारिख सांझ इजरायलको तेलअविवमा कियाचु...

इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ फुटवलको अन्तिम तयारी पुरा, झन्डै दुई वर्षपछि कायापलटको इन्ट्री

इजरायल | “एकता र मित्रताको लागि फुटबल” भन्ने मूल नारालाई आत्मा साथ गर्दै इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ नक आउट फुटबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । येले तङ्बे ५०७८ वलिहाङ तङ्नाम तथा शुभ-दिपावली २०७५...

इजरायलमा नेकपाको चियापान कार्यक्रम

इजरायल | नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। दिपावाली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल...

मौलिक लोकप्रिय देउसी गीत अस्ट्रेलियाबाट रिलिज

अस्ट्रेलियामा रहेका कलाकार रामकृष्ण निरौलाले ‘लौ फेरी आयो तिहार’ बोलको देउसी भैलो गीत बजारमा ल्याएका छन् । अस्ट्रेलियामै रेकर्डिंग र सुटिंग भएको यो गीतको म्यूजिक भिडियो आसी थापाले निदेर्शन गरेका छन् । गीतमा रामकृष्ण निरौला र...

रेलको ट्र्याकबाट बाटो काट्दा भारतमा ५० हजार जनाको मृत्यु !

भारत । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ।भारतीय रेल सेवाले मङ्गलबार सार्वजनिक गरेको सो तथ्याङ्क अनुसार रेलमार्गबाट बाटो काट्ने...

मलेसियाली अाकाशमा नेपाली साहित्यको एक दशक

-सन्दीप संग्रौला ‘दिलदुखी’ मलेसियाली अाकाशमा नेपाली साहित्यको पहिलो पुस्तक सन् १९५७ मा धनाहाङ सुब्बा द्वारा लिखित कथा तथा निबन्ध संग्रह ‘हासिमा’ भएपनि संगठित साहित्य लेखन झण्डै एक डेड दशक भन्दा लामो इतिहास छैन मलेसियामा नेपालीहरु...

सुन तस्करीको अाराेपमा एनआरएन संयोजक नै कतारबाट पक्राउ !

काठमाडौं। सुन तस्करी गरेको अाराेपमा गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा कतारबाट पक्राउ परेका छन्। कतार प्रहरीले उनलाई पक्राउ गरेको हो। पेगोन इन्जिनियरिङ कम्पनीको सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको...

१२ भन्दा बढ़ी देशका नागरिकहरूले नेपालीहरूलाई दिए उनीहरूकै भाषामा दशैको शुभकामना, भिड़ीयो सहित

सबै देशका नागरिकलाई आफ्नो भाषा संस्कृति र चाडपर्व महत्वपूर्ण लाग्छ । चाडपर्वहरूले विभिन्न देशमा छरीएका नेपालीहरू होस या अन्य कुनै देशका नागरिकहरूलाई नजिक ल्याउने काम गर्दछ । दशै तिहार, बुद्द जयन्ती, क्रिस्मस ईद पर्वहरू...

युएईमा एक झापालीले गरे आत्महत्या

युएई । युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जानकारी दिए । नायकले जनाएअनुसार...