वडादशैँको मौलिकता हराउँदै

समय परिवर्तनसँगै चिठी वा शुभकामना कार्ड छपाएर शुभकामना दिने चलनलाई प्रविधिको विकासले विस्थापित गर्दै

हाम्रो दमक

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ ।

पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो ।

दशैँमा देवीदेवताको नाममा घर घरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशुपक्षीको बलि दिने चलन भने पहिलेको तुलनामा निकै कमी आएको छ । यद्यपि तराइका जिल्लाको तुलनामा पहाडी जिल्लाका कतिपय शक्तिपीठमा राँगा, खसीबोकाको बलि दिने चलन भने कायमै छ ।

देवीदेवताका नाममा पशुपक्षीको बलि दिनु अनुचित हो भन्ने भनाइ पशु अधिकारकर्मीको छ । तर बलि दिएर शक्तिको आराधना गर्ने परम्परामा कमी आउँदा रमाइलो नहुने, एक ठाउँ भेला हुने अवसर प्राप्त नभई सन्तुष्टि प्राप्तसमेत नहुने बलि पक्षधरको भनाइ छ ।

बलि दिने प्रचलनमा कमी आउँदा शक्तिको उपासना र आध्यात्मिक भावनामा कमी आउन थालेको केहि बताउछन् ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले परम्परादेखि बलि दिँदै आएको धार्मिकस्थलमा कसैले पनि पशु वा पक्षीलाई बलि दिन नहुने व्यवस्था गरेको छ ।

कतिपय ठाउँका मान्छे बसाइँ सर्दै आफ्नो पुख्र्यौली थलो छोडेर अर्को ठाउँमा बस्न थालेपछि दशैँजस्ता चाडपर्वको बेला गाउँमा निर्वाह गर्नुपर्ने आ–आफ्नो सामाजिक भूमिका एवम् दायित्व निर्वाह गर्ने व्यक्तिको समेत अभाव खड्किन थालेको देखिन्छ । जसका कारण कतिपय ठाउँमा दशैँको समयमा मठमन्दिरमा लाग्ने ठूला मेला जात्रा हिजोआज कि लाग्न छाडेका छन् । लागेका मेला जात्रामा पनि सर्वसाधारणको उपस्थिति कमी हुँदै जाँदा पहिलेको जस्तो हुने रौनकतामा कमी हुँदै गएको छ ।

अहिले मानिसहरु आफ्नो मौलिक जात्रा मेलाभन्दा पनि सिनेमा, शहर बजारमा लाग्ने रमाइलो मेला, महोत्सवलगायतमा बढी केन्द्रित देखिन थालेका छन् ।

बडादशैँ केवल खानपिन गर्नेमा मात्र केन्द्रित हुन थालेपछि यसको आध्यात्मिक पाटोलाई बिर्सिनेहरु बढ्न थालेका छन् । कतिपय ठाउँमा सर्वसाधारण समूहमा जम्मा भई जाँडरक्सी खाने, जुवातास खेल्नेजस्ता क्रियाकलापमा मात्रै केन्द्रित हुने गरेका कारण समाजमा नैतिकता र सदाचारको कमी आउनाका साथै रक्सी सेवनकै कारण बेलाबखत दुर्घटना र अपराधका घटना पनि हुने गरेका छन् ।

चाडपर्वको समयमा घरपरिवार तथा छरछिमेक एक ठाउँमा जम्मा भएर परम्परागत मौलिक खानाका परिकार पकाउने प्रचलनलाई रेष्टुरेन्ट र होटलमा पाक्ने विदेशी खानाका परिकारले विस्थापित गर्न थालेको छ ।

यस्तै चाडबाडको समयमा नेपाली मौलिक पहिरनमा सजिनेहरु अहिले आएर आयातित पहिरनमा रमाइरहेका देखिन्छन् । यस्ता समस्या विषेशगरी युवापिँढीमा बढी देखिन थालेको छ । उनीहरु नेपाली विशुद्ध पहिरन दौरा सुरुवाल, ढाका टोपी, गुन्यू चोलोभन्दा आयातित लुगा लगाउन आकर्षित हुने गरेका देखिन्छन् ।

आफ्ना विशेष लोक भाका र गीत बिर्सिएर विदेशी सङ्गीतमा रुचि राख्नेहरुको सङ्ख्या पनि ह्वात्तै बढ्न थालेपछि दशैँजस्ता चाडपर्वमा सुनिने मौलिक बाजा गीत–सङ्गीतको प्रयोगमा पनि कमी आउँदै गएको देखिन्छ ।

अहिले देखावटी रुपमा दशैँ मनाउने प्रवृत्ति बढेको छ । “पहिले एकापसमा आदर, सद्भाव, भक्तिभावका साथ दशैँ मनाउने गरिन्थ्यो।”

अति व्यस्तताकाकारण टीकाको दिन टीका थाप्न नसक्नेहरुले पछिल्ला चार दिनसम्म पनि आफन्तकहाँ गएर टीका थापेर आशीर्वाद लिन सक्ने भएकाले दशैँको दिनदेखि पूर्णिमासम्म टीक थाप्ने चलनलाई भने सकारात्मक पक्ष मानिएको छ ।

सूचना प्रविधिको विकाससँगै दशैँमा शुभकामना आदानप्रदान गर्न फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल एउटा गतिलो माध्यम बनेको छ । समय परिवर्तनसँगै चिठी वा शुभकामना कार्ड छपाएर शुभकामना दिने चलनलाई प्रविधिको विकासले भने विस्थापित गरिदिएको छ ।

शनि, कार्तिक ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

समाजद्धारा पीडित परिवारलाई सहयोग

शिवसताक्षी,९ माघ । गत कार्तिक ३० गते कुवेतमा हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी ९ माइधारका ३७ वर्षिय विष्णुकुमार घिमीरेको परिवारलाई झापाली समाज कुवेतले नगद रु १ लाख ५० हजार ५ सय रुपैया...

दमकमा शुक्रवार लिम्बुवान बहस हुदै

दमक, ९ माघ । लिम्बु विद्यार्थी मञ्चले दमकमा माघ ११ गते शुक्रवार लिम्बुवान सम्बन्धी बहस गर्ने भएको छ । लिम्बुवान प्राप्तिको आन्दोलनलाई सघाँउ पुरयाँउन उद्देश्यले लिम्बुवान सम्बन्धी बहस सहित अन्तरकृया गर्ने भएको मञ्चका केन्द्रीय अध्यक्ष...

दमकमा बाह् दिने पाँचौ फूडफेस्टिवल हुने

दमक,९ माघ । दमकमा यहि फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव २०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फेस्टिवललाई निरन्तरता...

वान्तवाको स्मृतिमा विद्यालयमा प्रवेशद्धार

दमक, ९ माघ। झापाको कमल गाँउपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयका जग्गादाता समेत रहेका पूर्वअध्यक्ष सन्तकुमार वान्तवाको स्मृतिमा उनका परिवारले विद्यालयमा प्रवेशद्धार निर्माण गरिदिएका छन् । कमल ६ बस्ने स्व.वान्तवाको धर्मपत्नी कृष्णकुमारीसहित छोराहरु कमल,गणेश र...

बुद्धशान्तिको होक्सेमा १७ औं चरणमा स्कन्द पुराण लाग्दै

बुधबारे । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण...

बुद्धशान्तिमा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन...

भेटिएको पैसा सम्बन्धित धनीलाई फिर्ता

विर्तामोड ,८ माघ । झापा अर्जुनधारा ३ का ३७ वर्षिय अटो रिक्सा चालक कमल ढुंगेलले भेट्ेको पैसा सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । इलाम, रोङ्ग गाँउपालिका २ घर भएका खसी व्यापारी प्रदिप सुन्दासको हराएको व्यागसहितको...

वेवारिसे शव फेला

दमक,८ माघ । झापाको दमकमा मंगलवार दिउँँसो एक जना वेवारिसे महिलाको शव फेला परेको छ । दमक ७ स्थित वसपार्कको यात्रु प्रतिक्षालयमा अन्दाजी ६५ बर्षिया जस्तो देखिने तराई मुलका महिलाको शव फेला परेको इलाका...

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...