दमकको चौंकमा राखिएका गमलाका फूलहरु मर्न थाले

हाम्रो दमक

दमक,३ कातिक / संरक्षणमा चासो नदिदाँ झापाको दमकमा सडक आसपास रोपिएका फूलहरु मर्न थालेका छन् । पानी तथा मल समयमा दिन नसक्दा अधिकांस गमलाका फूलहरु मर्न थालेका हुन् ।

मुख्यतय दमक चौंकको सडक पेटिहरुमा राखिएका गमलासहितका विरुवाहरु पानी नपाउदाँ मर्न थालेका स्थानीय सृजना होटलका सञ्चालक रमेश मगरले जानकारी दिए ।

करिव बर्षदिनअघि दमकमा सम्पन्न महोत्सवका वेला शहर हराहरा बनाउने अभियानका साथ दमक उद्योग वाणिज्य संघले एक सय बढी गमलासहितका विरुवाहरु राखेको हो । तर ती आधा बढी गमलाहरु फुटेर काम नलाग्ने अवस्थामा पुगेको वताईएको छ ।
संघले गमलासहितका विरुवाहरु उपलव्ध गराएपनि विरुवाको मलजलका बारे कुनैं योजना अघि नसार्दा ती विरुवाहरुको अवस्था खेर जाने क्रममा पुगेको छ । संघ भने ती विरुवाहरुको संरक्षणको बारेमा बेखबर जस्तै छ । सडकमा गमला राखेपछि उसले हालसम्म एकपटक पनि फर्किएर हेरेको छैंन् ।

————————————————————————————————————-

आकासे पानी तथा वेला बेला तामझामका साथ गरिदैं आएको पानी हाल्ने कार्यबाहेकका समयमा ती विरुवाहरुले नियमित पानी नपाउदाँ सुकेर मर्न थालेको उनले बताएका छन् । उनले भने,–‘ दिगो व्यवस्थापन नहुदाँ फूलका गमलाहरुको अवस्था दिनानुदिन नाजुक बन्न पुगेको छ ।’

सञ्चालक मगरले आकासे पुल दक्षिण नगरपालिकाले बटिकाका रुपमा स्थापना गरेको वगैंचामा नियमीत पानीसहित मलजलको आफै व्यवस्थापन गरिआएका छन् । लामो समयदेखि पानी पर्न सकेको छैंन् भने पानी हाल्ने अभियानमा संलग्नहरुको समेत ध्यान जान नसक्दा विरुवाहरु मर्न थालेका छन् ।

लामो समयदेखि विरुवाले पानी नपाउदाँ गमलामै फुलका विरुवाहरु सुक्न थालेको अर्का स्थानीय होटल तेह्थुमेका सञ्चालक काजी राउतले वताए । उनले भने ,–‘ सडकपेटिका गमलाको संरक्षण नहुदाँ ती विरुवाहरु मासिनेक्रममा पुगेको छ ।’ सडक छेउका घर तथा पसले धनीहरुको अगाडी गमला राखिएको भए त्यसको उचित संरक्षण हुने उनको भनाई छ ।

करिव बर्षदिनअघि दमकमा सम्पन्न महोत्सवका वेला शहर हराहरा बनाउने अभियानका साथ दमक उद्योग वाणिज्य संघले एक सय बढी गमलासहितका विरुवाहरु राखेको हो । तर ती आधा बढी गमलाहरु फुटेर काम नलाग्ने अवस्थामा पुगेको वताईएको छ ।

संघले गमलासहितका विरुवाहरु उपलव्ध गराएपनि विरुवाको मलजलका बारे कुनैं योजना अघि नसार्दा ती विरुवाहरुको अवस्था खेर जाने क्रममा पुगेको छ । संघ भने ती विरुवाहरुको संरक्षणको बारेमा बेखबर जस्तै छ । सडकमा गमला राखेपछि उसले हालसम्म एकपटक पनि फर्किएर हेरेको छैंन् ।

त्यस्तैं विना योजना विभिन्न सहकारी,टोल विकास संस्थाहरुले समेत आफना सडक आसपासमा राखिएका गमलाका फूलहरु संरक्षण नहुदाँ मर्न थालेका छन् ।

यता दमक नगरपालिका स्वंमले समेत नगरलाई सुन्दर र हराभरा बनाउने संकल्प अघि सारे पनि त्यस तर्फ कुनै दिगो काम शुरु गर्न सकेको छैंन् । ‘ वेला वेला भाषण र बैंठकमा जनप्रतिनिधिहरुले शहरलाई फूलैफूलको शहर बनाउने चर्का कुरा उठाउदै आएपनि व्यवहारिक रुपमा कुनैं काम नै हुन सकेको छैन् ।’ दमकका एक स्थानीयले गुनासो गरेका छन् ।

शनि, कार्तिक ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

युनियनको चपेटीमा पारिवारिक बनभोज

 दमक,४ माघ । नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले पारिवारिक बनभोजसहित दमकको खानेपानी संस्थाका नवनिर्वाचित समितिलाई बधाई शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सांगठानिक सुढृणिकरण कार्यक्रम अन्तगर्त युनियनले वनभोजसहित दमक खानेपानी तथा सरसफाई...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

दमक खानेपानीको अध्यक्षमा गौतम

दमक ,३ माघ । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अघ्यक्षमा रोशन कुमार गौतम चुनिएका छन् । उनी संस्थाको वर्तमान सचिव पनि हुन् ।  गत शनिवार सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरुले विहिबार सर्वसम्मत अध्यक्षमा गौतमलाई...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...